×
मङ्गलबार, साउन १२, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन तोलामा ४३ सयले घट्याे
  • २ घण्टा अघि

साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
  • ५ घण्टा अघि

असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
  • ७ घण्टा अघि

नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • ७ घण्टा अघि

आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना
  • ७ घण्टा अघि

चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु
  • ७ घण्टा अघि

मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी
  • ८ घण्टा अघि

धनगढीमा आत्मदाह प्रयास गरेकी युवतीको मृत्यु
  • १ दिन अघि

सुनसरीमा गएराती दुई पक्षबीचको झडप : अनिश्चितकालीन कर्फ्यु
  • १ दिन अघि

धरहराको ठूटो भाग जोगाउने प्रयास

  •  
  • बिहिबार, साउन १७, २०७५ मा प्रकाशित
    Advertisement
    • अ
    • अ
    • अ

    काठमाडौँ , साउन १७ गते । भूकम्पका कारण भत्किएर संरक्षणको पखाइमा रहेको धरहराको अवशेष (ठूटो भाग) जोगाउन बुधबार त्रिपाल ओढाइएको छ ।

    स्मारकका रूपमा यथावत् राख्न खोजिएको धरहराको ठूटो भागले ओत नपाउँदा वर्षाद्को झरी र चर्को घामले दिनानुदिन जीर्ण भइरहेको देखेपछि काठमाडौंँ महानगरपालिकाका उपप्रमुख हरिप्रभा खड्कीले त्रिपाल ओढाउने निर्णय गर्नुभएको हो ।

    उहाँले भन्नुभयो,‘ संरक्षणको पखाईमा रहेको स्मारक दिनहुँ जीर्ण बन्दै गएकाले केही समयको लागि त्रिपालले छोपेर भए पनि त्यसको संरक्षण गर्ने प्रयास गरिएको हो ।’ यसअघि पनि राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले धरहरालाई वर्षाद्को पानीबाट जोगाउन भनेर प्लाष्टिकले छोप्ने काम भएको थियो । तर एक वर्षमा प्लाष्टिक च्यातिएर झनै दुरवस्थामा पुगेको थियो ।
    प्रधानमन्त्री केपी शर्मा ओलीले बारम्बार चासो देखाएर ‘मै बनाउँछु मेरो धरहार’ अभियानको घोषणा गर्नुभए पनि जिम्मेवार निकायले समयमा काम गर्न नसकेपछि धरहरा क्षेत्र दिनप्रतिदिन दुरवस्थामा पुगेको स्थानीयबासीको गुनासो छ ।
    राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले प्रधानमन्त्री ओलीले घोषणा गर्नु भएको अभियानअन्तर्गत नै भूकम्पले ढालेको धरहरालाई भूकम्प स्मारकको रूपमा संरक्षण गर्दै त्यही परिसरमा पुरानै डिजाइनको आधुनिक शैली र अत्याधुनिक प्रविधि युक्त धरहरा निर्माणको परिकल्पना गरेर प्रक्रिया अगाडि बढाइएको छ ।
    धरहरा नजिकै रहेको ऐतिहासिक सुन्धरा, गोश्वारा हुलाक कार्यालय र टक्सार विभागको कार्यालयले ओगटेको जमिनलाई समेत समेटेर नयाँ स्मारक बनाउने योजना तयार भएको छ । त्यसका लागि प्राधिकरणले बोलपत्र आह्वनमार्फत् पाँचवटा कम्पनीको छनोट समेत गरिसकेको छ ।

    छानिएका कम्पनीमाथि शङ्का
    तर छानिएका ‘ज्वाइन्ट भेन्चर’ निर्माण कम्पनीहरूले पेश गरेका कागजातहरूका लगाइएको छाप शङ्कास्पद देखिएको भन्दै प्रधानमन्त्री कार्यालयले खरिद प्रक्रिया रोक्ने आदेश दिएपछि काम रोकिएको प्राधिकरणका सहसचिव राजु मानन्धरले जानकारी दिनुभयो । सहसचिव मानन्धर भन्नुहुन्छ,‘ आधिकारिकताबारे उजुरी गरेपछि कुन कम्पनीलाई निर्माणको जिम्मा दिने भन्ने निर्णय प्राधिकरणले गर्न सकेको छैन ।’
    उहाँका अनुसार ज्वाइन्ट भेन्चर कम्पनीको आधिकारिकतामाथि प्रश्न उठेपछि बोलपत्र हालेका छ वटै कम्पनीका कागजात प्रधानमन्त्री कार्यालयमा गरिएको छ । छ कम्पनीमध्ये प्राधिकरणले पाँच कम्पनीलाई छनोट गरेको थियो ।
    छानिएका कम्पनीको आधिकारिताका बारेमा बुझ्न प्राधिकरणले परराष्ट्र मन्त्रालयमार्फत काठमाडौँस्थित चिनियाँ दूतावासलाई पत्राचार गरेको दुई हप्ता भइसके पनि त्यसको जवाफ आइनसकेको प्राधिकरणका प्रवक्ता कृष्णप्रसाद दवाडीले जानकारी दिनुभयो । उहाँ भन्नुहुन्छ,‘ पत्राचारको कुनै जवाफ आइनसकेकाले कुनै काम अगाडि बढेको छैन ।’
    स्वदेशीकै लगानीले धरहरा बनाउने अभियान प्रधानमन्त्री ओलीले सुरु गर्नुभएपछि राष्ट्रिय बाणिज्य बैङ्कमा खोलिएको कोषमा हालसम्म २४ करोड रुपियाँ जम्मा भएको प्राधिकरणले जनाएको छ । अन्य काम सुरु नहुँदा अहिले यो कोषमा रकम जम्मा हुन पनि रोकिएको छ । यस बाहेक धरहरा निर्माणको लागि नेपाल टेलिकमले एक अर्ब रुपियाँ उपलब्ध गराउने घोषणा नै गरिसकेको छ ।

    gorkhapatraonline

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    बिहिबार, साउन १७, २०७५ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सुन तोलामा ४३ सयले घट्याे
    साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
    असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन तोलामा ४३ सयले घट्याे

    • २. साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’

    • ३. असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने

    • ४. नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ५. आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना

    • ६. चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु

    • ७. मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी

    धेरै पढिएको
    • १. गोरखाका मीनकुमार गुरुङविरुद्ध मुद्दा दायर

    • २. गाेरखामा गाँजा सहित ३ जना नियन्त्रणमा

    • ३. गोरखामा बेबारिसे महिलाकाे शव फेला

    • ४. ट्याक्टर चलाइरहेका बेला चक्कर लागेर ढलेका गोरखाका एक ट्याक्टर चालकको प्रहरीद्धारा उद्धार

    • ५. जन्मेका हामी नेपाली, भिजेर आफ्नै माटोमा

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.