×
मङ्गलबार, साउन १२, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन तोलामा ४३ सयले घट्याे
  • ३ घण्टा अघि

साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
  • ६ घण्टा अघि

असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
  • ७ घण्टा अघि

नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • ८ घण्टा अघि

आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना
  • ८ घण्टा अघि

चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु
  • ८ घण्टा अघि

मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी
  • ८ घण्टा अघि

धनगढीमा आत्मदाह प्रयास गरेकी युवतीको मृत्यु
  • १ दिन अघि

सुनसरीमा गएराती दुई पक्षबीचको झडप : अनिश्चितकालीन कर्फ्यु
  • १ दिन अघि

बालकहरू फसेको थाई गुफाबारे पाँच तथ्यहरू

  •  
  • आइतबार, असार २४, २०७५ मा प्रकाशित
    Advertisement
    • अ
    • अ
    • अ

    फुटबल टोली किन गुफा गए ?

    जुन २३ तारिख शनिवारको दिन बालकहरू आफ्ना प्रशिक्षकसहित किन गुफा भित्र पसे त्यस्को ठ्याक्कै जबाफ अहिले हामीसँग छैन। बीबीसी थाई सेवाका रिपोर्टहरूमा जनाइएअनुसार उक्त टोली फुटबल अभ्यासका लागि स्थानीय समय अनुसार बिहान १० बजे एकापोलमा पुगेका थिए। त्यसबारे सहायक प्रशिक्षकले पौने ११ बजे फुटबल अभ्यासको फेसबुकमार्फत प्रत्यक्ष प्रसारण गरेका थिए।

    करिब ३ बजेतिर त्यहाँको राष्ट्रिय निकुञ्जमा त्यहाँको कर्मचारीले ११ वटा साइकल गुफा प्रवेश गर्ने ठाउँमा पार्क भएको पाएको स्मरण गरे।

    त्यहाँबाटै अनुसन्धान सुरु भयो। प्रारम्भिक खोजको कार्य आइतवार दिउसो करिब १ बजेबाट सुरु भयो। शनिवार राति १० बजे उक्त फुटबल टोली हराइरहेको सूचना आएपछि बल्ल खोजी कार्य सुरु भएको थियो। केही खबरहरूका अनुसार उक्त टोली फुटबल अभ्यास सकिएपछि एकजना सदस्यलाई योजना नबनाइ गरिने ‘सरप्राइज पार्टी’ दिन गुफाभित्र गएका थिए।

    उनीहरू कसरी गुफामा फसे?

    गुफाको सञ्जाल

    चियाङ राई प्रान्तको पहाडी भेगमा अवस्थित ताम लुङ्ग गुफामा छिरेसँगै वर्षे पानी पर्न थाल्यो। जंगलबाट आएको बाढीले गुफाको प्रवेशद्वार बन्द गरिदियो। पानीको सतह तीव्र रूपमा बढेसँगै ती बालकहरू र उनीहरूका प्रशिक्षक अलि उच्च स्थानको जमिन खोज्दै जाँदा गुफाको भित्री भागमा पुगे। उनीहरू फसेको उक्त गुफा थाईल्याण्डको चौथो लामो गुफा हो। यो १० हजार ३ सय १६ मिटर लामो छ।

    गुफामा फस्नेहरू को हुन्?

    गुफामा ११ देखि १६ वर्षका १२ जना बालकहरू र उनीहरूलाई फुटबल खेलाउने २५ वर्षीय सहायक प्रशिक्षक फसेका छन्।

    गुफाबारे के किंम्वदन्ती छन्?

    गुफा
    गुफा

    यो गुफाहरूबारे उस्तै खालका धेरै किंम्वदन्तीहरु छन्। धेरैलाई थाहा भएको एउटा किंम्वदन्ती अनुसार पहाडमा सुतेकी महिलाको नामबाट चिनिने सो ठूलो गुफा लाई थाई भाषामा “ताम लुङ्ग कुन नाम नाङ्ग नोन” भन्ने गरिन्छ। यो गुफा आजसम्म पनि त्यही नामले चिनिएको छ। त्यो किंम्वदन्ती अनुसार दक्षिण चीनकी एक राजकुमारी एक घोडचढी पुरुषबाट गर्भवती भएपछि यही पहाडमा आइन्। उनका पिताले पठाएका मानिसले ती पुरुषलाई फेला पारेर मारिदिएपछि उनी यही पहाडमा कुरेर बसेको विश्वास गरिन्छ। प्रतीक्षा गर्दा गर्दा थाकेपछि ती राजकुमारीले आत्महत्या गरेको स्थानीयबासीको विश्वास छ। त्यसपछि उनको शरीरबाट पहाड बनेको र रगतबाट साई नदी उत्पत्ती भएको उनीहरू बताउँछन्।

    यस अघि हराएका मानिसहरू ‘आफैँ निस्किए’

    स्थानीय खबरहरूका अनुसार समुदायका एकजना पूर्व नेताका भनाइमा सन् १९८६ मा एकजना विदेशी पर्यटक गुफामा सात दिनसम्म हराएका थिए। पछि उनको सुरक्षित उद्धार गरिएको थियो। यद्यपि त्यतिबेला बाढी चाहिँ आएको थिएन। सन् २०१६ को अगस्ट महिनामा एकजना पूर्व चिनियाँ भाषाका शिक्षक तीन महिनासम्म गुफामा हराएका थिए। ती शिक्षकले आफ्नो साइकल राष्ट्रिय निकुञ्जस्थित पसलमा छोडेका थिए र पसलेलाई आफू गुफामा ध्यान गर्न जान लागेको बताएका थिए। तर खोजी प्रयासहरू गरिए पनि उनी तीनमहिनासम्म भेटिएनन्। पछि उनी नजिकैको एउटा होटलमा घुमिरहको अवस्थामा फेला परेका थिए।

    BBC

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    आइतबार, असार २४, २०७५ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सुन तोलामा ४३ सयले घट्याे
    साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
    असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन तोलामा ४३ सयले घट्याे

    • २. साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’

    • ३. असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने

    • ४. नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ५. आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना

    • ६. चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु

    • ७. मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी

    धेरै पढिएको
    • १. गोरखाका मीनकुमार गुरुङविरुद्ध मुद्दा दायर

    • २. गाेरखामा गाँजा सहित ३ जना नियन्त्रणमा

    • ३. गोरखामा बेबारिसे महिलाकाे शव फेला

    • ४. ट्याक्टर चलाइरहेका बेला चक्कर लागेर ढलेका गोरखाका एक ट्याक्टर चालकको प्रहरीद्धारा उद्धार

    • ५. जन्मेका हामी नेपाली, भिजेर आफ्नै माटोमा

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.