×
मङ्गलबार, साउन १२, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

कांग्रेसका बरिष्ठ नेता श्रेष्ठको निधन
  • २ घण्टा अघि

सुन तोलामा ४३ सयले घट्याे
  • ६ घण्टा अघि

साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
  • ९ घण्टा अघि

असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
  • ११ घण्टा अघि

नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • ११ घण्टा अघि

आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना
  • ११ घण्टा अघि

चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु
  • ११ घण्टा अघि

मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी
  • १२ घण्टा अघि

धनगढीमा आत्मदाह प्रयास गरेकी युवतीको मृत्यु
  • १ दिन अघि

बन्यो संसदीय सुनुवाइ विशेष समिति

  •  
  • मङ्गलबार, असार २६, २०७५ मा प्रकाशित
    Advertisement
    • अ
    • अ
    • अ

    नारायण काफ्ले

    काठमाडौँ, असार २६ गते । सङ्घीय संसद्का दुबै सदनका सदस्यको प्रतिनिधित्व रहने संसदीय सुनुवाइ विशेष समिति गठन भएको छ । संविधानको प्रावधान अनुसार संवैधानिक निकायका पदाधिकारीको नियुक्तिपूर्वको सुनुवाइका लागि समिति गठनको प्रावधान छ । संविधानको प्रावधान अनुसार सोमबारको प्रतिनिधिसभा बैठकले समितिमा रहने १२ सदस्यको मनोनयन गरेको हो । राष्ट्रियसभाबाट प्रतिनिधित्व हुने तीन सदस्य भने गत शुक्रबार नै मनोनित भइसकेका छन् । संयुक्त नियमावली पारित भएको करिब तीन सातापछि समिति गठन भएको हो ।
    संविधान अनुसार गठन हुने समितिले संवैधानिक निकायका पदाधिकारी, सर्वोच्चका प्रधानन्यायाधीश तथा न्यायाधीश, न्याय परिषद्का सदस्य र राजदूतको नियुक्ति हुनुपूर्व संसदीय सुनुवाइ गर्नेछ । समिति गठन नहुँदा सर्वोच्चका प्रस्तावित प्रधानन्यायाधीश दीपकराज जोशीको सुनुवाइ प्रक्रिया रोकिएको थियो ।
    सोमबार गठित समितिमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) बाट दुई सदनका नौ सदस्य रहनुभएको छ । जसमा प्रतिनिधिसभाबाट सुरेन्द्र पाण्डे, योगेश भट्टराई, अमृता थापामगर, नीरुदेवी पाल, पार्वत गुरुङ, पूर्णकुमारी सुवेदी र शिवकुमार मण्डल हुनुहुन्छ । यस्तै राष्ट्रियसभाबाट सुमनराज प्याकुरेल र नन्दा चपाईँले प्रतिनिधित्व गर्नुभएको छ ।
    यस्तै, नेपाली काँग्रेसबाट समितिमा चार सदस्यको प्रतिनिधित्व रहेको छ । जसमा प्रतिनिधिसभाबाट भीमसेनदास प्रधान, पुष्पा भुसाल र ज्ञानेन्द्रबहादुर कार्की रहनुभएको छ । काँग्रेसका तर्फबाट राष्ट्रियसभाबाट जितेन्द्रनारायण देवले प्रतिनिधित्व गर्नुभएको छ ।
    राष्ट्रियसभाबाट अन्य दलको सुनुवाइ समितिमा प्रतिनिधित्व छैन । प्रतिनिधिसभाबाट भने राष्ट्रिय दलको मान्यता पाएका सबै दलको प्रतिनिधित्व रहेको छ । समितिमा सङ्घीय समाजवादी फोरम नेपालका तर्फबाट राजेन्द्रकुमार श्रेष्ठ र राष्ट्रिय जनता पार्टी नेपालका तर्फबाट लक्ष्मणलाल कर्णले प्रतिनिधित्व गर्नुभएको छ ।

    बहुमतबाट अनुमोदन, दुई तिहाइबाट अस्वीकृत
    नियमावली अनुसार सुनुवाइ समितिले पदाधिकारीको सुनुवाइ ४५ दिनभित्र सम्पन्न गर्नुपर्नेछ । सम्बन्धित निकायले सुनुवाइका लागि पत्राचार गरेपछि समितिले पत्र प्राप्त भएको ४५ दिनभित्र पदाधिकारीको नाम स्वीकृत वा अस्वीकृत भएको जानकारी सम्बन्धित निकायलाई दिनु पर्नेछ ।
    ४५ दिनभित्र निर्णय दिन नसकेमा नियुक्तिका लागि बाधा नपर्ने व्यवस्था नियमावलीमा छ । समितिले पदाधिकारीलाई समितिको दुई तिहाइले अस्वीकृत गर्न सक्नेछ । सत्तारुढ दलको सुनुवाइ समितिमा बुहमत पुग्ने अवस्था छ । समितिमा नेकपाबाट नौ जनाको प्रतिनिधित्व र अर्को सत्तारुढ घटक सङ्घीय समाजवादी फोरमबाट एक सदस्यको प्रतिनिधित्व छ ।
    समिति गठनसँगै अब सर्वोच्चका लागि प्रस्तावित प्रधानन्यायाधीश दीपकराज जोशीको सुनुवाइ प्रक्रिया अघि बढ्नेछ । संवैधानिक परिषदले जोशीलाई जेठ २९ गते प्रधानन्यायाधीशमा सिफारिस गरेको थियो । सिफारिस गरे पनि सुनुवाइका लागि पत्राचार भने भएको छैन ।

    gorkhapatraonline

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    मङ्गलबार, असार २६, २०७५ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    कांग्रेसका बरिष्ठ नेता श्रेष्ठको निधन
    सुन तोलामा ४३ सयले घट्याे
    साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. कांग्रेसका बरिष्ठ नेता श्रेष्ठको निधन

    • २. सुन तोलामा ४३ सयले घट्याे

    • ३. साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’

    • ४. असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने

    • ५. नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ६. आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना

    • ७. चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु

    धेरै पढिएको
    • १. गोरखाका मीनकुमार गुरुङविरुद्ध मुद्दा दायर

    • २. गाेरखामा गाँजा सहित ३ जना नियन्त्रणमा

    • ३. गोरखामा बेबारिसे महिलाकाे शव फेला

    • ४. ट्याक्टर चलाइरहेका बेला चक्कर लागेर ढलेका गोरखाका एक ट्याक्टर चालकको प्रहरीद्धारा उद्धार

    • ५. जन्मेका हामी नेपाली, भिजेर आफ्नै माटोमा

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.