कैलासबावु श्रेष्ठ/गोरखा
भाद्र १ गते । गण्डकी प्रदेश सरकारले आपूm मातहतमा रहने गरी गोरखा जिल्लामा ७ ओटा बिभाग र निर्देशनालयको कार्यालय खोल्ने निर्णय गरेको छ ।
मन्त्री परिषद्को बैठकले र भवन, खानेपानी, सिँचाइ, बन, जन स्वास्थ्य लगायतका सात ठूला कार्यालयहरु गोरखामा नै स्थापना गर्ने निर्णय गरेको हो । संघीय सरकारबाट स्वायत्तता पाए सँगै आफु अनुकूलका कार्यालय खोल्ने अधिकार प्रदेश सरकारमा पुगेको थियो । सोही अनुसार गण्डकी प्रदेश सरकारले सहरी विकास तथा भवनका, खानेपानी तथा सरसफाइको डिभिजन कार्यालय, जलस्रोत तथा सिँचाइ डिभिजन कार्यालय गोरखामा खेल्ने निर्णय भएको सरकारका प्रवक्ता रामशरण बस्नेतले जानकारी दिएँ ।
जिल्ला कृषि विकास कार्यालय हटेर बनेको कृषि ज्ञान केन्द्र , जिल्ला पशुसेवा कार्यालय हटेपछि गोरखामा कम्ती एउटा भेटनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र स्थापना गर्ने मन्त्रीपरिषद्को बैठकले निणर्य गरेको छ । त्यस्तै सामाजिक विकास मन्त्रालय अन्तर्गत गोरखा जिल्लामा आयुर्वेद स्वास्थ्य केन्द्र स्थापना गरिने भौतिक पूर्वाधार मन्त्री समेत रहनु भएका प्रबक्ता बस्नेतले जानकारी दिएँ ।
त्यस्तै तनहुँको डुम्रेमा यातायात व्यवस्था कार्यालय सवारीको सेवा केन्द्र स्थापना गर्ने निर्णय मन्त्री परिषद् बैठकले गरेको छ । गोरखा सहित अन्य बिभिन्न जिल्लामा पनि कार्यालय खोल्ने निर्णय प्रदेश सरकारले गरेको छ । जिल्ला जिल्लामा स्थापना हुने कार्यालयमा आवश्यक कर्मचारीको लागि संघिय सरकारसँगको समन्वयमा उद्योग, पर्यटन वन तथा वातावरण मन्त्रालय मातहत १८ वटा, भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय मातहत २४ वटा, सामाजिक विकास मन्त्रालय मातहत ३१ वटा र भौतिक पूर्वाधार विकास मन्त्रालय मातहत २९ वटा कार्यालय रहने गरी संघीय सरकारले संगठन संरचना स्वीकृत गरेको छ । ती कार्यालयहरुमा काम गर्न २ हजार ४ सय कर्मचारीको दरबन्दी कायम हुने प्रदेश सरकारले जनाएको छ ।


