काठमाडौँ — नेपाल चिकित्सक संघको आह्वानमा बिहीबार राजधानीलगायत मुलुकभरका अधिकांश अस्पतालहरुमा आकस्मिक बाहेकको स्वास्थ्य सेवा ठप्प बनाइएको छ ।
उपचारका लागि बहिरंग विभाग पुगेका विरामीहरु चिकित्सकहरु नभेटिए पनि फर्किएका छन्। जुम्लामा २० दिनदेखि अनशनरत डा. गोविन्द केसीका मागहरु पुरा गरेर उनको जीवन रक्षाको माग गर्दै संघले आकस्मिक बाहेकको सेवा बन्द गर्न आह्वान गरेको हो।
उपत्यकाका ठूला अस्पतालहरु वीर, महाराजगञ्जस्थित शिक्षण अस्पताल, कान्तिबाल अस्पताललगायतका अस्पतालहरु बिहानैदेखि बन्द रहेको छ। टेकु अस्पतालमा भने सेवा सुचारु रहेको छ।
निजी अस्पतालहरुमा भने अंशिक रुपमा बहिरंग सेवा सञ्चालनमा रहेको जानकारी प्राप्त भएको छ।
kantipurdaily


