कैलासबावु श्रेष्ठ/गोरखा
भाद्र ९ गते । प्रेस सेन्टर र प्रेस चौतारीबीच एकताको टुङ्गो लागेको छ । तत्कालीन नेकपा (एमाले) र माओवादी केन्द्र मिलेर बनेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले प्रेस सेन्टर र प्रेस चौतारीबीच एकीकरणका लागि गठीत कार्यदलले पार्टीका एकताको प्रतिवेदन बुझाएको छ ।
कार्यदलले एकीकृत सङ्गठनको नाम प्रेस सङ्गठन नेपाल राखेको प्रेस सेन्टरका अध्यक्ष महेश्वर दाहालले बताए । कार्यदलले प्रेस संगठन नेपालको विधान, केन्द्रीय समिति र आयोगमा रहने सदस्यहरुको नाम टुङगो लगाए पनि अध्यक्ष र महासचिवको टुङगो लगाउन भने सकेन ।
अध्यक्ष र महासचिवको टुङ्गो पार्टीका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले लगाउने भएको छ । प्रेस संगठन नेपाल २२६ सदस्यीय रहनेछ ।
तत्कालीन प्रेस चौतारीको तर्फबाट १२० सदस्य रहनेछन् भने तत्कालीन प्रेस सेन्टरको तर्फबाट १०६ सदस्य रहने कार्यदलका एक सदस्यले जानकारी दिएँ ।


