कैलासबावु श्रेष्ठ/गोरखा
भदौ ९ गते । नारायणगढ–मुग्लिन सडक खण्डमा सनिबार बिहान ट्रक र बस एक आपसमा ठक्कर खाँदा २८ घाइते भएका छन् ।
दाङबाट काठामाडौँ जाँदै गरेको ना.७ ख ७३३५ नं को बस र मुग्लिनबाट नारायणगण जादै गरेको ना.५ ख ४७०४ नं को ट्रक दासढुङ्गामा सनिबार बिहान ६ः३० बजे ठक्कर खाएको थियो । बसमा रहेका घाइतेमध्ये २४ को पुरानो मेडिकल कलेजमा र चारको चितवन मेडिकल कलेजमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ।
ट्रक चालकलाई जुगेडीस्थित प्रहरी चौकीमा नियन्त्रणमा राखिएको छ प्रहरी कार्यालयले श्रोतले बतायो ।




















