×
मङ्गलबार, साउन १२, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन तोलामा ४३ सयले घट्याे
  • २ घण्टा अघि

साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
  • ५ घण्टा अघि

असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
  • ७ घण्टा अघि

नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • ७ घण्टा अघि

आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना
  • ७ घण्टा अघि

चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु
  • ८ घण्टा अघि

मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी
  • ८ घण्टा अघि

धनगढीमा आत्मदाह प्रयास गरेकी युवतीको मृत्यु
  • १ दिन अघि

सुनसरीमा गएराती दुई पक्षबीचको झडप : अनिश्चितकालीन कर्फ्यु
  • १ दिन अघि

डा केसीको अनशनबारे राष्ट्रियसभामा जरुरी सार्वजनिक महत्वको प्रस्ताव

  •  
  • मङ्गलबार, असार २६, २०७५ मा प्रकाशित
    Advertisement
    • अ
    • अ
    • अ

    काठमाडौँ, असार २६ गते । प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसले राष्ट्रियसभाको आजको बैठकमा राष्ट्रिय चिकित्सा शिक्षा विधेयक, २०७५ तत्काल सदनसमक्ष प्रस्तुत गरियोस् भन्ने जरुरी सार्वजनिक महत्वको प्रस्ताव प्रस्तुत गरेको छ ।

    जनताको प्रत्यक्ष सरोकार भएको स्वास्थ्य शिक्षा र सेवालाई सर्वसुलभ र गुणस्तरीय बनाउन जारी भएको अध्यादेशअनुरुप सो विधेयक प्रस्तुत गर्न र अनशनरत डा गोविन्द केसीको स्वास्थ्य उपचारको उचित व्यवस्था गरी जीवन रक्षा गर्न माग गर्दै सांसद राधेश्याम अधिकारीले जरुरी सार्वजनिक महत्वको प्रस्ताव प्रस्तुत गर्नुभयो । प्रस्तावको समर्थक द्वयमा सांसद अनिता देवकोटा र रमेशजङ्ग रायमाझी हुनुहुन्थ्यो ।

    प्रस्ताव प्रस्तुत गर्दै सांसद अधिकारीले पछिल्लो समय चिकित्सा शिक्षा क्षेत्रमा ठूलो प्रगति भएपनि नियमनकारी निकाय र अनुगमनको पाटो ज्यादै कमजोर रहेको हुँदा डा गोविन्द केसीको मागबमोजिम माथेमा आयोगले दिएको प्रतिवेदन कार्यान्वयन गर्नुपर्ने आवश्यकतामा जोड दिनुभयो ।

    उहाँले भन्नुभयो, “माथेमा प्रतिवेदन केवल डा केसीको मात्र माग हो कि सरकारले बनाएको कार्यदलले दिएको प्रतिवेदन कार्यान्वयनको विषय हो । मेडिकल कलेज काठमाडाँैमा मात्रै केन्द्रित गर्ने कि संघीयताको मर्म र भावनालाई समेट्ने ? अहिले सम्बन्धन दिएका कलेज नै ओभर लोडेड भएका छन् । डाक्टर पढाउने कलेजमा पर्याप्त विशेषज्ञ र बिमारी हुनुपर्छ भनी उठाएका कुरा नाजायज छैनन् ।”

    सरकार उपत्यका बाहिर मेडिकल चलाउन चाहन्छ कि चाहँदैन भनी प्रश्न गर्दै सांसद अधिकारीले चिकित्सा शिक्षाको पढाइलाई अघि बढाउन अरु विश्वविद्यालयलाई तयार गर्नेतर्फ सोच अघि बढाउन सुझाव दिनुभयो ।

    उहाँले भन्नुभयो “कार्यदलको प्रतिवेदन किन कार्यान्वयनमा लैजान सकिन्न । त्यसको कारण र औचित्य पुष्टि हुनुपर्छ । यो माग गोविन्द केसीको हो कि कार्यदलको ?”

    कार्यदलको प्रतिवेदन कार्यान्वयन हुनुपर्छ भन्नेमा पक्ष जनताको ठूलो हिस्सा रहेको उल्लेख गर्दै उहाँले भन्नुभयो – यो गोविन्द केसीको मात्र माग होइन । माथेमा आयोगको प्रतिवेदन कार्यान्वयनमा लैजाऔँ । मुलुकमा थिति बसाल्ने प्रयासको थालनी गरौँ ।

    सांसद अनिता देवकोटाले जुम्लामा अनशनमा बसेका डा केसीको स्थास्थ्य स्थिति बिग्रिँदो अवस्थामा रहेको जानकारी गराउँदै मेडिकल कलेज डाक्टरी प्रमाणपत्र दिलाउनेका रुपमा मात्र होइन दक्ष जनशक्ति उत्पादन गर्ने थलोका रुपमा विकास गर्न पनि कार्यदलको प्रतिवेदन कार्यान्वयन हुनुपर्छ भन्नुभयो ।

    रासस

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    मङ्गलबार, असार २६, २०७५ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सुन तोलामा ४३ सयले घट्याे
    साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
    असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन तोलामा ४३ सयले घट्याे

    • २. साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’

    • ३. असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने

    • ४. नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ५. आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना

    • ६. चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु

    • ७. मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी

    धेरै पढिएको
    • १. गोरखाका मीनकुमार गुरुङविरुद्ध मुद्दा दायर

    • २. गाेरखामा गाँजा सहित ३ जना नियन्त्रणमा

    • ३. गोरखामा बेबारिसे महिलाकाे शव फेला

    • ४. ट्याक्टर चलाइरहेका बेला चक्कर लागेर ढलेका गोरखाका एक ट्याक्टर चालकको प्रहरीद्धारा उद्धार

    • ५. जन्मेका हामी नेपाली, भिजेर आफ्नै माटोमा

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.