गुफामा फसेका १२ मध्ये ६ जना बालकहरूलाई सफलतापूर्वक उद्धार गरिसकिएका विवरण प्राप्त भएका छन्।
पानीको भेल कम भएको बेला थालिएको उद्धारकार्य पहिले सोचेभन्दा छिटो अघि बढिरहेको छ।
आगामी दिनमा गुफामा पानीको सतह बढ्ने खतराका कारण जोखिम भए पनि उद्धारकर्ताहरूले उद्धारकार्य सुरु गरिहालेका थिए।

गोताखोरहरूले १२ जना बालक तथा तिनका प्रशिक्षकलाई अँध्यारो तथा पानीले भरिएका गुफाका मार्गहरूबाट उद्धार गरिरहेका छन्।
उनीहरूलाई समूह समूहमा छुट्ट्याएर उद्धार गरिँदैछ।
उद्धारकार्य पूरै सकिन कति समय लाग्छ भन्ने प्रष्ट छैन।
BBC


