काठमाडौँ — जुम्लामा आमरण अनसन बसिरहेका प्राडा. गोविन्द केसीलाई सरकारको निर्देशनमा बिहीबार काठमाडौं पठाउन पुगेको कर्णालीका मुख्यमन्त्री र कानुनमन्त्रीको टोली अस्पतालबाट केसीलाई नभेटी फर्किएसँगै प्रहरीले लाठी चार्ज गरेको छ । अस्पताल परिसरमा अहिले प्रहरीले अन्धाधुन्द लाठी चार्ज गरिरहेको छ । प्रहरीकाे गाेली लागेर अर्का प्रहरी घाइते भएका छन् । उनकाे छातीमा गाेली लागेकाे छ ।
प्रहरीको लाठी चार्जबाट एक दर्जन बढी विद्यार्थी तथा चिकित्सकहरु पनि घाइते भएका छन्। समाचार संकलन गरिरहेका पत्रकार माथि पनि प्रहरीले अवभद्र व्यवहार गरी लाठी चार्ज गरेको दृश्य खिचे क्यामरा फुटाइदिने धम्की समेत दिएका छन्।
बल प्रयोग गरेर भएपनि उपचारका लागि काठमाडौं पठाउन सरकारले निर्देशन दिएपछि त्यसको समन्वय गर्न कर्णालीका मुख्यमन्त्री महेन्द्रबहादुर शाही र कानुनमन्त्री नरेश भण्डारी कार्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान पुगेका थिए। उनीहरु अस्पताल भित्र प्रवेश गरेपनि डा. केसीलाई भने भेट्न पाएनन्। केसीको पक्षमा नाराबाजी गर्दै विद्यार्थीले बाटो छेकेपछि त्यहाँकै भीसीसँग केही बेर कुराकानी गरेर उनीहरु फर्किएका थिए।
kantipurdaily


