×
मङ्गलबार, साउन १२, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन तोलामा ४३ सयले घट्याे
  • ४ घण्टा अघि

साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
  • ८ घण्टा अघि

असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
  • ९ घण्टा अघि

नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • ९ घण्टा अघि

आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना
  • १० घण्टा अघि

चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु
  • १० घण्टा अघि

मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी
  • १० घण्टा अघि

धनगढीमा आत्मदाह प्रयास गरेकी युवतीको मृत्यु
  • १ दिन अघि

सुनसरीमा गएराती दुई पक्षबीचको झडप : अनिश्चितकालीन कर्फ्यु
  • १ दिन अघि

‘बलात्कारपछि हत्यामा आवीजन कैद’

  •  
  • आइतबार, साउन २०, २०७५ मा प्रकाशित
    Advertisement
    • अ
    • अ
    • अ

    नारायण काफ्ले

    काठमाडौँ, साउन २० गते । कञ्चनपुरकी १३ वर्षीय निर्मला पन्तको ‘बलात्कारपछि हत्या’ भएको घटनाले सङ्घीय संसद्सम्म प्रवेश पाएको छ । सङ्घीय संसद्का धेरै सांसदहरूले बलात्कार घटनाका दोषीलाई ‘मृत्युदण्ड’ हुनेगरी कानुनी व्यवस्था गर्न माग समेत गरेका छन् । सङ्घीय संसद्मा पहिलोपटक प्रतिनिधित्व गरेकामात्र हैनन्, पुराना सांसदहरू पनि मृत्युदण्डको कानुनका पक्षमा छन् । तर, सांसद्हरूले यसअघि आफैँले पारित गरेको कानुनी प्रबन्ध भने भुलेका छन् ।
    यसअघि रुपान्तरित व्यवस्थापिकाबाट पारित मुलुकी अपराध संहिताको व्यवस्था अनुसार बलात्कार पछिको हत्यामा आजीवन कैदकै व्यवस्था गरिएको छ । त्यसलाई मृत्युदण्डभन्दा कठोर सजायका रूपमा मानिएको छ । पारित कानुन यही भदौ १ गतेबाट कार्यान्वयनमा आउनेछ ।
    रुपान्तरित संसद्को विधायन समिति अन्तर्गत फौजदारी कानुनलाई एकीकृत गर्न बनेको उपसमिति संयोजक समेत रहनुभएका सांसद कृष्णभक्त पोखरेल सांसदहरूले अन्तर्राष्ट्रिय सन्धि, संविधानको व्यवस्था र आन्तरिक कानुनी प्रबन्ध नबुझेका कारण यस्तो माग गरेको बताउनुहुन्छ ।
    पोखरेल भन्नुहुन्छ, ‘मृत्युदण्ड हुनेगरी कानुन नबनाउन नेपालले विभिन्न अन्तर्राष्ट्रिय सन्धिमा हस्ताक्षर गरेको छ । हामी ती सन्धिका पक्ष राष्ट्र छौँ । संविधानमा नै हामीले मृत्युदण्ड दिनेगरी कानुन बनाइने छैन भनेर स्पष्ट लेखेका छौँ ।’
    ‘यसमा सांसदहरूले बुझ्नुपर्ने हुन्छ । जहाँसम्म बलात्कारपछिको हत्याका घटना छन् यस्ता घटनाका दोषीलाई भदौ १ बाट लागू हुने संहिताले जीवनभर कैदको व्यवस्था गरेको छ । मृत्युदण्ड जस्तै कठोर कानुनी व्यवस्था हामीले गरेका छौँ ।’
    २०७४ साउन २७ गते पारित अपराध संहिताले बलात्कारपछि हत्याका घटनाका दोषीलाई आजीवन कैदको व्यवस्था गरेको छ । भदौ १ भन्दा अघिका घटनामा उक्त कानुन आकर्षित नभए पनि त्यसपछिका घटनामा दोषीलाई साही कानुन बमोजिम सजाय हुनेछ । अपराध संहिताको दफा ४१ मा सो व्यवस्था गरिएको छ । बलात्कारपछिको हत्यासँगै विभिन्न छवटा अपराधका दोषीलाई जीवरभर कैद हुने व्यवस्था संहितामा गरिएको छ ।
    मुलुकी अपराध संहिताको दफा ४१ मा भनिएको छ ‘यस ऐनमा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि देहायको कुनै कसूर गर्ने कसूरदारलाई जन्मकैदको सजाय गर्दा त्यस्तो कसूरदार जीवित रहेसम्म कैद गर्नु पर्नेछ ।’
    दफा ४१ को खण्ड ‘क देखि छ’सम्म अपराधको प्रकृति समेटिएको छ । जसमा क्रूर यातना दिई वा निर्ममतापूर्वक ज्यान मारेको, वायुयान अपहरण गरी वा वायुयान विस्फोट गरी ज्यान मारेको, अपहरण गरी वा शरीरबन्धक लिई ज्यान मारेको घटनामा आजीवन कैदको व्यवस्था गरिएको छ । यस्तै, सार्वजनिक रूपमा उपभोग हुने पेय वा खाद्य पदार्थमा विष हाली ज्यान मारेको, कुनै जात, जाति वा सम्प्रदायको अस्तित्व नै लोप गर्ने जातिहत्या (जेनोसाइड) गरेको वा गर्ने उद्देश्यले कसूर गरेको घटनामा पनि आजीवन कैद हुने व्यवस्था संहिताले गरेको छ ।
    संहिताको खण्ड छ मा जवर्जस्ती करणी गरी ज्यान मारेको घटनालाई पनि आजीवन कैद हुने कसुरमा राखिएको छ ।

    gorkhapatraonline

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    आइतबार, साउन २०, २०७५ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सुन तोलामा ४३ सयले घट्याे
    साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
    असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन तोलामा ४३ सयले घट्याे

    • २. साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’

    • ३. असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने

    • ४. नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ५. आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना

    • ६. चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु

    • ७. मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी

    धेरै पढिएको
    • १. गोरखाका मीनकुमार गुरुङविरुद्ध मुद्दा दायर

    • २. गाेरखामा गाँजा सहित ३ जना नियन्त्रणमा

    • ३. गोरखामा बेबारिसे महिलाकाे शव फेला

    • ४. ट्याक्टर चलाइरहेका बेला चक्कर लागेर ढलेका गोरखाका एक ट्याक्टर चालकको प्रहरीद्धारा उद्धार

    • ५. जन्मेका हामी नेपाली, भिजेर आफ्नै माटोमा

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.