चिना वि.क
रुकुम २९, असार । रुकुम पश्चिमको सदरमुकाम मुसिकोट खलंगामा शुक्रबार दिउँसो गाडी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । भने १६ जना घाइते भएका छन् । मुसिकोट नगरपालिका १ सल्लेबाट खलंगा तर्फ आउँदै गरेको ना ५ ख ६५१० नम्बरको बस खलंगाको मुलखोलामा दुर्घटना भएको हो ।
दुर्घटनामा परेर मुसिकोट नगरपालिका १ छिङकी अन्दाजी २५ बर्षीय सपना मल्ल भण्डारीको मृत्यु भएको प्रहरी निरीक्षक प्रमोदकुमार क्षेत्री जानकारी दिए । दुर्घटना परि घाइते भएका १६ जना मध्ये ८ जनाको अवस्था गम्भिर रहेका उनले बताए ।
मृतककी ७ महिनाकी छोरी, मुसिकोट नगरपालिका १ का १६ बर्षिय चन्द्रबहादुर विक सोहि ठाउँकी ३ बर्षिय देवि केसी ५४ बर्षिय विष्णु बुढाथोकी, ११ बर्षिया झरना थापा, १६ बर्षिया दिविका बुढाथोकी र २० बर्षीया मनिषा विसी खड्का रहेको प्रहरीले जानकारी दिएको छ ।
गम्भिर घाइते सबैलाई जिल्ला अस्पताल सल्लेमा उपचार हुन नसकेपछि थप उपचारको लागि नेपालगञ्ज रिफर गरिएको जिल्ला अस्पताल सल्लेका प्रमुख डा.शुसिल पोखरेलले जानकारी दिए । अन्य ८ जना घाइतेहरुको भने अहिले जिल्ला अस्पाताल सल्लेमा उपाचार भइरहेको उनले बताए ।
गाडि सफा गर्न ल्याउने क्रममा सहचालकले गाडि चलाएका कारण दुर्घटना भएको हुनसक्ने प्रहरीको अनुमान छ । गाडी सडकबाट करिब एक सय मिटर तल खोलामा खसेको थियो । प्रहरीले गाडी चालक र सहचालकलाई नियन्त्रणमा लिएको छ ।
rajdhanidaily




















