कञ्चनपुर — १३ वर्षीया किशोरीको बलात्कारपछि हत्या घटनाको अनुसन्धानका क्रममा पक्राउ परेका बम दिदीबहिनी रोशनी र बबिताको सोमबार अदालतबाट म्याद थप गरिएको छ ।
जिल्ला प्रहरी कार्यालयले शनिबार पक्राउ गरेको थियो। उनीहरुलाई थुनामा राख्नका लागि म्याद थप गरिएको जनाए पनि कति दिन म्याद थपेकाे खुलाएकाे छैन।
एक महिनाअघि भीमदत्त नगरपालिका–२ उल्टाखामकी १३ वर्षीया निर्मला पन्तको बलात्कारपछि हत्या भएको थियो। प्रहरीले अनुसन्धानका क्रममा लापरवाही गरेको भन्दै आन्दोलन चर्केपछि तत्कालीन सुरक्षा निकायका प्रमुख फेरिएपछि नयाँ टोलीले प्रारम्भिक चरणबाट पुन: अनुसन्धान सुरु गरेको हो।
म्याद थपसँगै बम दिदीबहिनीसँग बयान लिने तथा अन्य अनुसन्धानको काम चलिरहेको जिल्ला प्रहरी कार्यालयका डिएसपी कृष्ण ओझाले जानकारी दिए।
kantipurdaily


