×
मङ्गलबार, साउन १२, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन तोलामा ४३ सयले घट्याे
  • २ घण्टा अघि

साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
  • ५ घण्टा अघि

असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
  • ७ घण्टा अघि

नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • ७ घण्टा अघि

आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना
  • ७ घण्टा अघि

चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु
  • ८ घण्टा अघि

मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी
  • ८ घण्टा अघि

धनगढीमा आत्मदाह प्रयास गरेकी युवतीको मृत्यु
  • १ दिन अघि

सुनसरीमा गएराती दुई पक्षबीचको झडप : अनिश्चितकालीन कर्फ्यु
  • १ दिन अघि

दिवंगत स्रष्टाको शव एकेडेमीमा राख्ने कि नराख्ने

  •  
  • शनिबार, असार ३०, २०७५ मा प्रकाशित
    Advertisement
    • अ
    • अ
    • अ

    काठमाडौँ, असार ३० गते । साहित्यकार तथा कलाकारको निधनपछि श्रद्धाञ्जलिका लागि कमलादीस्थित नेपाल प्रज्ञा–प्रतिष्ठानको परिसरमा पार्थिव शरीर राखिँदै आएकामा उक्त स्थानको विकल्पबारे बहस शुरु भएको छ ।

    निधनपछि स्रष्टालाई राज्यको प्राज्ञिक निकायको डबलीमा राखेर सम्मान तथा श्रद्धाञ्जलि दिने परम्परा रहेकामा प्रतिष्ठानमा क्रियाशील तीन वटै कर्मचारी संघसंगठनले यसको विरोध गरेपछि बहस उत्पन्न भएको हो । साहित्यिक वातावरणको संस्थालाई ‘मूर्दाघर’ बनाउन नहुने भनी लोकतान्त्रिक कलाकार तथा कर्मचारी संघका अध्यक्ष अशोककुमार चौरसिया, प्रज्ञा प्रतिष्ठान कलाकार तथा कर्मचारी संगठनका अध्यक्ष विश्वमोहन राजभण्डारी र प्रतिष्ठान, नेपाल राष्ट्रिय कर्मचारी संगठनका धनबहादुर कार्कीले संयुक्त रुपमा यही असार १६ गते कुलपति गंगाप्रसाद उप्रेतीसमक्ष ध्यानाकर्षण गराउनुभएको थियो ।

    स्वरसम्राट् नारायणगोपाल गुरुवाचार्यको २०४७ मङ्सिर १९ मा निधनपछि सो परिसरमा श्रद्धाञ्जलिका लागि शव ल्याउने प्रचलन शुरु भएको हो । राजधानीको केन्द्रमा रहेको र पर्याप्त पार्किङस्थल भएको प्रज्ञा–प्रतिष्ठानमा दिवंगत स्रष्टालाई राज्यका उच्च तहका व्यक्ति र साहित्यकार–शुभेच्छुकले श्रद्धाञ्जलि दिने र त्यसपछि अन्त्येष्टिका लागि शवयात्रा आरम्भ हुँदै आएको छ तर सो स्थानमा कुन तहका साहित्यकार वा कलाकारको शव राख्ने भन्ने मापदण्ड नतोकिँदा यो कार्य व्यवस्थित बन्न सकेको छैन । कतिपय साहित्यकार र तिनका परिवारले बितेपछि त्यसरी शव राखिनुलाई सस्तो प्रचार ठानेर त्यो कार्य उचित नभएको बताउने गरेका छन् भने कतिपयले आफू जीवित छँदा राज्य र राज्यका प्राज्ञिक निकायले सम्मान नगरेकाले बितेपछि त्यहाँ नलान आग्रह गरिरहेका हुन्छन् ।

    प्रतिष्ठानका तत्कालीन उपकुलपति केदारमान व्यथितले एक स्रष्टालाई परिसरमा श्रद्धाञ्जलि दिँदै गर्दा आफ्नो ‘चित्त दुखेर’ आफू बितेपछि आफ्नो शव त्यहाँ नल्याउन आग्रह गर्नुभएको थियो । प्रतिष्ठानकै पूर्वउपकुलपति मोहन कोइराला, साहित्यकार पारिजातको पूर्वघोषणाबमोजिम उहाँहरुको शव पनि प्रतिष्ठानमा राखिएको थिएन । तत्कालीन उपकुलपति मदनमणि दीक्षितले एक कलाकारको निधनपछि त्यहाँ ल्याउन खोजिएको शव रोकाउन खोज्दा त्यस क्षेत्रबाट आपत्ति आएपछि शव ल्याउन खुला गरिएको थियो ।
    प्रज्ञा–प्रतिष्ठान कलाकार तथा कर्मचारी संगठनका अध्यक्ष राजभण्डारीले ‘साहित्यिक र सांस्कृतिक वातावरणले आनन्द दिने स्थानलाई मूर्दाघरमा परिणत गर्ने स्थितिको अन्त्य गर्न’ आफूहरुले माग गरेको बताउनुभयो । “प्रतिष्ठानका हलमा विभिन्न सांस्कृतिक कार्यक्रम भइरहेका हुन्छन्, मान्छेहरु भोज खाइरहेका हुन सक्छन्, त्यस्तो बेलामा पार्थिव शरीर ल्याउँदा वातावरण वियोगान्त बन्न पुग्छ । त्यसैले अब यो क्रम रोकिनुपर्छ ।” ज्ञापनपत्र बुझेपछि कूलपति उप्रेतीले यसबारे प्राज्ञ परिषद्को कार्यसूचीमा राखेर निर्णय गर्ने आश्वासन दिनुभएको थियो ।

    प्रतिष्ठानका सदस्य सचिव डा जीवेन्द्रदेव गिरीले कर्मचारी संगठनले दिएको ध्यानाकर्षणपत्रलाई परिषद्मा राख्न बाँकी रहेको बताउँदै शव ल्याउन रोक लगाउने वा निश्चित मापदण्ड बनाउने भन्नेबारेमा छलफल हुने जानकारी दिनुभयो । रासससँग कुरा गर्दै उहाँले पुनःनिर्माणको कामसमेत चलिरहेकाले शव बाहिर निकाल्ने पूर्वतिरको ढोकामा निर्माण सामग्री रहेकाले तत्कालका लागि शव ल्याउन र पठाउन गाह्रो हुने प्रतिक्रिया दिनुभयो ।

    प्रतिष्ठानका पूर्वसदस्य सचिव डा तुल्सीप्रसाद भट्टराईले भने स्रष्टाहरु बितेपछि सम्मानका लागि प्रतिष्ठानको डबलीमा शव राख्ने परम्परा कायम हुनु उचित भएको बताउनुभयो । नेपाल सरकारसँग पनि परामर्श गरी विकल्प खोजेर प्रतिष्ठानले निर्णय गर्ने बताइएको छ । वर्तमान प्राज्ञ परिषद्को कार्यकाल आगामी भदौ २३ मा सकिँदैछ ।

    रासस

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    शनिबार, असार ३०, २०७५ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सुन तोलामा ४३ सयले घट्याे
    साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
    असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन तोलामा ४३ सयले घट्याे

    • २. साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’

    • ३. असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने

    • ४. नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ५. आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना

    • ६. चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु

    • ७. मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी

    धेरै पढिएको
    • १. गोरखाका मीनकुमार गुरुङविरुद्ध मुद्दा दायर

    • २. गाेरखामा गाँजा सहित ३ जना नियन्त्रणमा

    • ३. गोरखामा बेबारिसे महिलाकाे शव फेला

    • ४. ट्याक्टर चलाइरहेका बेला चक्कर लागेर ढलेका गोरखाका एक ट्याक्टर चालकको प्रहरीद्धारा उद्धार

    • ५. जन्मेका हामी नेपाली, भिजेर आफ्नै माटोमा

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.