कैलासबावु श्रेष्ठ/गोरखा
साउन ३ गते । २० दिने देखी अनशनरत डा. गोविन्द केसीलाई काठमाडौं ल्याउन नेपाली सेनाको हेलिकोप्टर जुम्ला पुगेको छ । डा.केसीलाइ लिन राजधानी देखी नेपाली सेनाको हेलिकप्टर आउने थाहा पाए पछि केसीका समर्थकले अवरोध गर्न थालेका छन ।
डा.के.सीलाई लिन हेलि मार्फत कर्णाली प्रदेशका मुख्य मन्त्री महेन्द्रबहादुर शाही, शिक्षा मन्त्रालयका सचिवसहितको टोली समेत जुम्ला पुगेको छ।
डा.केसीका पक्षले केसीको अनुमती बिना राजधानी लाग लागेको भन्दै बिरोध प्रर्दशन गरी रहेका छन । प्रर्दशनकारीका अनुसार जुम्लामा नै बार्ता हुनुपर्ने माग राखेका छन ।
चिकित्सा शिक्षा अध्यादेश अनुसार विध्येक ल्याउनु पर्ने लगायतका माग राखेर डा. केसी जुम्लामा अनसन बसी रहेका छन । डा. केसीको स्वास्थ्य गंभिर भए पछि बुधबार मात्रै बालुवाटारमा सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को आग्रहमा सरकारले बुधबार केसीलाई काठमाडौं ल्याउने निर्णय गरेको थियो ।


