×
मङ्गलबार, साउन १२, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

कांग्रेसका बरिष्ठ नेता श्रेष्ठको निधन
  • ३६ मिनेट अघि

सुन तोलामा ४३ सयले घट्याे
  • ५ घण्टा अघि

साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
  • ८ घण्टा अघि

असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
  • १० घण्टा अघि

नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १० घण्टा अघि

आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना
  • १० घण्टा अघि

चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु
  • १० घण्टा अघि

मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी
  • ११ घण्टा अघि

धनगढीमा आत्मदाह प्रयास गरेकी युवतीको मृत्यु
  • १ दिन अघि

वार्षिक पाँच सय बढी विद्यार्थी चिकित्सा शिक्षाका लागि विदेशिन्छन्

  •  
  • शुक्रबार, असार २९, २०७५ मा प्रकाशित
    Advertisement
    • अ
    • अ
    • अ

    काठमाडौँ, असार २९ गते । चिकित्सा शिक्षाका लागि वार्षिक ५०० बढी विद्यार्थी विदेशिने गरेको पाइएको छ । हरेक वर्ष नेपालका पाँच मेडिकल कलेजमा पढ्ने विद्यार्थीबराबरको संख्या विदेशिने गरेको पाइएको हो ।

    त्रिभुवन विश्वविद्यालयका पूर्व उपकुलपति केदारभक्त माथेमा नेतृत्वको आयोगले आगामी १० वर्षसम्म मेडिकल कलेज खोल्न नहुने र विश्वविद्यालयले पनि थप सम्बन्धन दिन नपाउने सुझाव दिएपछि त्यस्तो अवस्था आएको हो ।

    नेपालका सञ्चालनमा रहेका २३ वटा मेडिकल कलेजको सिट संख्या कटौती गरिएपछि विदेशिने विद्यार्थीको संख्यामा बढोत्तरी हुन पुगेको हो । नेपाल मेडिकल काउन्सिलका अनुसार सन् २०१७ मा एमबिबिएसका अध्ययनका लागि एक हजार ६३१ र बिडिएसमा ५५५ जना भर्ना भएका थिए भने ४९५ जना विद्यार्थी एमबिबिएस अध्ययनका लागि विदेशिएका छन् ।

    त्यस्तो संख्या सन् २०१६ मा नेपालमा एमबिबिएसका लागि दुई हजार ५६, बिडिएसका लागि ४७० भर्ना भएका थिए । सोही वर्ष माथेमा प्रतिवेदन सरकारलाई बुझाइएको थियो । त्यही वर्ष ४७८ विद्यार्थी चिकित्सा शिक्षाका लागि विदेशिएका थिए ।

    यस्तै सन् २०१५ मा नेपालमा दुई हजार ९१ जनाले एमबिबिएस, ५०५ जनाले बिडिएसका लागि भर्ना भएका थिए भने एक हजार ४६१ विद्यार्थी विदेशमा अध्ययनका लागि गए । हरेक पटकको नेपाल मेडिकल काउन्सिलको दर्ता परीक्षामा विदेशमा अध्ययन गर्ने विद्यार्थीको खराब नतिजा आउन थालेपछि प्रवेश परीक्षामा उत्तीर्ण हुनैपर्ने बाध्यकारी व्यवस्था लागू गरेको थियो । सो व्यवस्था सन् २०१६ देखि लागू भएको हो ।

    त्यस्तो व्यवस्था लागू भए पनि विदेशमा अध्ययन गरेर फर्किएकामध्ये ८० प्रतिशत विद्यार्थी काउन्सिलको परीक्षामा असफल हुने गरेका छन् । काउन्सिलले विदेश अध्ययन गर्न जाने विद्यार्थीले नेपालबाटै प्रवेश परीक्षा उत्तीर्ण गरेको हुनुपर्ने प्रावधान राखे पनि यहाँ उत्तीर्ण भएकाहरु फर्केर आएपछिको परीक्षामा समेत अनुत्तीर्ण हुने गरेका छन् ।

    उनीहरुको शैक्षिक तथा प्राविधिक गुणस्तरसमेत कमजोर रहने गरेको काउन्सिलको बुझाइ छ । विदेशका गुणस्तरीरहीन कलेजमा अध्ययन गरेकाले एमबिबिएसका विद्यार्थीले लगातार परीक्षा दिँदा समेत काउन्सिल परीक्षा उत्तीर्ण हुन सकेका छैनन् ।

    काउन्सिलको अहिलेसम्मको तथ्यांक हेर्ने हो भने विदेशमा एमबिबिएस अध्ययन गरेर आएका ६५० जना विद्यार्थी लगातार लाइसेन्सको परीक्षामा अनुत्तीर्ण भइरहेका छन् । विशेषज्ञ हासिल गरेर आएका १२५ चिकित्सकले पनि परीक्षा उत्तीर्ण गर्न सकेका छैनन् ।

    परीक्षा उत्तीर्ण नगर्दासम्म उनीहरुले चिकित्सकीय अभ्यास गर्न पाउदँैनन् । विदेश गएर अध्ययन गरेर नेपाल फर्किएका एमबिबिसका विद्यार्थीमध्ये ८० प्रतिशत विद्यार्थी चिकित्सक दर्ता परीक्षामा अनुत्तीर्ण हुने गरेको तथ्यांकले उनीहरुले अध्ययन गर्ने कलेजको गुणस्तरीयता कमजोर देखाउने गरेको छ ।

    नेपाल मेडिकल काउन्सिलका अध्यक्ष प्राडा धर्मकान्त बाँस्कोटा विदेशमा एमबिबिएस अध्ययन गर्न जाने विद्यार्थीको गुणस्तर कमजोर रहेको पाइएको बताउनुहुन्छ ।

    उहाँले भन्नुभयो,‘‘नेपालबाटै प्रवेश परीक्षा पास भएर गएका विदेशमा गुणस्तरहीन मेडिकल कलेजमा अध्ययन गर्छन् र नेपालको अनुमति परीक्षामा असफल हुन्छन् । हामीले विदेशमा गुणस्तरीयता अनुगमन गर्न सक्दैनौँ ।’’

    काउन्सिलका अध्यक्ष बाँस्कोटा विदेश अध्ययन गरेर आएका विद्यार्थीको गुणस्तरीयताका बारेमा माथेमा प्रतिवेदनले सम्बोधन नगरेको बताउनुहुन्छ । ‘‘माथेमा प्रतिवेदनले केही सम्बोधन गर्न छुटाएको छ, ती विषय महत्वपूर्ण छन्, त्यो सम्बोधन नगर्दासम्म माथेमा प्रतिवेदन डा गोविन्द केसीले भने जस्तो अक्षरशः सम्बोधन हुन सक्दैन ।’’

    उहाँले प्रतिवेदनले नेपालमा सञ्चालन भइरहेका २३ मेडिकल कलेजलाई गुणस्तरीयता, भौतिक पूर्वाधारलगायतका कुरा छुट्टाएर वर्गीकरण गर्न नसकेको, विदेशमा अध्ययन गर्ने विद्यार्थीको गुणस्तरीय मापनबारे केही उल्लेख नभएको बताउनुभयो ।

    उहाँले माथेमा प्रतिवेदनमा हरेक वर्ष करीब दुई हजार देशविदेशमा अध्ययन गरेका एबिबिएस चिकित्सक उत्पादन हुने उल्लेख गरिएको प्रसंग उल्लेख गर्दै भन्नुभयो,‘‘त्यसमध्ये नेपालमा करीब दुई हजार चिकित्सकमध्ये ४० प्रतिशत विदेशी विद्यार्थी हुन्, अध्ययन सकिएपछि उनीहरु घर फर्किन्छन् उनीहरुलाई पनि नेपालकै चिकित्सकको रुपमा समावेश गरिएको छ ।’’

    त्रिभुवन विश्वविद्यालयका आँगिक कलेजमा ३५ प्रतिशत र काठमाडौँ विश्वविद्यालयमा ४० प्रतिशत विदेशी विद्यार्थीका लागि कोटा छुट्टाइएको छ । सन् २०१५ भन्दा पहिले विदेशमा अध्ययनका लागि जाने विद्यार्थीले नेपालबाटै प्रवेश परीक्षा पास गर्नुपर्ने बाध्यता थिएन । तर विदेशबाट एमबिबिएस अध्ययन गरेर आएका चिकित्सक लाइसेन्सको परीक्षामा अनुत्तीर्ण हुने क्रम बढेपछि काउन्सिलले देशबाहिर जानेले स्वदेशबाटै प्रवेश परीक्षा पास गर्नैपर्ने बाध्यकारी व्यवस्था गरेको थियो ।

    काउन्सिलका अध्यक्ष बाँस्कोटा बाहिर जान कडाइ गरिएको केही देशका मेडिकल कलेजमा अध्ययन नगर्न आग्रह गर्दासमेत विद्यार्थी गुणस्तरहीन कलेजमा अध्ययनका लागि जाने क्रम रोक्न नसकिएको बताउनुहुन्छ । काउन्सिलले सन् २०१५ मा नै बंगलादेशका ३६ मेडिकल कलेजलाई कालो सूचीमा राख्दै ती कलेजमा अध्ययनका लागि नजान भनेको थियो ।

    विदेशको पढाइ खर्च धेरै गुणस्तर कम

    नेपाल सरकारले एबिबिएस अध्ययनका लागि साढे रु ३८ लाख शुल्क तोकेको छ । नेपालमा चिकित्सा शिक्षा छिमेकी देशभन्दा राम्रो रहेको पनि चिकित्सक बताउँछन् ।

    बंगलादेश र चीनका उत्कृष्ट भनिएका कलेजमा एमबिबिएस अध्ययन गर्न करीब रु ६० लाख खर्च लाग्छ, भने कालोसूचीमा परिरहने कम गुणस्तरीय कलेजमा अध्ययन गर्न रु ३० देखि ३५ लाखसम्म शुल्क लाग्ने गरेको छ ।

    विदेशमा अध्ययनका लागि शुल्क बाहेकको अन्य अदृश्य खर्च, बिदामा घर आउने जानेलगायतका खर्च पनि धेरै हुनेगर्छ । खर्चको तुलनामा अध्ययन सकेर आएका चिकित्सकको गुणस्तर भने कमजोर रहेको काउन्सिल नै स्वीर्काछ ।

    रासस

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    शुक्रबार, असार २९, २०७५ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    कांग्रेसका बरिष्ठ नेता श्रेष्ठको निधन
    सुन तोलामा ४३ सयले घट्याे
    साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. कांग्रेसका बरिष्ठ नेता श्रेष्ठको निधन

    • २. सुन तोलामा ४३ सयले घट्याे

    • ३. साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’

    • ४. असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने

    • ५. नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ६. आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना

    • ७. चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु

    धेरै पढिएको
    • १. गोरखाका मीनकुमार गुरुङविरुद्ध मुद्दा दायर

    • २. गाेरखामा गाँजा सहित ३ जना नियन्त्रणमा

    • ३. गोरखामा बेबारिसे महिलाकाे शव फेला

    • ४. ट्याक्टर चलाइरहेका बेला चक्कर लागेर ढलेका गोरखाका एक ट्याक्टर चालकको प्रहरीद्धारा उद्धार

    • ५. जन्मेका हामी नेपाली, भिजेर आफ्नै माटोमा

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.