×
मङ्गलबार, साउन १२, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन तोलामा ४३ सयले घट्याे
  • ४ घण्टा अघि

साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
  • ८ घण्टा अघि

असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
  • ९ घण्टा अघि

नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • ९ घण्टा अघि

आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना
  • १० घण्टा अघि

चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु
  • १० घण्टा अघि

मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी
  • १० घण्टा अघि

धनगढीमा आत्मदाह प्रयास गरेकी युवतीको मृत्यु
  • १ दिन अघि

सुनसरीमा गएराती दुई पक्षबीचको झडप : अनिश्चितकालीन कर्फ्यु
  • १ दिन अघि

बढ्दैछ गौरा पर्वको महिमा

  •  
  • सोमबार, भदौ १८, २०७५ मा प्रकाशित
    Advertisement
    • अ
    • अ
    • अ

    देवबहादुर कुँवर 

    काठमाडौं, भदौ १८ गते । सुदूरपश्चिमक्षेत्रमा मनाइने धार्मिक तथा सांस्कृतिक महत्वको गौरापर्व सोमवार हर्षोल्लासका साथ मनाइँदै छ । प्रत्येक वर्ष भदौ कृष्णाष्टमीका दिन मनाईने गौरा पर्व यस वर्ष सोमवार दिउँसो राजधानीको टुँडिखेलमा वृहत् धार्मिक तथा सांस्कृतिक कार्यक्रमको आयोजना गरि मनाईदैछ । गौरा पर्व – २०७५ आयोजक समितिले उपत्यकावासीलाई गौरापर्वमा सहभागी हुन ‘चुलोनिम्तो’ दिएको छ ।
    राष्ट्रपतिको शुभकामना
    राष्ट्रपति विद्यादेवी भण्डारीले सूदुरपश्चिमक्षेत्र मनाइने गौरा पर्वले सबै नेपालीमा धार्मिक सहिष्णुता, राष्ट्रिय एकता र शान्ति सद्भाव कायम राख्न सफल होस भन्दै गौरापर्वको शुभकामना ब्यक्त गर्नु भएको छ ।
    स्वदेश तथा विदेशमा बस्ने सम्पूर्ण नेपालीमा शुख, शान्ति र समृद्धिको कामना गर्दै राष्ट्रपति भण्डारीले गौरापर्वले सबै नेपालीमा आपसी समझदारी र बन्धुत्वको भावना विकसित भइ राष्ट्रिय एकता सुदृढ गर्न सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभएको छ ।
    एतिहासिक, पौराणिक, धार्मिक तथा साँस्कृतिक महत्व र मौलिकता बोकेको गौराले नेपालीबीच सामाजिक सद्भाव, सास्कृतिक एक्वद्धता र सहिष्णुता अभिबृद्धि गर्न मद्दत पुग्ने विश्वास पनि राष्ट्रपति भण्डारीले ब्यक्त गर्नु भएको छ ।
    यसैबीच पूर्व प्रधानमन्त्री एवं नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले गौरा पर्वको उपलक्ष्यमा स्वदेश तथा विदेशमा रहनुभएका नेपाली दिदीबहिनी तथा दाजुभाइमा शुभकामना व्यक्त गर्नुभएको छ ।
    विविधताले भरिएको हाम्रो समाजमा गर्व गर्न लायक धार्मिक सांस्कृतिक रीतिरिवाज र परम्परा छन् भन्दै उहाँले गौरा पर्वले जनजीवनमा गहिरो छाप र विशिष्ट पहिचान बनाएको बताउनु भयो ।
    गौरा पर्वले धर्म, संस्कृति, रीतिरिवाज र परम्पराको संरक्षणमा सहयोग पुग्ने र सामाजिक सद्भाव बढाउने विश्वास पनि उहाँले व्यक्त गर्नुभएको छ ।
    राजधानीमा भव्य
    गौरापर्व–२०७५ आयोजक समितिका संयोजक एवं प्रशंसा संरक्षण समूहका संस्थापक अध्यक्ष अम्वादत्त भट्टले राजधानीमा बसोवास गर्ने सबैलाई गौरा पर्वमा सहभागी हुन आमन्त्रण गर्नु भएको छ ।
    गौरापर्व जातिय विभेद, छुवाछुत, हत्याहिंसा मुक्तसमाज निर्माणका अतिरिक्त शान्ति, सद्भाव, एकता र मेलमिलापको पर्व भएको दावी उहाँले गर्नुभयो । उहाँले गौरापर्व सुदूरको दार्चुलादेखि अमेरिकाको न्यूयोर्कसम्म मनाउन थालिएको जानकारी समेत दिनुभयो ।
    अध्यक्ष भट्टले गौरा पर्वमा गौरा माईको पूजाआरधना हुने भएकाले यसबाट महिलाप्रतिको सम्मान प्रकट हुने बताउनुभयो । टुंडिखेलमा सोमवार दिउँसो धार्मिक कार्यक्रम समापनपछि सांस्कृतिक कार्यक्रम आयोजान हुने छ ।
    विस्तारित देउडा
    गौरामा खेलिने देउडा देशविदेशमा विस्तार हुँदै गएको छ । देउडा खेल्दा सहभागी सबैले कुममा कुम र हातमा हात जोडेर खेल्नु पर्ने हुन्छ । देउडासँगै केटाकेटीबीचमा खेलिने न्याउल्या पनि उत्तिकै लोकप्रिय हुँदै गएको छ ।
    गौरा पर्वका अवसरमा आइतवार बुढानिलकण्ठस्थित पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा निवासमा गौरामाईको पूजाआजा तथा देउडा कार्यक्रम आयोजना गरिएको थियो ।
    गौरा पर्वले सामाजिक विभेद मुक्त समाज, जातिय छ्वाछुत, धनी गरिव कुनै किसिमको विभेदलाई पश्रय दिंदैन वरिष्ठ देउडा गायक एवं प्राज्ञ यज्ञराज उपाध्यायले भन्नुभयो– त्यस कारण यो पर्वको गरिमा र महिमा बढी रहेको छ ।
    उहाँका अनुसार, गौरा पर्व सामान्यतया पाँच दिनसम्म मनाउने चलन छ । गौरापर्वको अन्तिम दिनलाई महत्वपूर्ण दिनको रुपमा लिने गरिन्छ । पाँच प्रकारका अन्न तथा गेडागुडीबाट विरुडा बनाउने चलन छ । विरुडालाई गौरा पर्वको प्रसादको रुपमा ग्रहण गरिन्छ ।
    छुवाछुत माने पाप
    त्यस्तै, गौरा माइ तथा गौराको मूर्ति कास, कुश र साँउबाट बनाउने चलन छ । जुन परम्परा एवं संस्कृति निकै रोचक तथा अनौठो छ । गौरा पर्वमा सुदूरपश्चिममा कुनै किसिमको विभेद तथा छुवाछुत माने पाप लाग्ने धार्मिक विश्वास छ । गौरामा पर्वमा महिलाहरुले मागल गाउने गर्छन । मागल गायन एक किसिमको धार्मिक लोकगाथा र भगवानको आरधना हो ।

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    सोमबार, भदौ १८, २०७५ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सुन तोलामा ४३ सयले घट्याे
    साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
    असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन तोलामा ४३ सयले घट्याे

    • २. साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’

    • ३. असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने

    • ४. नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ५. आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना

    • ६. चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु

    • ७. मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी

    धेरै पढिएको
    • १. गोरखाका मीनकुमार गुरुङविरुद्ध मुद्दा दायर

    • २. गाेरखामा गाँजा सहित ३ जना नियन्त्रणमा

    • ३. गोरखामा बेबारिसे महिलाकाे शव फेला

    • ४. ट्याक्टर चलाइरहेका बेला चक्कर लागेर ढलेका गोरखाका एक ट्याक्टर चालकको प्रहरीद्धारा उद्धार

    • ५. जन्मेका हामी नेपाली, भिजेर आफ्नै माटोमा

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.