×
मङ्गलबार, साउन १२, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन तोलामा ४३ सयले घट्याे
  • ३ घण्टा अघि

साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
  • ६ घण्टा अघि

असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
  • ७ घण्टा अघि

नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • ८ घण्टा अघि

आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना
  • ८ घण्टा अघि

चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु
  • ८ घण्टा अघि

मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी
  • ८ घण्टा अघि

धनगढीमा आत्मदाह प्रयास गरेकी युवतीको मृत्यु
  • १ दिन अघि

सुनसरीमा गएराती दुई पक्षबीचको झडप : अनिश्चितकालीन कर्फ्यु
  • १ दिन अघि

नारायणगढ–मुग्लिन सडक: पुलकै कारण सधैं सास्ती

  •  
  • शुक्रबार, असार २९, २०७५ मा प्रकाशित
    Advertisement
    • अ
    • अ
    • अ
    • भौगर्भिक बनावटले पुल निर्माणमा समस्या

    विमल खतिवडा-काठमाडौँ — नारायणगढ–मुग्लिन सडक खण्डअन्तर्गत खहरे पुलमा बुधबार साँझ समस्या आएपछि एकतर्फी यातायात सञ्चालन गरिएको छ । पुलको रेलिङ ब्लक खसेपछि मर्मत जारी छ । ‘गाडीले हानेर यस्तो समस्या भएको हो,’ नारायणगढ–मुग्लिन सडक आयोजनाका इन्जिनियर शिव खनालले भने, ‘पुल भासिएको होइन, रेलिङमा समस्या आएको छ । मर्मत गर्न २/३ दिन लाग्छ ।’

    मुग्लिनबाट कालीखोलासम्मका पुल बढी जोखिममा छन् । त्यसमा पनि खहरे, चिसेन्जी र तुइन खोलाको पुलमा दैनिकजसो समस्या आइरहेको छ । अधिकांश पुलको रेलिङ भाँच्चिएको छ । पुलबाट दुईतर्फी यातायात सञ्चालन गर्दा जाम हुने गरेको छ । साँघुरा पुलले गर्दा दुर्घटनाको जोखिम उच्च छ ।

    सडक विभागको पुल महाशाखाका प्रमुख अर्जुनजंग थापाका अनुसार यो खण्डमा १८ वटा पुल छन् । तीमध्ये ४ वटाको ठेक्का लागेर निर्माण सुरु भइसकेको छ, अन्य १४ वटा भने जस्ताको तस्तै छन् । ती पुलको अहिलेसम्म डिजाइन हुन सकेको छैन । त्यसमध्ये पनि ५ वटा पुल जोखिमयुक्त क्षेत्रमा रहेको थापा बताउँछन् । ‘१४ मध्ये ५ वटा पुलको जिओलोजिकल (भौगर्भिक) र जिओग्राफिकल अवस्था एकदमै जटिल छ,’ उनले भने, ‘त्यही भएर भत्काएर बनाउन सक्ने अवस्था छैन, सँगै बेलिब्रिज राखेर यातायात चलाउन ठाउँ पनि छैन ।’ मुग्लिनतर्फका पुलमा समस्या बढी छ ।

    ‘के गर्ने, कसरी गर्ने भन्ने दोधारमा छौं,’ थापाले भने, ‘चाइनिजले निर्माण गरिदिएका पुल हुन्, टेक्निकल्ली के गर्ने भन्ने टुंगो लागेको छैन ।’ उक्त खण्डमा पर्ने दासढुंगा (१५ मिटर), खानी (२० मिटर), मौली (१५ मिटर) र जलवीरे (८० मिटर) पुल निर्माण भइरहेको छ । घुमाउरो ठाउँबाट यातायात चलाउनुपर्ने बाध्यता थियो । अहिले सिधै पुल निर्माण भइरहेको छ । ‘साँघुरो र भीर छ, भीरलाई कोट्यायो भने पुलैमा पहिरो आएर तहसनहस हुन सक्छ,’ थापाले भने, ‘अप्ठ्यारो भए पनि त्यहाँ पुल बनाउनुपर्छ, साउनदेखि त्यसको काममा लाग्छौं, डेढ वर्षभित्र बनाइसक्छौं ।’ उनका अनुसार पुलभन्दा माथि बेलिब्रिज हालेर यातायात सञ्चालन गर्न सकिन्छ । ‘पुललाई २ मिटरजति अग्लो बनाएर बेलिब्रिज हाल्दा गाडी नरोकिकनै काम गर्न सकिन्छ ।’

    महाशाखाका अनुसार यो खण्ड भएर दैनिक साना–ठूला करिब १० हजार सवारीसाधन गुड्छन् । दैनिक उपभोग्य वस्तु यही सडक भएर राजधानी भित्रिने गर्छ । आयोजनाका इन्जिनियर खनालका अनुसार मुग्लिनबाट नारायणगढतर्फका खहरे, चिसेन्जी, तुइन र कालीखोला पुलमा समस्या छ । नाम्ची पुलमा ठूलो समस्या नरहेको उनले दाबी गरे । ‘यी पुल भएको ठाउँमा अग्ला पहाड छन्, पहाड कटिङ गर्नु जोखिमयुक्त छ,’ खनालले भने, ‘चट्टान साह्रो छ, भौगोलिक बनावट नै अन्यत्रको भन्दा फरक छ ।’ यो सडक खण्डमा दैनिक सवारी चाप बढदो छ । ‘पुलकै कारण बढी जाम हुन्छ,’ इलाका प्रहरी कार्यालय मुग्लिनका प्रहरी निरीक्षक धर्म केसीले भने, ‘त्यसमा पनि तुइन खोलाको पुलमा बढी समस्या छ, सामान्य सुरक्षा अपनाएर यातायात सुचारु गर्नुपर्ने बाध्यता छ ।’

    स्तरोन्नतिक्रममा रहेको सडकमा पुल र पहिरो यात्राका मुख्य बाधक बन्दै आएका छन् । सवारी साधन गुडिरहेको समयमा पहिरो खस्दा ज्यानसमेत जाने गरेको छ । बुधबार १७ किलोमा निर्माणकै क्रममा रहेको सडक भासिएपछि एकतर्फी यातायात सञ्चालन गरिएको छ । इन्जिनियर खनालका अनुसार निर्माणको काम ९६ प्रतिशत सकिएको छ ।

    kantipurdaily

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    शुक्रबार, असार २९, २०७५ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सुन तोलामा ४३ सयले घट्याे
    साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
    असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन तोलामा ४३ सयले घट्याे

    • २. साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’

    • ३. असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने

    • ४. नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ५. आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना

    • ६. चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु

    • ७. मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी

    धेरै पढिएको
    • १. गोरखाका मीनकुमार गुरुङविरुद्ध मुद्दा दायर

    • २. गाेरखामा गाँजा सहित ३ जना नियन्त्रणमा

    • ३. गोरखामा बेबारिसे महिलाकाे शव फेला

    • ४. ट्याक्टर चलाइरहेका बेला चक्कर लागेर ढलेका गोरखाका एक ट्याक्टर चालकको प्रहरीद्धारा उद्धार

    • ५. जन्मेका हामी नेपाली, भिजेर आफ्नै माटोमा

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.