×
मङ्गलबार, साउन १२, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन तोलामा ४३ सयले घट्याे
  • ३३ मिनेट अघि

साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
  • ४ घण्टा अघि

असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
  • ५ घण्टा अघि

नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • ६ घण्टा अघि

आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना
  • ६ घण्टा अघि

चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु
  • ६ घण्टा अघि

मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी
  • ६ घण्टा अघि

धनगढीमा आत्मदाह प्रयास गरेकी युवतीको मृत्यु
  • १ दिन अघि

सुनसरीमा गएराती दुई पक्षबीचको झडप : अनिश्चितकालीन कर्फ्यु
  • १ दिन अघि

सहरका लागि होइनन् टिपर

  •  
  • शनिबार, साउन ०५, २०७५ मा प्रकाशित
    Advertisement
    • अ
    • अ
    • अ
    • ‘यो टिपर धेरै ट्राफिक चाप हुने स्थानमा चलाउने नै होइन । यसको साइडमा सेफ्टीगार्ड पनि छैन । यो गाडी खोला, गाउँ र कच्ची बाटाका लागि बनाइएको हो । मोटरसाइकल, स्कुटी चल्ने भीड ठाउँका लागि होइन ।’

    काठमाडौँ — मकवानपुरका २४ वर्षीय कान्छा लामा चालक अनुमतिपत्र (लाइसेन्स) बनाउँदा वीरगन्ज–काठमाडौं सामान ओसार्ने ट्रकमा सहचालक थिए । लाइसेन्स पाएपछि उनले धादिङबाट काठमाडौंमा गिटी–बालुवा ओसार्ने टिपर चलाउन थाले । ट्रकभन्दा टिपर चलाउन सजिलो लागे पनि बाटामा मान्छे जोगाउन हम्मे पर्ने अनुभव कान्छाको छ ।

    ‘दुर्घटना हुन नदिन टिपरमा विशेषता नै कम छन्,’ उनी भन्छन्, ‘निकै अग्लो र चारैतिर खुला भएकाले टिपरमुनि स्कुटी र मोटरसाइकल सजिलै छिर्छन् ।’ ट्रकभन्दा टिपरमा कमाइ बढी छ । तर ठूलो सडकमा चलाउँदा जताबाट पनि मोटरसाइकल छिर्छ कि भन्ने पीरले टिपर चलाइरहने कि अरू नै गाडी चलाउने भन्ने दोधारमा पुगेको उनी बताउँछन् । कान्छाले अहिलेसम्म दुई पटक टिपर पल्टाए भने तीन पटक अन्य गाडीलाई ठक्कर हानिसके । ‘मैले मान्छे हानेको छैन,’ उनी भन्छन्, ‘साना गाडी र मोटरसाइकलको लापरबाहीमा समेत मान्छेहरू टिपरलाई नै गाली गर्छन् । हामी बदनाम भइयो ।’

    २० वर्षको उमेरदेखि टिपर चलाएको र कमाइ अनि साहुको विश्वासका कारण कान्छालाई टिपर चलाउन छाडिहाल्न मन छैन । ‘६ सिलिन्डरको गाडी यति छोटो छ, यति अग्लोमा बसेर चलाउन पाइन्छ । सानो ठाउँमा पनि मोडिने, निकै छिटो भगाउन सकिने,’ उनले टिपरका विशेषता बताए ।

    बीस वर्षदेखि टिपर र ट्रकको काम गरेका मेकानिक्स बसिरुद्दिन अन्सारी (रैना) भने टिपरका यिनै विशेषताका कारण सहरमा चलाउन नहुने बताउँछन् । भारतको आइचर र अशोक लेल्यान्डमा काम गरेर फर्केका रैना भन्छन्, ‘यो टिपर धेरै ट्राफिक चाप हुने स्थानमा चलाउने नै होइन । यसमा त्यो प्रकारको सुविधा पनि छैन । यसको साइडमा सेफ्टीगार्ड पनि छैन । यो गाडी खोला, गाउँ र कच्ची बाटाका लागि बनाइएको हो । मोटरसाइकल, स्कुटी चल्ने भीड ठाउँलाई बनाएकै होइन ।’

    एक हजारभन्दा बढी चालकसँग अन्तरक्रिया गरेका रैनासँग टिपरले धेरै दुर्घटना गराउने कारणबारे पनि आफ्नै विश्लेषण छ । उनी भन्छन्, ‘अधिकांश युवा चालकको ध्यान बाटामा भन्दा मोबाइलमा बढी हुन्छ । बाटामा युवती देखेपछि त्यतै फर्कने, गाडीको गतिमा खासै ध्यान नदिने कारण पनि दुर्घटना बढेको हो । त्यसमाथि गाडीको बनोट पनि त्यस्तै छ ।’ एक पटक स्कुटीमा सवार भएका बेला रैनालाई समेत टिपरले हानेको थियो । तर, उनी बचे ।

    विकसित मुलुकमा सहरमा चलाउने छुट्टै साना टिपर हुन्छन् । समयमा मर्मत नगर्ने, ब्रेक चेक नगराउने, टायर नहेर्ने, किलोमिटर सूचक बिग्रेपछि नफेर्ने, चालकले गाडी चलाउनुअघि सामान्य पक्ष पनि ख्याल नगर्ने पनि टिपरबाट धेरै दुर्घटना हुनुका कारण छन् । सबभन्दा बढी समस्या भने सामुन्ने र छेउछाउ हेर्ने ‘लुकिङ ग्लास’ फेर्दा हुने गरेको मेकानिक्सहरू बताउँछन् । एक पटक फुटेपछि ग्लास फेर्दा राम्रोसँग नदेखिने नक्कली लुकिङ ग्लास राख्दा पनि साइडबाट पछाडिसम्म हेर्न गाह्रो हुन्छ ।

    ट्राफिक प्रहरीले यस्ता कुरामा ध्यान नदिनाले पनि चालकहरूको मानोबल बढेको हो । अर्का मिस्त्री सुरेश बखती पनि चालकमा प्राविधिक ज्ञान नहुनु, सवारी चलाउँदा पनि मोबाइलमा ध्यान दिनुलाई नै दुर्घटनाको प्रमुख कारण ठान्छन् । ‘अहिले चलेका टिपरहरू सहरको वातावरण अनुकूल पनि छैनन् । डाँडाकाँडा खोलामा चलाउने टिपर राजधानीमा चलाइरहेका छौं,’ उनले भने ।

    नैकापमा भेटिएका ३७ वर्षीय राज कार्की अहिले टिपर चलाउँछन् । १८ वर्षदेखि गाडी चलाएका उनले धादिङ, सिन्धुपाल्चोक र काभ्रेबाट बालुवा, ढुंगा, गिटी ओसारेका छन् । यो अवधिमा उनको कुनै दुर्घटना भएको छैन । ‘सामान्य गतिमा चलाउने हो भने दुर्घटना हुँदैन । दुर्घटनाको मुख्य कारण हतार गर्नु र गाडी परीक्षण नगरी चलाउनु हो,’ उनी भन्छन्, ‘जे परे पनि साहुले बेहोर्छ भन्ने बुझाइले पनि समस्या भएको देखिन्छ ।’ उनले टिपरको अग्लो चालक सिटमा बसेर हेर्दा अरू गाडी साना देखिनाले पनि चालकहरूले हेप्ने गरेको अनुभव सुनाए ।

    ‘यसको डिजाइन नै छिटो कुदाउँ–कुदाउँ जस्तो लाग्ने छ, यसले युवाहरू बढी उत्साही हुन्छन्,’ उनले सुनाए । स्वयम्भूका टिपर चालक सानु महर्जन पनि काठमाडौंमा प्रतिघण्टा ४० किलोमिटरभन्दा माथि हाँक्न नहुनेमा अधिकांशले ५० देखि ७० को गतिमा चलाइरहेको बताउँछन् । आरामदायी क्याबिन र पावर स्टेरिङका कारण चालकले आफूलाई सुरक्षित महसुस गर्ने गरेको अनुभव कार्कीको छ । ‘यस्ता चालकले लापरबाही गरे भने दुर्घटना त हुन्छ,’ उनले भने । उनले प्रतिघण्टा ४०/५० किलोमिटरसम्म सहजै रोक्न सकिने भए पनि त्योभन्दा बढी गति भएपछि समस्या हुने बताए ।

    ट्राफिक महाशाखाअनुसार चालु आर्थिक वर्षमा उपत्यकाभित्र मात्रै १ हजार ४ सय १५ ट्रक र टिपर दुर्घटना भएको तथ्यांक छ । जसमा १ सय ६८ ले ज्यान गुमाए । दर्जनौंको अंगभंग भएको छ । ५३ जना पैदलयात्रुले सडक दुर्घटनामा ज्यान गुमाए भने मोटरसाइकल र स्कुटरमा ठक्कर खाएर ९६ को ज्यान गयो । यसको प्रमुख कारण तीव्र गति र गाडीको ओभरलोड रहने गरेको ट्राफिक प्रहरीको भनाइ छ । केही पहिलेसम्म टिपरले सहरको मुखसम्म सामान ल्याएर अन्य गाडीले भित्र ल्याउने गथ्र्यो । अहिले टिपर नै तीव्र गतिमा सहर प्रवेश गर्न थालेको हो ।

    टिपरले सडकमा मनलाग्दी गर्ने कारणमध्ये राजनीतिक संरक्षण पाएका व्यक्तिहरूको लगानी पनि मुख्य कारण रहेको चालकहरू नै बताउँछन् । ‘शक्तिशाली साहु र बलियो गाडी भएपछि युुवा चालकलाई कसले रोक्ने।’ एक मिस्त्रीले भने ।

    kantipurdaily

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    शनिबार, साउन ०५, २०७५ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सुन तोलामा ४३ सयले घट्याे
    साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
    असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन तोलामा ४३ सयले घट्याे

    • २. साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’

    • ३. असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने

    • ४. नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ५. आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना

    • ६. चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु

    • ७. मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी

    धेरै पढिएको
    • १. गोरखाका मीनकुमार गुरुङविरुद्ध मुद्दा दायर

    • २. गाेरखामा गाँजा सहित ३ जना नियन्त्रणमा

    • ३. गोरखामा बेबारिसे महिलाकाे शव फेला

    • ४. ट्याक्टर चलाइरहेका बेला चक्कर लागेर ढलेका गोरखाका एक ट्याक्टर चालकको प्रहरीद्धारा उद्धार

    • ५. जन्मेका हामी नेपाली, भिजेर आफ्नै माटोमा

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.