×
शुक्रबार, भदौ २६, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन ताेलामा ४८ सयले घट्याे
  • १५ घण्टा अघि

आज कुशे औँसी
  • १८ घण्टा अघि

नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १९ घण्टा अघि

चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन
  • १९ घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना
  • १९ घण्टा अघि

किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग
  • २ दिन अघि

सुन र चाँदीकाे भाउ बढ्याे
  • २ दिन अघि

एनएफपिजे नेपालद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ७७ हजार ७७७ रुपैयाँ सहयोग
  • २ दिन अघि

प्रधानमन्त्री दैवी प्रकाेप उद्धार काेषमा गाेरखाकाे बद्री-चित्र मास्के प्रतिष्ठानद्वारा ३ लाख बढी सहयाेग
  • २ दिन अघि

विद्युतीकरण पछि यस्तो देखिनेछ जानकी मन्दिर (फोटोफिचर)

  •  
  • सोमबार, असार २५, २०७५ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    अजित तिवारी, सन्तोष सिंह

    असार २५, २०७५ जनकपुर — हिन्दूको आस्थाको केन्द्र जनकपुरको जानकी मन्दिरलाई विद्युतीकरणमार्फत सौन्दर्यकरण गरिने भएको छ । गैरआवासीय नेपाली संघ(एनआरएन)को करिव ५ करोड रुपैयाँको लगानीमा जानकी मन्दिरलाई झकिझकाउ बनाउन लागिएको हो ।

    सोमबार आयोजित कार्यक्रममा जानकी मन्दिर छुठ गुठी र एनआरएनबीच मन्दिरको सौन्दर्यकरण गर्ने सम्झौता पत्रमा हस्ताक्षर भएको छ । जानकी मन्दिरका उत्तराधिकारी रामरोशन दास र एनआरएनका अध्यक्ष भवन भट्टले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् । मंसिरमा हुने विवाहपञ्चमीको दिन जानकी मन्दिरमा गरिने विद्युतीय सौन्दर्यकरणको उदघाटन गरिने सम्झौतापत्रमा उल्लेख छ ।

    जनकपुरको जानकी मन्दिर मुलुककै ऐतिहासिक, सांस्कृतिक र धार्मिक धरोहर रहेकाले पर्यटकलाई अझ आकर्षित गर्न विद्युतीकरणबाट सुन्दर बनाउने प्रयास गरिएको एनआरएनका अध्यक्ष भट्टले बताए । जानकी मन्दिर परिसरमा प्रकाश प्रज्जवलित गर्न एनआरएनले विस्तृत योजना तयार पारेको छ । जानकी मन्दिरमा गरिने विद्युतीयकरण सोलर र विद्युत दुवैबाट सञ्चालित हुने छ ।

    एनआरएनका संस्थापक अध्यक्ष डा. उपेन्द्र महतोले विद्युतको सौन्दर्यकरणले जानकी मन्दिरको गरिमा र सौन्दर्यलाई अझ बढाउने बताए । उनले मुलुकको अन्य सहरले नक्कल गर्ने खालको विकास जनकपुरमा हुनुपर्ने बताए । प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले जानकी मन्दिर देशकै धरोहर रहेकाले यसको सौन्दर्यकरणपछि झन् आकर्षक देखिने र विश्वभरका पर्यटक यहाँ लोभिने बताए । जानकी मन्दिरका उत्तराधिकारी रामरोशन दासले जानकी मन्दिरको सौन्दर्यकरणपछि त्यसको रेखदेखका लागि सरकारले छुट्टै निकाय गठन गर्नुपर्ने माग गरे ।

    जनकपुर उपमहानगरपालिकाका मेयर लालकिशोर साहले जनकपुर सहरको सौन्दर्यकरणमा जानकी मन्दिरमा लगाइने विद्युतीय उपकरणले थप मदत पुग्ने बताए । एनआरएनका सल्लाहकार रामेश्वर साहले पहिलो चरणमा जानकी मन्दिरको विद्युतीय सौन्दर्यकरण र अर्को चरणमा विवाह मण्डप तथा वाटर फाउन्टेन पार्क निर्माणका लागि पनि एनआरएन सहयोग गर्ने वचन दिए ।

    kantipurdaily

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    सोमबार, असार २५, २०७५ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सुन ताेलामा ४८ सयले घट्याे
    आज कुशे औँसी
    नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन ताेलामा ४८ सयले घट्याे

    • २. आज कुशे औँसी

    • ३. नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ४. चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन

    • ५. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना

    • ६. किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग

    • ७. सुन र चाँदीकाे भाउ बढ्याे

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. सहसचिव र उपसचिव सहित २३ जनाको सरुवा (सूचीसहित)

    • ४. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.