×
मङ्गलबार, साउन १२, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

कांग्रेसका बरिष्ठ नेता श्रेष्ठको निधन
  • २ घण्टा अघि

सुन तोलामा ४३ सयले घट्याे
  • ६ घण्टा अघि

साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
  • ९ घण्टा अघि

असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
  • १० घण्टा अघि

नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • ११ घण्टा अघि

आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना
  • ११ घण्टा अघि

चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु
  • ११ घण्टा अघि

मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी
  • १२ घण्टा अघि

धनगढीमा आत्मदाह प्रयास गरेकी युवतीको मृत्यु
  • १ दिन अघि

गाडी किन्ने रकमले एम्बुलेन्स

  •  
  • सोमबार, असार २५, २०७५ मा प्रकाशित
    Advertisement
    • अ
    • अ
    • अ
    • गाउँपालिका प्रमुख मोटरसाइकलमा

    मनोज पौडेल

    कपिलवस्तु — सामान्य पहिरन । कुनै तडकभडक छैन । पदमा पुगे पनि सर्वसाधारणजस्तै देखिन्छन् । सानाठूलालाई सरोवरी व्यवहार गर्छन् शुद्धोदन गाउँपालिका अध्यक्ष निसार अहमद खाँ । जिल्लामा गाडी नचढ्ने उनी एक्ला स्थानीय तह प्रमुख हुन् ।

    मोटरसाइकल चढेर गाउँपालिकाको काम सम्हाल्दै आएका छन् । यहाँका १० स्थानीय तहमध्ये उनी मात्र मोटरसाइकल चढ्छन् । ६ नगर र ३ गाउँपालिका प्रमुख/अध्यक्ष वातानुकूलित गाडी चढ्छन् । कतिपय उपमेयर/उपाध्यक्षले गाडी सुविधा लिएका छन् ।

    स्थानीय तहका प्रशासकीय अधिकृतलाई गाडी सुविधा छ । धेरै तहले गाडी भाडामा लाखौं खर्च गरिरहेका छन् । ‘गाडी आवश्यक ठान्दिनँ,’ अध्यक्ष खाँले भने, ‘त्यो सोख हो । जनताको करले सोख पूरा गर्नु उचित लागेन ।’ उपचार नपाएर गाउँलेले अकालमा ज्यान गुमाउन परिरहेकाले गाडी सुविधा लिनुभन्दा एम्बुलेन्स खरिदलाई प्राथमिकता दिएको उनले बताए । ‘गाउँपालिका सभामा सबैले गाडीका लागि बजेट छुटयाउन दबाब दिएका थिए तर मैले मानिनँ,’ उनले भने, ‘त्यसपछि १५ लाख बजेटमा छुटाइयो ।’ त्यसमध्ये ११ लाख रुपैयाँमा एम्बुलेन्स खरिद गरियो । बाँकी रकमले एम्बुलेन्स राख्न ग्यारेज बनाइयो । १ महिनायता एम्बुलेन्स सञ्चालनपछि गाउँले पनि खुसी छन् । भाडा अन्यको भन्दा आधा सस्तो छ ।

    बिहान साढे ९ बजे खाना खाइवरी लु१३प ६५३६ नम्बरको मोटरसाइकल चलाएर गाउँपालिका पुग्छन् । शुद्धोदन ६, महादेवाबाट आधा घण्टामा कार्यालय पुग्छन् । कामको चाप हेरेर २ देखि ३ घण्टा कार्यालय बस्छन् । त्यसपछि विकास निर्माण योजना अनुगमनमा जान्छन् । प्रशासकीय अधिकृत प्रेम खनाल उनको मोटरसाइकलको पछाडि बस्छन् । सम्बन्धित वडाध्यक्ष र सदस्यलाई सँगै लिएर उनी अनुगमन गर्छन । उनी सामान्य लेखपढ गर्न सक्छन् । ०४८ को स्थानीय निर्वाचनमा साबिक बाँसखोर गाविसको उपाध्यक्ष र ०५४ मा अध्यक्षमा निर्वाचित भएका थिए ।

    मोटरसाइकलभन्दा माथिका सवारीसाधन चढ्ने आफनो हैसियत नभएको उनले बताए । गाउँसभाले मासिक ६० लिटर पेट्रोल सुविधा दिएको छ । तर, निर्वाचित भएदेखि १ लिटर पनि लिएका छैनन् । ‘नाजायज सुविधा लिनुभएन,’ उनले भने, ‘घरको खेतबारीले खान पुगेकै छ ।’ आफूले सुविधा लिए अन्य पदाधिकारीको पनि ध्यान त्यतै जाने उनी बताउँछन् ।

    ‘एक्लैले सुधार गर्छु भनेर हुँदैन,’ उनले भने, ‘सबैले सहयोग गरे त्यो असम्भव पनि छैन ।’ विकास समान अधिकार भएको देखाउन उनले प्रत्येक वडालाई २ करोड २५ लाख रुपैयाँका योजना बनाउने अधिकार सुम्पिएका छन् । उपाध्यक्ष सुधादेवी पाण्डेलाई पनि ८३ लाख रुपैयाँका योजनाका लागि बजेट छुट्याएको उनले बताए । ‘सबैको अपनत्व भयो भने विकासको अनुभूति हुन्छ,’ उनले भने, ‘त्यही भएर काखापाखा नगरी बजेट विनियोजन गरेको छु ।’ चालु आर्थिक वर्षमा गाउँपालिकाले १८ करोड रुपैयाँमा २ सय ७५ योजना सञ्चालन गरेको थियो । ९० प्रतिशत योजना पूरा भइसकेका छन् ।

    ‘विकासप्रतिको लगाव अध्यक्षमा अत्यधिक छ,’ प्रशासकीय अधिकृत खनालले भने, ‘व्यक्तिगत र दलगत स्वार्थ नहँुदा काम गर्न सजिलो भएको छ ।’ पछिल्लोपटक राष्ट्रिय जनता पार्टीमा रहेका उनी आफ्नो दलले स्थानीय निर्वाचन बहिष्कार गरेपछि स्वतन्त्र उम्मेदवार बनेका थिए । ‘म स्वतन्त्र छु,’ उनले भने, ‘कुनै पार्टीमा नगई काम गरेर जनताको मन जित्छु ।’ फरक दलको भए पनि अध्यक्षको सहयोगी भावनाले सिंगो गाउँपालिकामा विकासले तीव्रता पाएको उपाध्यक्ष सुधादेवी पाण्डेले बताइन् ।
    पाण्डे कांग्रेसबाट उपाध्यक्षमा निर्वाचित भएकी हुन् ।

    kantipurdaily

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    सोमबार, असार २५, २०७५ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    कांग्रेसका बरिष्ठ नेता श्रेष्ठको निधन
    सुन तोलामा ४३ सयले घट्याे
    साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. कांग्रेसका बरिष्ठ नेता श्रेष्ठको निधन

    • २. सुन तोलामा ४३ सयले घट्याे

    • ३. साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’

    • ४. असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने

    • ५. नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ६. आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना

    • ७. चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु

    धेरै पढिएको
    • १. गोरखाका मीनकुमार गुरुङविरुद्ध मुद्दा दायर

    • २. गाेरखामा गाँजा सहित ३ जना नियन्त्रणमा

    • ३. गोरखामा बेबारिसे महिलाकाे शव फेला

    • ४. ट्याक्टर चलाइरहेका बेला चक्कर लागेर ढलेका गोरखाका एक ट्याक्टर चालकको प्रहरीद्धारा उद्धार

    • ५. जन्मेका हामी नेपाली, भिजेर आफ्नै माटोमा

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.