×
मङ्गलबार, साउन १२, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन तोलामा ४३ सयले घट्याे
  • ३ घण्टा अघि

साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
  • ६ घण्टा अघि

असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
  • ७ घण्टा अघि

नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • ८ घण्टा अघि

आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना
  • ८ घण्टा अघि

चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु
  • ८ घण्टा अघि

मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी
  • ८ घण्टा अघि

धनगढीमा आत्मदाह प्रयास गरेकी युवतीको मृत्यु
  • १ दिन अघि

सुनसरीमा गएराती दुई पक्षबीचको झडप : अनिश्चितकालीन कर्फ्यु
  • १ दिन अघि

बाहिरी चक्रपथ बनाउन चिनियाँ कम्पनीको प्रस्ताव

  •  
  • सोमबार, असार २५, २०७५ मा प्रकाशित
    Advertisement
    • अ
    • अ
    • अ

    भउचप्रसाद यादव

    काठमाडौँ, असार २५ गते । बहुप्रतिक्षित बाहिरी चक्रपथ निर्माणका लागि चिनियाँ निर्माण कम्पनीले प्रस्ताव गरेको छ । चिनियाँ निर्माण कम्पनी साउथ चाइना ओभरसिज डेभलपमेन्ट कम्पनीले बाहिरी चक्रपथ निर्माण गर्न प्रस्ताव गरेको उपत्यका विकास प्राधिकरणका प्रमुख भाइकाजी तिवारीले जानकारी दिनुभयो ।
    काठमाडौं उपत्यकाको शहरीकरण र ट्राफिक जामलाई व्यवस्थित गर्न बाहिरी चक्रपथको अवधारणा ल्याइएको हो । यसअघि नै चीन सरकारले बाहिरी चक्रपथको सडक निर्माणका लागि सहयोग गर्ने प्रतिवद्धता जनाइसकेको छ ।
    चिनियाँ निर्माण कम्पनीको एक प्रतिनिधिमण्डलले शहरी विकासमन्त्री महम्मद इस्तियाक राइन र उपत्यका विकास प्राधिकरणका पदाधिकारीसँग भेट गरी बाहिरी चक्रपथ निर्माण गर्ने प्रस्ताव गरेको जानकारी प्रमुख तिवारीले दिनुभयो । मन्त्री राइनले अनुभवी र दक्ष निर्माण कम्पनी मार्फत बाहिरी चक्रपथ निर्माण हुनुपर्ने धारणा व्यक्त गर्नुभएको थियो ।
    प्राधिकरण प्रमुख तिवारीका अनुसार, प्रतिनिधिमण्डलसँगको भेटमा नेपालले चक्रपथ निर्माणका लागि स्पष्ट र विस्तृत् प्रस्ताव प्रस्तुत गर्न चिनियाँ निर्माण कम्पनीलाई आग्रह गरेको थियो । त्यस क्रममा मन्त्री राइनले प्रस्तावित बाहिरी चक्रपथको ‘पाइलट प्रोजेक्ट’ का रुपमा चोभार–सतुङ्गल खण्डको काम अगाडि बढाउन अन्तिम तयारी भइरहेको जानकारी दिनुभएको थियो । चोभार–सतुङ्गल खण्डको लम्बाई ६.६ किलोमिटर छ ।
    चिनियाँ कम्पनीले बाहिरी चक्रपथको पूरै खण्ड निर्माण गर्न प्रस्ताव गरेको र त्यो सकारात्मक रहेको जानकारी प्राधिकरण प्रमुख तिवारीले दिनुभयो । प्रस्तावित बाहिरी चक्रपथको कुल लम्बाई ७२ किलोमिटर छ ।
    बाहिरी चक्रपथ निर्माण सम्बन्धी छलफल गर्न पाँच सदस्यीय चिनियाँ प्रतिनिधिमण्डल शुक्रबार नेपाल आएको छ । प्रतिनिधिमण्डलले शनिबार चोभार–सतुङ्गल खण्डको स्थलगत निरीक्षण समेत गरेको थियो । आयोजनका अनुसार, प्रस्तावित बाहिरी चक्रपथको ७२ किलोमिटरमध्ये ६४ किलोमिटर मात्र नयाँ सडक निर्माण गर्नुपर्ने हुन्छ, बाँकी आठ किलोमिटर भक्तपुरको सिर्जना नगरदेखि जागतीसम्म अहिलेको अरनिको राजमार्गमा जोडिने छ ।
    प्रस्तावित चक्रपथमा काठमाडौंको नागार्जुन डाँडामा आठ सय मिटरको सुरुङमार्ग (टनेल) समेत निर्माण गर्नुपर्ने हुन्छ । यो चक्रपथको काठमाडौंमा ३५.८ किलोमिटर, ललितपुरमा १५.८ किलोमिटर र भक्तपुरमा २१.५ किलोमिटर दुरी पर्नेछ ।
    त्यसैगरी, काठमाडौंको चोभार, गाम्चा, सतुगङ्ल, नैकाप, पुरानो भज्याङ, सितापाइला, नागार्जुन डाँडा, नेपालटार, गोंगबु, टोखागाउँ भएर जाने छ । त्यस्तै चपली, कपन, जगडोल, सन्डोल र थलिडाँछी पुग्ने छ । भक्तपुरमा भने चाँगुनारायण, दुवाकोट, झौखेल, छालिङ, बागेश्वरी, सुडाल, ताथली, चितापोल, भक्तपुर नगरपालिका, कटुन्जे, दधिकोट र सिरुटारलाई प्रस्तावित यो चक्रपथले जोड्ने छ । ललितपुरमा लुभु, सिद्धिपुर, हरिसिद्धि, ठैब, धापाखेल, ठेचो पुग्ने छ । त्यसैगरी छम्पी, बुङ्मती र खोकना हुँदै सडकले चोभार जोड्ने छ । ती स्थानहरूलाई बाहिरी चक्रपका ‘नोडल प्वाइन्ट’ मानिएको आयोजनाले जानकारी दिएको छ ।
    बाहिरी चक्रपथ निर्माणका लागि आर्थिक बर्ष २०५६÷५७ मा नै ‘नेपिकोन’ भन्ने संस्थाले पूर्व सम्भाव्यता अध्ययन गरेको थियो । त्यसअघि २०५० सालमा नै उपत्यकाको शहरीकरण र ट्राफिक जामलाई व्यवस्थित गर्न सरकारद्धारा गरिएको अध्ययनमा बाहिरी चक्रपथको आवश्यकता औंल्याइएको थियो ।
    आर्थिक बर्ष २०६१÷६२ मा सरकारले आयोजनाका लागि बजेट विनियोजन गर्न शुरु गरेको थियो । त्यसयता कार्यालय सञ्चालन गरी काम हुँदै आएको छ । यस आयोजनामा अहिलेसम्म कागजी काम भए पनि फिल्डमा केही पनि काम हुन सकेको छैन् । चक्रपथ निर्माणका लागि सात हजार दुइ सय रोपनी जग्गाको आवश्यकता पर्दछ तर अहिलेसम्म जग्गा अधिग्रहणका काम पनि हुन नसकेको अधिकारीहरूले बताएका छन् ।
    बाहिरी चक्रपथ निर्माणका लागि सन् २००४ मा नै नेपाल र चीन सरकारबीच सहमति समेत भएको थियो । तर नेपाल सरकारले समयमा सम्भाव्यता अध्ययन पुरा गर्न नसक्दा पछिलो समयमा चीन सरकारले चासो दिन छोडिसकेको थियो ।

    gorkhapatraonline

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    सोमबार, असार २५, २०७५ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सुन तोलामा ४३ सयले घट्याे
    साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
    असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन तोलामा ४३ सयले घट्याे

    • २. साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’

    • ३. असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने

    • ४. नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ५. आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना

    • ६. चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु

    • ७. मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी

    धेरै पढिएको
    • १. गोरखाका मीनकुमार गुरुङविरुद्ध मुद्दा दायर

    • २. गाेरखामा गाँजा सहित ३ जना नियन्त्रणमा

    • ३. गोरखामा बेबारिसे महिलाकाे शव फेला

    • ४. ट्याक्टर चलाइरहेका बेला चक्कर लागेर ढलेका गोरखाका एक ट्याक्टर चालकको प्रहरीद्धारा उद्धार

    • ५. जन्मेका हामी नेपाली, भिजेर आफ्नै माटोमा

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.