सरिता तिम्सिना पगेनि/पाेखरा
साउन १५गते । नेपाली काग्रेस कास्की ले पनि पाेखरामा सरकार बिरुद्ध बिराेध प्रदर्सन गरेकाे छ ।सरकार सर्बसत्ताबाद तिर गएकाे,जथाभावी कर बढाएकाे,अधिनायकवादी बाटाेमा हिडेकाे अाराेप लगाउदै पाेखरामा प्रदर्शन गरिएको हाे ।
पाेखराकाे पृथ्वी चाेक देखि शुरु भएकाे र्यालि ,सभागृह चाेक,न्युरोड हुँदै बिपि चाेकमा पुगेर काेणसभामा परिणत भएको थियोे ।काेण सभामा बाेल्दै नेपाली काग्रेसका केन्द्रीय सदस्य जीवन परियार ले सरकार सर्बसत्ताबाद तिर गएकाेले सडकमा अाएर बिराेध गर्न परेकाे बताए।
पुर्ब मन्त्री यज्ञ बहादुर थापाले बर्तमान सरकारले जनताकाे हितमा काम नगरेकाे भन्दै ,राष्टकाे प्रधानमन्त्री सबै जनताकाे अभिभावक बन्न नसकेकाे अाराेप लगाए।सासद सुर्य बहादुर केसि ले सरकारले बढाएकाे कर बाट जनता अातंकित भएकाे बताए ।
काेणसभामा ,गण्डकी प्रदेश सासद बिन्दु कुमार थापा,नेपाली काग्रेस का नेता देबराज चालिसे ,कास्की सभापति कृष्ण केसि ,सचिब सुदिपमाेहन भट्टराई ,नेपाल महिला संघ कास्की सभापति काेपिला रानाभाट ,नगर सभापति बजिरमान श्रेष्ठ ,तरुण दल कास्कीका सभापति मनाेज गुरुङ ,अन्नपूर्ण गाउँ पालिका अध्यक्ष युबराज कुवर ,लगाएतले सरकारकाे पछिल्लो कदम प्रति बिराेध जनाएका थिए ।


