गोरखा समाचारदाता
आँबुखैरेनी सेवा समाज तनहुँले आज एक बृद्धालाई ह्वील चियर वितरण गरेको छ । निरन्तर मानव सेवामा समर्पित रहेको समाजले आँबुखैरेनी गाउँपालिका वडा नं २ मार्किचोक निवासी ७४ वर्षिय सुमित्रा परियारलाई ह्वील चियर वितरण गरिएको समाजका अध्यक्ष मनोज कुमार श्रेष्ठले जानकारी दिए ।
एस.ई.ई. मोडेल हन्ट २०१८ की बिजेता आँबुखैरेनी–३, शान्ति टोलकी दिया श्रेष्ठलाई समाजले सम्मान गर्दै श्रेष्ठको हातबाट ह्वील चियर वितरण गरिएको हो । गत वर्षको फागुन महिना देखि सुमित्रा परियारलाई खुट्टामा भएको प्यारालाइसिसका कारण हिडडुल गर्न समस्या भएको र सुमित्रा परियारका छोरा केशव परियारले आँबुखैरेनी सेवा समाजसँग ह्वील चियरको माग गरेपछि स्थानीय अभियान श्रेष्ठको सहयोगमा ह्वील चियर प्रदान गरिएको समाजका अध्यक्ष श्रेष्ठको भनाई रहेको छ ।
आर्थिक अवस्था ज्यादै कमजोर रहेको र ह्वील चियर वितरण पछि थला परेकी सुमित्रा परियारलाई हिडडुल गर्न सहज हुने अपेक्षा गरिएको समाजले जनाएको छ ।


