×
मङ्गलबार, साउन १२, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन तोलामा ४३ सयले घट्याे
  • ४ घण्टा अघि

साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
  • ७ घण्टा अघि

असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
  • ९ घण्टा अघि

नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • ९ घण्टा अघि

आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना
  • ९ घण्टा अघि

चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु
  • १० घण्टा अघि

मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी
  • १० घण्टा अघि

धनगढीमा आत्मदाह प्रयास गरेकी युवतीको मृत्यु
  • १ दिन अघि

सुनसरीमा गएराती दुई पक्षबीचको झडप : अनिश्चितकालीन कर्फ्यु
  • १ दिन अघि

मलेसियाका रोजगारदाताले सरकारलाई भने, ‘अवैधानिक कामदारमाथिको धरपकड रोक, कालोसूचीमा नराख’

  •  
  • शुक्रबार, असार २९, २०७५ मा प्रकाशित
    Advertisement
    • अ
    • अ
    • अ

    मलेसिया — मलेसियाली रोजगारदाता एवं सम्बद्ध विभिन्न १०० भन्दा बढी संस्थाहरुले अवैधानिक आप्रवासी कामदारमाथि जारी धरपकड रोक्न र आममाफीपछि फर्कने कामदारहरुलाई अध्यागमनको कालोसूचीमा नराख्न सरकारसित अपिल गरेका छन् ।

    हाल आममाफीमार्फत स्वदेश फर्कने विदेशी कामदारहरुलाई मलेसियाली अध्यागमनले ५ देखि ६ वर्षसम्म कालोसूचीमा राख्ने गरेको छ । कालोसूचीमा राखीएका कामदार न्युनतम ५ वर्षसम्म मलेसिया आउन नपाउने प्रावधान छ । विभिन्न औद्योगिक रोजगारदाताहरुको साझा संस्था ‘दि फेडेरेसन अफ मलेसियन म्यानुफ्याक्चरर्स (एफएमएम)’ ले शुक्रबार गृहमन्त्रालय र मानवसंशाधन मन्त्रालयसमक्ष उक्त अपिल गरेका हुन् ।
    रोजगारदाताहरुले अवैधानिक कामदारको वैधानिक बनाउने प्रक्रियाको समयावधि थप्न, हाल जारी अवैधानिक कामदारमाथि भइरहेको धरपकड रोक्न र उनीहरुलाई बैधानिक प्रक्रियामा ल्याउने कार्यक्रम ६ महिनाका लागि थप्न आग्रह गरेका हुन् । उनीहरुले अवैधानिक कामदारलाई बैधानिक बनाउने क्रममा बिचौलिया र प्रक्रियागत ढिलाइका कारणसमेत रोजगारदाताहरु मर्कामा परेको भन्दै कामदारलाई बैधानिक प्रक्रियामा ल्याउन ६ महिना त्यस्तो कार्यक्रम सञ्चालन गर्न आग्रहसमेत गरेका छन् ।
    रोजगारदाताले कामदार लिने प्रक्रिया सहज बनाउन र अवैधानिक कामदारलाई बैधानिक प्रक्रियामा ल्याउन ‘पुन:भर्ना र आममाफी’ कार्यक्रमको अवधि थप्न आग्रह गरेपनि सरकारले भने जुनमा उक्त कार्यक्रम सकीलगत्तै अवैधानिक आप्रवासी कामदारमागि धरपकड गर्दै आएको छ ।
    यसअघि कामदारका अधिकारका क्षेत्रमा कार्यरत सरोकारवाला संघसंस्थाहरुले पनि जारी धरपकड रोक्न र कामदार लिने प्रक्रियालाई प्रभावकारी बनाउन अनुरोध गरेका थिए । उनीहरुले विभिन्न कामदारसम्बद्ध युनियनहरुले न्युनतम पारिश्रमिक बृद्धि गर्न आग्रह गर्दै आएका थिए । मलेसियामा गत मे महिनामा नयां सरकार गठन भएसंगै निजी क्षेत्रमा कार्यरत सम्पूर्ण कामदारहरुको न्युनतम पारिश्रमिक मासिक १ हजारबाट बढाएर १५ सय रिंगिटसम्म पुऱ्याउने बताइएको थियो ।
    तर रोजगारदाताहरुले भने प्रस्तावित न्युनतम पारिश्रमिक तत्काल लागू नगर्न सरकारसित अपिल गरेका छन् । शुक्रबार अपिल गरिएको प्रस्ताव पत्रमा आगामी वर्षदेखि मात्रै न्युनतम पारिश्रमिक बृद्धि गरि लागू गर्नसमेत अनुरोध गरिएको छ । उनीहरुले पारिश्रमिक एकैचोटी बृद्धि नगरि चरणबद्ध रुपमा गर्न तर लेभी रकमको भार भने कामदारले नै ब्यहोर्नुपर्ने निर्णय गर्न आग्रह गरेका हुन् ।
    आप्रवासी कामदार लिने प्रक्रियालाई सहज र प्रभावकारी बनाउनुपर्नेमा समेत उनीहरुले जोड दिए । संयुक्त अपिल प्रस्तावमा भनिएको छ, ‘अवैधानिक कामदारहरुको दर्ता देशभर रहेका अध्यागमन विभागका कार्यालयहरुबाटै अनलाइन प्रणालीबाट सिधै गर्न सकीयोस् र प्रक्रिया पुगेपछि बैधानिक हुने कामदारको न्युनतम भिसा अवधि एकवर्षको हुनुपर्दछ । उक्त कार्यक्रम सञ्चालन अवधिमा पनि स्रोत मुलुकहरुबाट नयाँ कामदार ल्याउनलाई पनि रोक्नुहुँदैन ।’
    kantipurdaily

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    शुक्रबार, असार २९, २०७५ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सुन तोलामा ४३ सयले घट्याे
    साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
    असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन तोलामा ४३ सयले घट्याे

    • २. साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’

    • ३. असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने

    • ४. नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ५. आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना

    • ६. चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु

    • ७. मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी

    धेरै पढिएको
    • १. गोरखाका मीनकुमार गुरुङविरुद्ध मुद्दा दायर

    • २. गाेरखामा गाँजा सहित ३ जना नियन्त्रणमा

    • ३. गोरखामा बेबारिसे महिलाकाे शव फेला

    • ४. ट्याक्टर चलाइरहेका बेला चक्कर लागेर ढलेका गोरखाका एक ट्याक्टर चालकको प्रहरीद्धारा उद्धार

    • ५. जन्मेका हामी नेपाली, भिजेर आफ्नै माटोमा

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.