×
मङ्गलबार, साउन १२, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन तोलामा ४३ सयले घट्याे
  • ४ घण्टा अघि

साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
  • ७ घण्टा अघि

असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
  • ९ घण्टा अघि

नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • ९ घण्टा अघि

आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना
  • ९ घण्टा अघि

चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु
  • १० घण्टा अघि

मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी
  • १० घण्टा अघि

धनगढीमा आत्मदाह प्रयास गरेकी युवतीको मृत्यु
  • १ दिन अघि

सुनसरीमा गएराती दुई पक्षबीचको झडप : अनिश्चितकालीन कर्फ्यु
  • १ दिन अघि

सिमकोटमा गाडी भित्र्याउने होड

  •  
  • शुक्रबार, असार २९, २०७५ मा प्रकाशित
    Advertisement
    • अ
    • अ
    • अ

    जयबहादुर रोकाया

    हुम्ला — राष्ट्रिय सडक सञ्जालमा नजोडिए पनि हुम्लामा पछिल्लो समय गाडी किन्ने लहर चलेको छ । सदरमुकाम सिमकोटसम्म उत्तर–दक्षिण २६ किलोमिटर ट्रयाक खुलेपछि व्यवसायीबीच चारपांग्रे सवारी भित्र्याउने प्रतिस्पर्धा चलेको हो ।

    यात्रु ओसारपसारका लागि जिप र सामान ढुवानीका लागि ट्याक्टर खरिद गर्न थालिएको छ । राम्रो आम्दानी हुने भएपछि व्यवसायीले महँगो भाडा तिरेर हेलिकप्टरबाट ढुवानी गरेका हुन् । व्यवसायी लोकजंग शाहीका अनुसार हेलिकप्टरमार्फत सुर्खेतबाट सिमकोटसम्म गाडी ढुवानी गर्दा करिब १० लाख रुपैयाँ खर्च हुने गरेको छ ।

    सिमकोटमा अहिले आधा दर्जन जिप र टिपर सञ्चालनमा छन् । सामान ढुवानीका लागि एक दर्जन ट्याक्टर पनि प्रयोगमा आएका छन् । सडक निर्माणका लागि सिमकोट र आसपासका क्षेत्रमा एक दर्जन एस्काभेटर भित्रिएका छन् ।

    कर्णाली करिडोरअन्तर्गत सिमकोटदेखि दक्षिण खार्पुनाथसम्म ११ किलोमिटर र उत्तर हेक्पा खोलासम्म १५ किलोमिटर ट्रयाक खुलेको छ । ट्रयाक खुलेको सडकमा स्थानीयले गाडी सञ्चालन गर्दै आएका छन् । साना गाडीले यात्रु ओसारपसार गर्ने र ट्याक्टरले निर्माण सामग्री ढुवानी गर्छन् ।

    व्यवसायी शाहीका अनुसार इन्धन महँगो भए पनि गाडी सञ्चालनको प्रतिस्पर्धा चलेको छ । मुगु सदरमुकाम गमगढीबाट खच्चडमा इन्धन ढुवानी गरिरहेको उनले बताए । गाडीको ढुवानी भाडा र इन्धन महँगो भएकाले व्यवसायीले ११ किलोमिटर सडकमा मनपरी भाडा लिने गरेका छन् । व्यवसायीले तीन सयदेखि पॉच सयसम्म भाडा असुल्ने गरेको स्थानीयको भनाइ छ ।

    गाडी सञ्चालनमा आएपछि मानसरोवर–कैलाश तीर्थयात्रा गर्न आएका भारतीय तीर्थयात्रीसमेत लाभान्वित भएका छन् । कतिपय भारतीय तीर्थयात्री खार्पुनाथस्थित शिवजी मन्दिरमा दर्शनका लागि जाने गरेका छन् । स्थानीय र बाहिरबाट आएकाहरूले गाडी रिजर्भ गरेर खार्पुनाथसम्म आउजाउ गर्ने गरेका छन् । यो वर्ष एक सय ५० बढी भारतीयले खार्पुनाथ मन्दिर दर्शन गरेको व्यवसायी शाहीले बताए ।

    विमानस्थलदेखि होटलसम्म भारतीय पर्यटकलाई ओसार्नका लागि स्थानीय होटलले गाडी खरिद गर्न थालेका छन् । जिल्लामा दर्जनौं गाडी सञ्चालनमा आए पनि यातायात कार्यालय नहुँदा ती गाडी दर्ता भएका छैनन् ।

    kantipurdaily

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    शुक्रबार, असार २९, २०७५ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सुन तोलामा ४३ सयले घट्याे
    साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
    असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन तोलामा ४३ सयले घट्याे

    • २. साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’

    • ३. असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने

    • ४. नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ५. आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना

    • ६. चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु

    • ७. मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी

    धेरै पढिएको
    • १. गोरखाका मीनकुमार गुरुङविरुद्ध मुद्दा दायर

    • २. गाेरखामा गाँजा सहित ३ जना नियन्त्रणमा

    • ३. गोरखामा बेबारिसे महिलाकाे शव फेला

    • ४. ट्याक्टर चलाइरहेका बेला चक्कर लागेर ढलेका गोरखाका एक ट्याक्टर चालकको प्रहरीद्धारा उद्धार

    • ५. जन्मेका हामी नेपाली, भिजेर आफ्नै माटोमा

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.