×
मङ्गलबार, साउन १२, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

कांग्रेसका बरिष्ठ नेता श्रेष्ठको निधन
  • ३५ मिनेट अघि

सुन तोलामा ४३ सयले घट्याे
  • ५ घण्टा अघि

साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
  • ८ घण्टा अघि

असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
  • १० घण्टा अघि

नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १० घण्टा अघि

आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना
  • १० घण्टा अघि

चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु
  • १० घण्टा अघि

मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी
  • ११ घण्टा अघि

धनगढीमा आत्मदाह प्रयास गरेकी युवतीको मृत्यु
  • १ दिन अघि

जनकपुर–जयनगर रेल कात्तिकमा

  •  
  • शुक्रबार, असार २९, २०७५ मा प्रकाशित
    Advertisement
    • अ
    • अ
    • अ
    • प्रतिघण्टा सय किलोमिटरको गति

    जनकपुर — भारत सरकारको सहयोगमा निर्माण थालिएको जनकपुर रेल्वे विस्तार तथा स्तरोन्नति परियोजनाको काम अक्टुवर (कात्तिक) सम्म पूरा हुने दुवै देशका प्राविधिकले जनाएका छन् । दुई वर्ष ढिला भए पनि यस वर्ष (सन् २०१८) भित्र जनकपुरमा ब्रोडगेज रेल सञ्चालनमा आउने उनीहरूको दाबी छ ।

    प्रस्तावित जयनगर (भारत)–बर्दिवास ब्रोडगेज (६९ किलोमिटर) सञ्चालनमा आउन अझै दुई–तीन वर्ष लाग्ने भए पनि जयनगर–जनकपुर–कुर्था (३५ किलोमिटर) रेल यसै वर्षको कात्तिकसम्म सञ्चालनमा आउने भएको छ । भारतीय निर्माण कम्पनी इरकोन इन्टरनेसनलका सिभिल अतिरिक्त मैनेजर दीपक कुमारले रेल्वे परियोजनाअन्तर्गत निर्माण हुने ब्रोडगेजमाथि सय किलोमिटर प्रतिघण्टाको रफ्तारले रेल कुदाउने तयारी भइरहेको जानकारी दिए । रेलको गति तीव्र हुने भएकाले यात्रुको सुरक्षामा विशेष ध्यान दिइएको उनले बताए ।

    यसअघि जयनगर–जनकपुर–बिजुलपुरा (५२ किलोमिटर) मा सञ्चालित न्यारोगेज रेलमा २० देखि २५ किलोमिटर प्रतिघण्टाको गति थियो । ब्रोडगेज रेल सञ्चालनमा आएपछि जयनगरदेखि कुर्थासम्मको ३५ किलोमिटरको दूरी आधा घण्टामा पूरा हुनेछ । बर्दिवाससम्मको ६९ किलोमिटरको दूरी करिब एक घण्टामा पूरा हुने उनको दाबी छ ।

    जयनगर–कुर्थासम्मको ३५ किलोमिटरको निर्माण ९० प्रतिशतभन्दा बढी सम्पन्न भइसकेको दुवै देशका प्राविधिकले जनाएका छन् । नेपाल रेल्वेका इन्जिनियर विनोद ओझाका अनुसार ३५ किलोमिटरमध्ये ३२ किलोमिटरमा रेल ट्रयाक ओछ्याउने काम पूरा भइसकेको छ । स्टेशन भवन, आवास, पुलको निर्माण पनि अन्तिम चरणमा छ । भारतबाट ल्याइएको विशेष मेसिनबाट रेल्वे ट्रयाकलाई स्लिपरसँग जोड्ने, बोल्डर सम्याउने लगायतका काम भइरहेको भारतीय इञ्जिनियर दीपक कुमारले जानकारी दिए ।

    स्लिपरलाई जोड्दै मेसिन । तस्बिर : श्यामसुन्दर

    ट्रयाक परीक्षणका लागि आवश्यक पर्ने मेसिन, इन्जिन तथा बोगी ल्याउन जयनगरमा नेपाल र भारतको रेल जोड्ने लिक ट्रयाक निर्माण पनि लगभग पूरा भएको छ । यात्रुवाहक रेल सञ्चालन पूर्वसुरक्षा जाँच गर्न सुरुमा २० किलोमिटरको गतिमा रेल इन्जन कुदाइनेछ । इञ्जिनियर दीपकले भने, ‘सुरुमा थोरै गतिमा रेल इन्जन सञ्चालन हुन्छ । त्यसपछि मालवाहक रेल सञ्चालन हुन्छ । अनिमात्र यात्रुवाहक रेल सञ्चालनमा आउनेछ ।’

    भारत सरकारको करिब १० अर्बको लगानीमा तीन चरणमा निर्माण गर्नेे नेपाल रेल्वे कम्पनीका इन्जिनियर विनोद ओझाले जानकारी दिए । प्रथम चरणमा जयनगर–कुर्था, दोस्रो चरणमा कुर्था–भंगहा (१७ किलोमिटर) तथा तेस्रो चरणमा भंगहा–बर्दिवास (१७ किलोमिटर) गरी ६९ किलोमिटर लामो रेल विस्तार तथा स्तरोन्नति परियोजना सञ्चालनमा छ ।

    दोस्रो चरणको कुर्थादेखि भंगहासम्मको रुटमा समेत धमाधम काम भइरहेको उनले जानकारी दिए । इन्जिनियर ओझाका अनुसार दोस्रो चरणको काम पनि तीव्र गतिमा हुँदैछ । अधिकांश पुल र कल्भर्टको निर्माण सम्पन्न भइसकेको छ । बाँकी पुल–पुलेसाको निर्माण पनि हुँदैछ । माटो तथा बोल्डर पुर्ने काम ८० प्रतिशत पूरा भइसकेको उनले जानकारी दिए ।

    तस्रो चरणको भंगहादेखि बर्दिवासको रेल लिक निर्माण गर्न जग्गा अधिग्रहण गर्नुपर्ने भएकाले यो काम ढिला भएको इन्जिनियर ओझाले स्वीकार गरे । उनका अनुसार भंगहा–बर्दिवास रेल खण्ड निर्माणका लागी जग्गा अधिग्रहण काम अझै बाँकी छ । जयनगर–जनकपुर (२७ किलोमिटर) रेल्वेलिंक, पुल, स्टेसन, प्लेटफर्म, आवास भवनको निर्माण ठेक्का भारतीय कम्पनी इरकान इन्टरनेसनलको छ । जनकपुर–बिजुलपुरा (करिब २३ किलोमिटर) को ठेक्का नेपाली निर्माण कम्पनी रमण–कालिका इन्टरप्राइजेजको छ ।

    सम्झौताअनुसार जयनगर–जनकपुर–भंगहा–बर्दिवास रेलमार्ग निर्माण तथा विस्तार आयोजना २०१६ मई सम्ममा सम्पन्न भइसक्नुपर्ने थियो तर विभिन्न बहाना बनाएर दुवै ठेकेदार निर्माण कार्यलाई बेवास्ता गर्दै आएका छन् ।

    पूर्वी तथा मध्य धनुषासँगै सीमावर्ती भारतीयका लागि साढे ८ दशकदेखि यातायातको प्रमुख मार्गका रूपमा रहेको जनकपुर–जयनगर रेलसेवा झन्डै चार वर्षदेखि सञ्चालनमा नरहेका कारण मध्य दक्षिणी भेगका लाखौं धनुषावासी भारतको घुमाउरो बाटो भई जिल्ला सदरमुकाम आउनु परेको छ ।

    १९९४ सालमा तत्कालीन ब्रिटिसकालमा महोत्तरी जंगलबाट साखुको गोलिया काठ ओसार्न निर्माण गरेको जनकपुर रेल्वे महोत्तरीको विजुलपुराबाट भारतको जयनगर (५२ किलोमिटर) सम्म सञ्चालनमा थियो तर २०५९ सालमा आएको बाढीबाट विग्ही पुल क्षतिग्रस्त भएयता रेल सेवा जनकपुरदेखि जयनगर (२९ किलोमिटर) मा सीमित हुनपुगेको थियो । प्रस्तावित रेल विस्तार तथा स्तरोन्नति परियोजनाअन्तर्गत रेलसेवा पूर्वपश्चिम राजमार्गमा पर्ने बर्दीवाससम्म विस्तार गरिनेछ ।

    इन्जन र बोगी प्रमुख समस्या
    जयनगर–कुर्था बीचको रेल ट्रेक, स्टेसन भवन, पुल पुलेसालगायका भौतिक संरचना लगभग पूरा भए पनि रेल सञ्चालका लागि अतिआवश्यक रेल इञ्जिन र बोगीको बन्दोबस्त हुन सकेको छैन । नेपाल–भारतबीच सम्पन्न सम्झौतामा रेल इञ्जिन, बोगी तथा सञ्चालन व्यवस्थापनबारे भने केही उल्लेख छैन ।

    kantipurdaily

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    शुक्रबार, असार २९, २०७५ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    कांग्रेसका बरिष्ठ नेता श्रेष्ठको निधन
    सुन तोलामा ४३ सयले घट्याे
    साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. कांग्रेसका बरिष्ठ नेता श्रेष्ठको निधन

    • २. सुन तोलामा ४३ सयले घट्याे

    • ३. साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’

    • ४. असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने

    • ५. नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ६. आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना

    • ७. चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु

    धेरै पढिएको
    • १. गोरखाका मीनकुमार गुरुङविरुद्ध मुद्दा दायर

    • २. गाेरखामा गाँजा सहित ३ जना नियन्त्रणमा

    • ३. गोरखामा बेबारिसे महिलाकाे शव फेला

    • ४. ट्याक्टर चलाइरहेका बेला चक्कर लागेर ढलेका गोरखाका एक ट्याक्टर चालकको प्रहरीद्धारा उद्धार

    • ५. जन्मेका हामी नेपाली, भिजेर आफ्नै माटोमा

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.