×
मङ्गलबार, साउन १२, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन तोलामा ४३ सयले घट्याे
  • ३ घण्टा अघि

साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
  • ६ घण्टा अघि

असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
  • ७ घण्टा अघि

नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • ८ घण्टा अघि

आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना
  • ८ घण्टा अघि

चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु
  • ८ घण्टा अघि

मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी
  • ८ घण्टा अघि

धनगढीमा आत्मदाह प्रयास गरेकी युवतीको मृत्यु
  • १ दिन अघि

सुनसरीमा गएराती दुई पक्षबीचको झडप : अनिश्चितकालीन कर्फ्यु
  • १ दिन अघि

कृषि विविबाट आठ निजी क्याम्पसलाई सम्बन्धन

  •  
  • शुक्रबार, असार २९, २०७५ मा प्रकाशित
    Advertisement
    • अ
    • अ
    • अ

    चितवन, असार २९ गते । कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुरले पहिलो पटक आठ निजी क्याम्पसलाई सम्बन्धन दिएको छ । चार वर्षअघि दर्खास्त आह्वान गरिएकामा २४ निजी क्याम्पसले आवेदन दर्ता गराएका थिए । विश्वविद्यालयका उपकुलपति प्रा डा ईश्वरीप्रसाद ढकालले आवेदन दिएकामध्ये सबै मापदण्ड पूरा गरेका सात क्याम्पसलाई कृषि स्नातक (बिएस सिएजी) र एउटालाई वन स्नातक ९बिएससी फरेस्टी० पढाउनका लागि अनुमति दिइएको बताउनुभयो ।

    उहाँका अनुसार कृषि स्नातकमा सम्बन्धन पाउनेमा पूर्वाञ्चल कृषि क्याम्पस झापा, जीविका कृषि विज्ञान कलेज इटहरी, भ्याली कृषि क्याम्पस ललितपुर, हिमछाया कलेज गैँडाकोट, रामनगर टेक्निकल एण्ड म्यानेजमेन्ट कलेज भूमही, गोर्खा युनाइटेड पब्लिक स्कूल कोहलपुर र ब्राइट मध्यपश्चिम कृषि तथा वन विज्ञान क्याम्पस सुर्खेत छन् । त्यसैगरी वन स्नातकमा सिद्धान्त क्याम्पस गैँडाकोटले सम्बन्धन पाएको छ ।

    ढकालका अनुसार सबै कलेजले ५०/५० विद्यार्थी भर्ना गर्न पाउनेछन् । विश्वविद्यालयले हालसम्म चार आंगिक क्याम्पस सञ्चालनमा ल्याएको छ । आउँदो शैक्षिकसत्रसम्म थप चार आंगिक क्याम्पस सञ्चालनका लागि गृहकार्य भइरहेको ढकालले बताउनुभयो । विश्वविद्यालयले सिनेटमा निर्णय गरी १० आंगिक क्याम्पस खोल्न गत वर्ष विश्वविद्यालय अनुदान आयोगमा प्रस्ताव पेश गरेकामा आयोगले सात आंगिक क्याम्पस स्थापनाका लागि अनुमति दिएको थियो ।

    त्यसअघि नै विश्वविद्यालयको एउटा आंगिक क्याम्पस सञ्चालनमा आइसकेको थियो । उपकुलपति ढकालले निजी सम्बन्धन पाएजति नै आंगिक क्याम्पस आउँदो शैक्षिक सत्रदेखि सञ्चालन गर्ने तयारी भइरहेको बताउनुभयो । विश्वविद्यालयमा रहेका विद्यार्थी संगठनले भने निजी क्याम्पसलाई सम्बन्धन दिन नहुने जनाउँदै विरोध जनाएका छन् । उनीहरुले विश्वद्यिालयमा गरेको तालाबन्दी बिहीबार साँझ प्रहरीले फोरेको थियो । सरकारले प्राविधिक शिक्षा पढाउनका लागि विसं २०६७ मा सो विश्वविद्यालय स्थापना गरेको हो ।

    रासस

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    शुक्रबार, असार २९, २०७५ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सुन तोलामा ४३ सयले घट्याे
    साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
    असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन तोलामा ४३ सयले घट्याे

    • २. साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’

    • ३. असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने

    • ४. नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ५. आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना

    • ६. चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु

    • ७. मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी

    धेरै पढिएको
    • १. गोरखाका मीनकुमार गुरुङविरुद्ध मुद्दा दायर

    • २. गाेरखामा गाँजा सहित ३ जना नियन्त्रणमा

    • ३. गोरखामा बेबारिसे महिलाकाे शव फेला

    • ४. ट्याक्टर चलाइरहेका बेला चक्कर लागेर ढलेका गोरखाका एक ट्याक्टर चालकको प्रहरीद्धारा उद्धार

    • ५. जन्मेका हामी नेपाली, भिजेर आफ्नै माटोमा

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.