×
मङ्गलबार, साउन १२, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन तोलामा ४३ सयले घट्याे
  • ३३ मिनेट अघि

साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
  • ४ घण्टा अघि

असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
  • ५ घण्टा अघि

नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • ६ घण्टा अघि

आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना
  • ६ घण्टा अघि

चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु
  • ६ घण्टा अघि

मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी
  • ६ घण्टा अघि

धनगढीमा आत्मदाह प्रयास गरेकी युवतीको मृत्यु
  • १ दिन अघि

सुनसरीमा गएराती दुई पक्षबीचको झडप : अनिश्चितकालीन कर्फ्यु
  • १ दिन अघि

‘अझै ३३ वटा कसुर सम्बन्धित मुद्दा सीडीओले नै हेर्ने’

  •  
  • मङ्गलबार, भदौ ०५, २०७५ मा प्रकाशित
    Advertisement
    • अ
    • अ
    • अ

    नारायण काफ्ले

    काठमाडौँ, भदौ ५ गते । सङ्घीय संरचनामा प्रमुख जिल्ला अधिकारी (सीडीओ) को पद खारेजी समेतका माग उठिरहेका बेला भदौ १ देखि कार्यान्वयनमा आएको मुलुकी अपराध संहिताले भने सीडीओलाई उत्तिकै शक्तिशाली कायम राखेको छ । हालै कार्यान्वयनमा आएको अपराध संहिताको व्यवस्था अनुसार अझै ३३ विषयका मुद्दा सीडीओकै क्षेत्रधिकारमा पर्ने भएका छन् । जिल्ला अदालतमा कारबाही चल्ने मुद्दामा लगाउ भएको अवस्थाबाहेकका एक वर्षभन्दा कम सजाय हुने मुद्दा सीडीओको क्षेत्रधिकारमा परेका हुन् ।
    सीडीओले हेर्ने मुद्दाहरुको विवरण कानुन, न्याय तथा संसदीय मन्त्रालय मन्त्रालयले राजपत्रमा प्रकाशनका लागि पठाइसकेको छ । संविधानले एक वर्षभन्दा कम सजाय हुन सक्ने फौजदारी मुद्दा हेर्ने अधिकार सीडीओ लगायतका अर्धन्यायिक निकायलाई पनि दिएको छ ।
    फौजदारी कार्यविधि २०७४ को दफा १६९ ले अपराध संहितामा उल्लिखित मुद्दा नेपाल सरकारले राजपत्रमा सूचना प्रकाशन गरी मुद्दा हेर्ने अधिकारी तोकिदिएको अवस्थामा सोही अधिकारीले हेर्ने व्यवस्था गरेको छ । संहिताको उक्त व्यवस्था अनुसार राजपत्र प्रकाशनको तयारी गरिएको हो ।
    तयारी अनुसार अपराध संहिताको दफा ७३ उल्लेखित आवश्यक वस्तु तोडफोड वा हानी नोक्सानीमा सजाय हुने कसुर बाहेकका अन्य सार्वजनिक कसुरका मुद्दा हेर्ने अधिकार सीडीओलाई दिइएको छ । जसमा गैरकानुनी भेला गर्न नहुने, भेला रोक्न जारी आदेश भङ्ग गर्ने, हुलदङ्गा गर्न दुरुत्सान दिने, सार्वजनिक स्थानमा शान्ति खालल पार्ने लगायतका कसुरका मुद्दा सीडीओले हेर्नेछन् ।
    यस्तै, अपराध संहिताको दफा ६६ को राष्ट्रसेवकलाई बाधा विरोध गर्न नहुने, दफा ६९ को कफ्र्यू उल्लङ्घन गर्न नहुने, दफा ७० को झुठा अफवाह फैलाउन नहुने, दफा ७१ को शान्ति भङ्ग गर्न घरजग्गा वा सवारी दिन नहुने, र दफा ७२ को संवेदनशील सार्वंजनिक क्षेत्रमा मसाल जुलुस गर्न नहुने विषयका मुद्दा सीडीओले हेर्नेछन् ।
    यस्तै, मुलुकी अपराध संहिताको दफा ८४ को झुठा जानकारी दिन नहुने, दफा ८५ को बाधा विरोध गर्न नहुने, दफा ८६ को राष्ट्रसेवकलाई मद्दत गर्न इन्कार गर्न नहुने, दफा ८७ को आदेशको अवज्ञा गर्न नहुने विषयसँग सम्बन्धित कसुरका मुद्दा हेर्ने अधिकार पनि सीडीओलाई हुनेछ ।
    यस्तै, दफा ११३ को सार्वजनिक बाटो नदी, वा स्थलमा खतरा पु¥याउन नहुने, दफा ११६ को पशुपन्छी राख्दा लापरबाही गर्न नहुने, दफा ११७ को पशुपन्छी छाडा छाड्न नहुने, दफा ११८ को अभद्र व्यवहार गर्न नहुने, दफा १२२ को सार्वजनिक स्थलमा यौनाङ्ग प्रदर्शन गर्न नहुने, दफा १२३ को सार्वजनिक स्थलमा यौन क्रिया गर्न नहुने विषयसँग सम्बन्धित कसुरका मुद्दा पनि सीडीओको क्षेत्रधिकारमा पर्नेछन् ।
    यस्तै, संहिताको दफा १२४ को सार्वजनिक उपद्राईं गर्न नहुने, दफा १२५ को जुवा खेल्न तथा सट्टेबाजी गर्न नहुने सम्बन्धी कसुरका मुद्दा पनि सीडीओले नै हेर्नेछन् । दफा १२५ को उपदफा ४ अन्तर्गतका मुद्दा भने सीडीओको क्षेत्रधिकारमा पर्ने छैनन् ।
    यस्तै, संहिताको दफा २९० को पशुपन्छीप्रति निर्दयी व्यवहार प्रकट गर्न नहुने, दफा २९१ को सार्वजनिक स्थलमा पशु वा पन्छी मार्न नहुने विषयसँग सम्बन्धित कसुर पनि सीडीओको क्षेत्रधिकारमा नै पर्नेछन् ।
    यस्तै, संहिताको दफा ७५ को अदालतको समाह्वान, इतलायनामा तामेलीमा बाधा पु¥याएको, दफा ७६ को समाह्वानको सूचना बुझ्न इन्कार गरेको वा बाधा पु¥याएको, दफा ७७ को आदेश तामेल गर्न नदिई छली हिँडेको, दफा ७८ को म्याद सूचना च्यातेको वा उप्काएका विषयसँग सम्बन्धित कसुरमा पनि लाग्ने मुद्दा पनि सीडीओको क्षेत्रधिकारमा पर्नेछन् ।
    यस्तै, दफा ७९ को झुठो तरिकाले म्याद तामेल गरेको, दफा ८२ को शपथ गर्न इन्कार गरेको, दफा ८३ को जवाफ दिन इन्कार गरेको दफा ९८ को झुठा उजुरी दिएको, र दफा १०० को जमानत शर्तविपरीत अनुस्थित रहेको विषयसँग सम्बन्धित विवादका मुद्दा पनि सीडीओको क्षेत्रधिकारमा पर्नेछन् ।

    gorkhapatra

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    मङ्गलबार, भदौ ०५, २०७५ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सुन तोलामा ४३ सयले घट्याे
    साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
    असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन तोलामा ४३ सयले घट्याे

    • २. साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’

    • ३. असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने

    • ४. नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ५. आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना

    • ६. चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु

    • ७. मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी

    धेरै पढिएको
    • १. गोरखाका मीनकुमार गुरुङविरुद्ध मुद्दा दायर

    • २. गाेरखामा गाँजा सहित ३ जना नियन्त्रणमा

    • ३. गोरखामा बेबारिसे महिलाकाे शव फेला

    • ४. ट्याक्टर चलाइरहेका बेला चक्कर लागेर ढलेका गोरखाका एक ट्याक्टर चालकको प्रहरीद्धारा उद्धार

    • ५. जन्मेका हामी नेपाली, भिजेर आफ्नै माटोमा

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.