×
मङ्गलबार, साउन १२, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन तोलामा ४३ सयले घट्याे
  • २ घण्टा अघि

साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
  • ५ घण्टा अघि

असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
  • ७ घण्टा अघि

नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • ७ घण्टा अघि

आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना
  • ७ घण्टा अघि

चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु
  • ७ घण्टा अघि

मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी
  • ८ घण्टा अघि

धनगढीमा आत्मदाह प्रयास गरेकी युवतीको मृत्यु
  • १ दिन अघि

सुनसरीमा गएराती दुई पक्षबीचको झडप : अनिश्चितकालीन कर्फ्यु
  • १ दिन अघि

रसुवागढी भन्सार ठप्प, दैनिक एक करोड बराबरको राजस्व घाटा

  •  
  • बिहिबार, साउन १७, २०७५ मा प्रकाशित
    Advertisement
    • अ
    • अ
    • अ

    हेमनाथ खतिवडा

    रसुवा, साउन १७ गते । गत बुधबार राति टिमुरेमा गएको पहिरोपछि रसुवागढी भन्सारबाट आयात निर्यात ठप्प भएको छ । पहिरोले अवरुद्ध सडक स्थानीय प्रशासनले पन्छाए पनि टिमुरे गाउँमाथिको घट्टेखोलामा निर्मित पुल जोखिमपूर्ण भएपछि सवारी साधन आवत जावत ठप्प भएको हो ।
    सीमा प्रहरी चौकी टिमुरेका प्रहरी निरीक्षक दिलीप क्षेत्रीकाअनुसार टिमुरे रसुवागढी, घट्टेखोला राजमार्गको घट्टेखोलामा रहेको पक्की पुलको केही अंश बाढीेले बगाएपछि पूलको जोखिम बढेको छ । प्राविधिकहरुको परामर्शमा जोखिम न्यूनीकरण गर्न मालबाहक ठूला सवारी साधन सो पुलबाट आवात जावतमा रोक लगाइएको छ । सो पुलबाट हल्का सवारी साधनमात्र सुचारु छन् ।
    ठूला मालबाहक सवारी साधन नचल्दा दैनिक एक करोड रुपैयाँ बरावरको राजश्वमा घाटा लागेको भन्सार कार्यालयले जनाएको छ । नेपाल–चीनको उत्तरी नाकाबाट सामान आयात निर्यात गर्ने पुल जोखिम भएपछि केरुङतर्फ गएका सयौँ ट्रक कन्टेनर केरुङमा अलपत्र परेका छन् । चर्को पार्किङ शुल्कले व्यवसायीलाई मर्का परेको कन्टेनर संघले जनाएको छ ।

    दायाँ बायाँबाट वैकल्पिक सडक खोल्ने स्थानसमेत नभएको प्रहरीले जनाएको छ । त्यस्तै बुधबार गएको पहिरोले अवरुद्ध टिमुरे नजिकको राजमार्ग भने बुधबारबाट सञ्चालनमा आएको सीमा प्रहरी चौकी टिमुरेले जनाएको छ ।
    त्यसैगरी पहिरोमा परी मृत्यु हुनेको दाहसंस्कारका लागि नौजनाको शव आफन्तजनलाई हस्तान्तरण गर्ने काम भएको जिल्ला प्रहरी प्रमुख सन्तोष तामाङले बताउनुभयो । दशैंको सामान लिन ब्यापारीहरु चीन गएकोले केही दिनमा पुल बन्ने र त्यसको असर नदेखिने रसुवागढी भन्सार प्रमुख अधिकृत विष्णु कोइरालाले बताउनुभयो ।
    स्याफ्रु रसुवागढी खण्डको सडक भीरको फेदमा रहेको र समय समयमा वर्षातमा ढुङ्गा खस्ने समस्या आउन थालेकाले टिमुरे गाउँदेखि तल पनि वर्षातमा जोखिम देखिएको ब्यापारीहरु बताउँछन् । ठाडोखोलामा भेलआएर कमजोर पक्की पुलको जगमा क्षति पु¥याएपछि नेपाल–चीन आवतजावत गर्ने सवारीसाधनलाई घट्टेखोलामा रोक लगाइएको छ ।
    प्रमुख जिल्ला अधिकारी कृष्ण पौडेलकाअनुसार जोखिम न्यूनीकरण गर्न सवारीसाधनमा रोक लगाई प्राविधिकद्वारा अध्ययन कार्य शुरु गरिएको छ । एक सातादेखि बढेको वर्षाले घट्टेखोलामा पानीको बहाव बढेपछि दक्षिणतर्फको पुलको जगमा क्षति पु¥याएको स्थानीयवासी सूर्य घलेले बताउनुभयो ।
    चीन सरकारद्वारा निर्माण गरिएको उक्त पुल क्षतिको स्थानमा सडक विभागका प्रतिनिधिले जगको गहिराइ कति छ चिनियाँ प्राविधिकसँग पनि समन्वय गरी पाँच दिनभित्र गल्छी रसुवागढी राजमार्गको सिधा यातायात सञ्चालन गर्ने तयारी गरिएको प्रमुख जिल्ला अधिकारी पौडेलले बताउनुभयो ।

    gorkhapatraonline

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    बिहिबार, साउन १७, २०७५ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सुन तोलामा ४३ सयले घट्याे
    साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
    असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन तोलामा ४३ सयले घट्याे

    • २. साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’

    • ३. असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने

    • ४. नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ५. आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना

    • ६. चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु

    • ७. मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी

    धेरै पढिएको
    • १. गोरखाका मीनकुमार गुरुङविरुद्ध मुद्दा दायर

    • २. गाेरखामा गाँजा सहित ३ जना नियन्त्रणमा

    • ३. गोरखामा बेबारिसे महिलाकाे शव फेला

    • ४. ट्याक्टर चलाइरहेका बेला चक्कर लागेर ढलेका गोरखाका एक ट्याक्टर चालकको प्रहरीद्धारा उद्धार

    • ५. जन्मेका हामी नेपाली, भिजेर आफ्नै माटोमा

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.