×
मङ्गलबार, साउन १२, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

कांग्रेसका बरिष्ठ नेता श्रेष्ठको निधन
  • ३५ मिनेट अघि

सुन तोलामा ४३ सयले घट्याे
  • ५ घण्टा अघि

साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
  • ८ घण्टा अघि

असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
  • १० घण्टा अघि

नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १० घण्टा अघि

आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना
  • १० घण्टा अघि

चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु
  • १० घण्टा अघि

मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी
  • ११ घण्टा अघि

धनगढीमा आत्मदाह प्रयास गरेकी युवतीको मृत्यु
  • १ दिन अघि

नागरिकता ऐन संशोधन ‘उमेरमा त्रुटि भए सच्याउन पाइने’

  •  
  • बिहिबार, साउन २४, २०७५ मा प्रकाशित
    Advertisement
    • अ
    • अ
    • अ

    नारायण काफ्ले

    काठमाडौँ, साउन २४ गते । राज्यको उच्च ओहोदामा पुगेका व्यक्तिको नागरिकता र उमेरसम्बन्धी विवाद आइरहँदा सरकारले तोकिएको समयभित्र उमेरको त्रुटि सच्याउन मिल्नेगरी नागरिकता ऐन संशोधन प्रस्ताव दर्ता गरेको छ । सुरुमा नागरिकता प्रमाणपत्र जारी भएको एक वर्षभित्र उमेरको त्रुटि सच्याउन मिल्ने व्यवस्था प्रस्तावित विधेयकमा गरिएको छ ।
    संशोधन विधेयक सरकारका तर्फबाट उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेलले दर्ता गर्नुभएको हो । विधेयकले नागरिकता प्रमाणपत्रमा उल्लेखित थर वा शैक्षिक योग्यताको प्रमाणपत्र अनुसार प्रमाणपत्रमा त्रुटि हुन गएमा सच्याउन पाउने व्यवस्था प्रस्तावित नागरिकता ऐन संशोधन विधेयकले गरेको छ । उमेर विवादमा भने प्रमाणपत्र जारी भएको एक वर्षभित्र सच्याउन निवेदन दिनुपर्नेछ ।
    मूल ऐनको दफा १७ को उपदफा १ मा खण्ड थप गर्दै सरकारले प्रमाणपत्र जारी भएको एक वर्षभित्र निवेदन दिन सक्ने व्यवस्था गरेको छ । प्रस्तावित विधेयकमा भनिएको छ ‘उमेर सच्याउन चाहने व्यक्तिले नागरिकताको प्रमाणपत्र जारी भएको मितिले एक वर्षभित्र सम्बन्धित अधिकारीसमक्ष निवेदन दिनुपर्ने छ ।’
    नागरिकता लिइसकेको अवस्थामा लिङ्ग परिवर्तन गर्ने निवेदन आएमा सबुद प्रमाण बुझी नयाँ नागरिकता दिनसक्ने व्यवस्था प्रस्तावित विधेयकमा गरिएको छ । विवाह तथा सम्बन्ध विच्छेद पछि नयाँ थर कायमका लागि परेको निवेदनमा पनि प्रमाण अनुसार पुरानो नागरिकता रद्द गरी नयाँ दिन सकिने व्यवस्था गरिएको छ ।
    नागरिकताविहीन नहुने
    संविधानको धारा ११ को व्यवस्था अनुकूल बनाउनका लागि प्रस्तावित संशोधनमा ०७२ को संविधान जारी गर्नुअघि जन्मका आधारमा नागरिकता पाएका नागरिकका सन्तानलाई बालिग भएपछि वंशजको आधारमा नागरिकता दिइनेछ ।
    यस्तै, बाबु पहिचान हुन नसकेको अवस्थामा पनि वंशजका आधारमा नागरिकता दिने संवैधानिक व्यवस्था प्रस्तावित विधेयकमा मिलाइएको छ । तर, बाबुको पहिचान हुँदा विदेशी नागरिक भएको ठहर भएमा वंशजको नागरिकता कायम रहने छैन । यस्ता सन्तानले विदेशी नागरिकता नलिएकोे स्वघोषणा गरेमा अङ्गीकृत नागरिकता प्रदान गरिनेछ ।
    नेपाली पुरुषसँग विवाह कायम गरेकी महिलाले नागरिकता लिएमा ६ महिनाभित्र विदेशको नागरिकता परित्याग गरेको निस्सा पेस गर्नुपर्नेछ । यस्तो निस्सा पेस नभएमा नागरिकता स्वतः रद्द हुनेछ । विदेशी पुरुषसँग विवाह कायम गरेकी नेपाली महिलाबाट जन्मिएका सन्तानले नागरिकता प्राप्त गर्दा बाबुआमा दुवै नेपाली नागरिक भएमा वंशजको नागरिकता प्राप्त गर्ने व्यवस्था प्रस्तावित छ ।
    गैर आवसीय नेपालीलाई नागरिकता
    गैर आवसीय नेपालीले उठाउँदै आएको दोहोरो नागरिकताको व्यवस्थालाई पनि विधेयकले सम्बोधन गरेको छ । संवैधानिक व्यवस्था अनुसार आर्थिक, सामाजिक र सांस्कृतिक अधिकार उपभोग गर्न पाउनेगरी नागरिकताको व्यवस्था सङ्घीय कानुनमा गर्न लागिएको हो । यस्ता नागरिकता बाहकले राजनीतिक अधिकार उपभोग गर्न भने पाउने छैनन् ।
    संविधानले सङ्घीय कानुन अनुसार नागरिकता दिने व्यवस्था गरेपछि कानुन बनाइएको थियो । मौजुदा नागरिकता ऐन संशोधनमार्फत् उक्त व्यवस्था गर्न लागिएको हो । सार्क राष्ट्रबाहेक अन्य देशमा बसोबास गर्ने गैर आवासीय नेपालीले नागरिकता पाउनेछन् ।
    नागरिकता लिन चाहनेले बाबुआमा वा बाजेबज्यै नेपाली भएको प्रमाण पेस गर्नुपर्नेछ । यसअघि नागरिकता परित्याग गरेको प्रमाण पनि नागरिकता लिन चाहने व्यक्तिले पेस गर्नुपर्नेछ । विदेशी मुलुकको नागरिकता प्राप्त गरेको प्रमाण, सार्कबाहेक अन्य देशमा बसोबास गरेको प्रमाण तथा नेपालको संविधान र कानुनको परिपालना गर्ने प्रतिवद्धतापत्र पनि पेस गर्नुपर्नेछ ।
    महिला पुरुषसँगै अन्य लिङ्गका आधारमा पनि नागरिकता पाउने व्यवस्था विधेयकमा गरिएको छ । सर्वोच्च अदालतको आदेशबाट अन्य लिङ्गको पहिचानबाट नागरिकता दिने व्यवहारिक अभ्यास सुरु भए पनि कानुनी रुपमा पहिलोपटक व्यवस्था हुन् लागेको हो ।
    कसुरमा पाँच वर्षसम्म कैद
    नागरिकता कसुरमा पाँच वर्षसम्म कैदको व्यवस्था हुने प्रस्तावित विधेयकमा प्रस्ताव छ । झुठा विवरणका आधारमा नागरिकता दिलाउने काम गरेमा वा सनाखत गरेमा तीन महिनादेखि डेढ वर्षसम्म कैद हुनेछ । यस्तै, यस्तो कसुरमा दश हजारदेखि २५ हजार रुपियाँसम्म जरिवाना हुनेछ । यस्तै नागरिकता लिने क्रममा व्यक्तिले गरेको स्वघोषणा गलत ठहर भएमा एक वर्षदेखि पाँच वर्षसम्म कैद हुनेछ । यस्तै, झुठा स्वघोषण कसुरमा ५० हजार रुपियाँदेखि एक लाख रुपियाँसम्म सजाय हुनेछ ।

    gorkhapatraonline

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    बिहिबार, साउन २४, २०७५ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    कांग्रेसका बरिष्ठ नेता श्रेष्ठको निधन
    सुन तोलामा ४३ सयले घट्याे
    साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. कांग्रेसका बरिष्ठ नेता श्रेष्ठको निधन

    • २. सुन तोलामा ४३ सयले घट्याे

    • ३. साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’

    • ४. असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने

    • ५. नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ६. आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना

    • ७. चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु

    धेरै पढिएको
    • १. गोरखाका मीनकुमार गुरुङविरुद्ध मुद्दा दायर

    • २. गाेरखामा गाँजा सहित ३ जना नियन्त्रणमा

    • ३. गोरखामा बेबारिसे महिलाकाे शव फेला

    • ४. ट्याक्टर चलाइरहेका बेला चक्कर लागेर ढलेका गोरखाका एक ट्याक्टर चालकको प्रहरीद्धारा उद्धार

    • ५. जन्मेका हामी नेपाली, भिजेर आफ्नै माटोमा

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.