×
मङ्गलबार, साउन १२, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन तोलामा ४३ सयले घट्याे
  • ३३ मिनेट अघि

साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
  • ४ घण्टा अघि

असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
  • ५ घण्टा अघि

नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • ६ घण्टा अघि

आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना
  • ६ घण्टा अघि

चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु
  • ६ घण्टा अघि

मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी
  • ६ घण्टा अघि

धनगढीमा आत्मदाह प्रयास गरेकी युवतीको मृत्यु
  • १ दिन अघि

सुनसरीमा गएराती दुई पक्षबीचको झडप : अनिश्चितकालीन कर्फ्यु
  • १ दिन अघि

मङ्सिरभित्र पञ्जीकरण नगरे इजाजतपत्र नवीकरण नहुने

  •  
  • मङ्गलबार, भदौ ०५, २०७५ मा प्रकाशित
    Advertisement
    • अ
    • अ
    • अ

    लक्ष्मण दर्नाल

    काठमाडौँ, भदौ ५ गते । यातायात व्यवस्था विभागले सार्वजनिक यातायातलाई आगामी मङ्सिर मसान्तसम्म पञ्जीकरण गरिसक्न भनेको छ । त्यस अवधिभित्र पञ्जीकरण नगरिए कुनै पनि सडकको सडक इजाजतपत्र (रुट परमीट) नवीकरण नगरिने भएको छ । नयाँ परमीट पनि जारी नगरिने विभागले जनाएको छ ।
    विभागले हाल पञ्जीकरण नभएका सवारीसाधनको रुट परमीट नवीकरण गर्दै आएको छ तर मङ्सिर मसान्तपछि पञ्जीकरण नहुँदासम्म रुट परमीट नवीकरण नगरिने भएको छ । विभागका प्रवक्ता तुल्सीराम अर्यालले भन्नुभयो, ‘अहिलेसम्म रुट परमीट नवीकरण गरिरहेका छौँ तर मङ्सिर मसान्तपछि पञ्जीकरण नहँुदासम्म नवीरकण हुँदैन, पञ्जीकरण नभएका सवारी सडकमा गुड्न पाउने छैनन् अनिवार्य रूपमा पञ्जीकरण हुनै पर्छ । ’
    विभागले नजिकको यातायात व्यवस्था कार्यालयमै पञ्जीकरणका गर्न सकिने व्यवस्था गरेको छ । साथै सहायक प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा समिति गठन गरी यातायात व्यवसायीको खर्च विवरण पेस गरी खाताको रकम निकासा गर्न सकिने व्यवस्था गरिको छ । पञ्जीकरणका लागि विभागमै आउनुपर्ने व्यवस्थाले असुविधा भएपछि सम्बन्धित यातायात कार्यालयमै पञ्जीकरण गर्न सकिने व्यवस्था मिलाइएको प्रवक्ता अर्यालको भनाइ छ ।
    विभागका अनुसार सार्वजनिक यातयातले अनिवार्य रूपमा पञ्जीकरण गर्नुपर्ने छ । नगरिए जारी भएको रुट परमीट नवीकरण नगरिने, नयाँ रुट परमीट जारी नुहने र रुटको हेरफेर समेत गरिने छैन । व्यवसायीले पञ्जीकरणमा ढिलाइ गरेपछि विभागले मङ्सिरसम्मको अवधि तोकेको हो । नेपालमा एक लाख ९५ हजार ३३२ वटा भाडाका सार्वजनिक सवारीसाधन छन् तर चार महिनाको अवधिमा जम्मा दुई हजारको हाराहारीमा सवारीसाधन पञ्जीकरण भएका छन् ।
    पञ्जीकरण गरेका अधिंकांश सवारी ढुवानी सेवा, पर्यटक सेवा, बस, जीप, ट्याक्सी र टेम्पो सेवा छन् तर काठमाडौँबाट लामो दूरी चल्ने बसले भने पञ्जीकरण अझै गरेका छैनन् । काठमाडौँमा ११ हजार वटा ट्याक्सी सञ्चालनमा तर पञ्जीकरण गर्नेको सङ्ख्या १५ सय मात्र छ ।
    सिन्डिकेट नमान्ने र सरकारको नयाँ निर्देशिका अनुसार व्यवसाय सञ्चालन गर्न सहमत भए पनि कमै व्यवसायीले पञ्जीकरण गरेका छन् । पञ्जीकरणभन्दा पहिला कम्पनी रजिष्टारको कार्यालयमा कम्पनी दर्ता गर्नुपर्ने छ । विभागले सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ को दफा ९३ बमोजिम सार्वजनिक सवारीसाधन पञ्जीकरण गर्नुपर्ने व्यवस्थासहित नयाँ निर्देशिका लागू गरेको चार महिना भएको छ ।

    gorkhapatra

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    मङ्गलबार, भदौ ०५, २०७५ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सुन तोलामा ४३ सयले घट्याे
    साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
    असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन तोलामा ४३ सयले घट्याे

    • २. साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’

    • ३. असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने

    • ४. नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ५. आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना

    • ६. चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु

    • ७. मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी

    धेरै पढिएको
    • १. गोरखाका मीनकुमार गुरुङविरुद्ध मुद्दा दायर

    • २. गाेरखामा गाँजा सहित ३ जना नियन्त्रणमा

    • ३. गोरखामा बेबारिसे महिलाकाे शव फेला

    • ४. ट्याक्टर चलाइरहेका बेला चक्कर लागेर ढलेका गोरखाका एक ट्याक्टर चालकको प्रहरीद्धारा उद्धार

    • ५. जन्मेका हामी नेपाली, भिजेर आफ्नै माटोमा

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.