×
शुक्रबार, भदौ २६, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन ताेलामा ४८ सयले घट्याे
  • १५ घण्टा अघि

आज कुशे औँसी
  • १८ घण्टा अघि

नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १९ घण्टा अघि

चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन
  • १९ घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना
  • १९ घण्टा अघि

किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग
  • २ दिन अघि

सुन र चाँदीकाे भाउ बढ्याे
  • २ दिन अघि

एनएफपिजे नेपालद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ७७ हजार ७७७ रुपैयाँ सहयोग
  • २ दिन अघि

प्रधानमन्त्री दैवी प्रकाेप उद्धार काेषमा गाेरखाकाे बद्री-चित्र मास्के प्रतिष्ठानद्वारा ३ लाख बढी सहयाेग
  • २ दिन अघि

माथिल्लो मुस्ताङको सेरोफेरो, जता हेर्‍याे उतै राम्रो

  •  
  • शनिबार, असार २३, २०७५ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    भरतबन्धु थापा

    भनिन्छ, गन्तव्य होइन, यात्रामा रमाइलो गर्नुपर्छ । तर, माथिल्लो मुस्ताङलाई गन्तव्य बनाएर भिरालो बाटोमा यात्रा गरिरहँदा कुनै ‘एडेभेन्चर गेम’ खेलेजस्तै हुने ।

    तल हेर्दा अत्यासलाग्दो भीर, माथि उस्तै मुटु कमाउने पखेरा । त्यसैलाई मध्यबाट काटेर बनाइएको साँघुरो बाटो । बाटोको चौडाई पनि कस्तो भने, मुस्किलले जीप अटाउने । चट्टानलाई चिरेको बाटोबाट यात्रा गरिरहँदा स–सना खोल्सा, स–सना झरनाको सौन्दर्यले भन्दा पनि डरले बढी ठाउँ ओगट्ने ।

    ‘डर के आगे जित है’ भन्दै आफुले आफैलाई ढाडस दिदै अगाडि बढेपछि टेकिन्छ, मनमोहक भूगोल । यस्तो लाग्छ, कुनै सिपालु कालिगढले खिपेका धर्ती हो यो ।

    प्राकृतिक सौन्दर्य र ऐतिहासिक धरोहरको बेजोड नमुनो हो माथिल्लो मुस्ताङ । यहाँ उभिएपछि जो कोहिको मन फुरुंग हुन्छ ।

    बाटोको बिजोग


    सडक सञ्जालले नजोडेको भए, माथिल्लो मुस्ताङमा यतिविध्न आन्तरिक पर्यटक पुग्ने थिएनन् होला । तर, जसै यस क्षेत्रसम्म मोटरबाटो जोडियो, घरेलु पर्यटकहरु आउजाउ गर्न थाले ।

    दुखलाग्दो त के भने, सडक निर्माण भएपनि गतिलो चाहि छैन । हुन त सडक सुधारको काम भइरहेको छ । छुसाड, समर र भेनाका डाँडो भन्ने स्थानमा सडकको हालत दयानिय छ ।

    जोमसोमदेखि अहिले चीन जोड्ने कोरला नाकासम्म सडक विस्तारको काम भइरहकेो छ । वर्षाको समयमा कालिगण्डकी नदी पार गर्न समस्या छ । त्यहाँ पुल निर्माण भइरहेको छ ।

    नाका खुल्ला भयो भने अन्य कार्यहरु सहज हुन्छन्ः महेन्द्र गुरुड, युवा पर्यटन ब्यबसायी

    हामीले बर्षमा कम्तीमा दुई–तीन पटक आन्तरिक पर्यटकलाई माथिल्लो मुस्ताङ पुर्‍याउने गरेका छौ । सडकको अवस्था राम्रो छैन । साहसिक यात्रामा रमाउनेहरुका लागि भने सही हुन्छ ।

    माथिल्लो मुस्ताडको पर्यटन क्षेत्रमा बृद्धी गर्ने हो भने पहिलो प्राथमिक्ता कोरला नाकालाई खुल्ला गर्नुपर्छ । नाका खुल्ला भयो भने अन्य कार्यहरु सहज हुन्छन् । सडक विस्तार हुन्छ । सवारी साधनको चाप बढ्छ ।

    अहिले माथिल्लो मुस्ताड यात्रा गर्दा मैले पाएको समस्या भनेको सूचनाको अभाव हो । बिभिन्न स्थानमा धार्मिक तथा ऐतीहासी रुपले निकै महत्तवपुर्ण कुराहरु रहेका छन् । ती कुराहरुको जानकारी नहुँदा माथिल्लो मुस्ताड पुगेर आएका पर्यटकहरु पनि सो स्थान पुग्न सकेका छैनन् ।

    पर्यटकको चाप बढेका कारण पर्यटक प्ररहरीको पनी आवश्यक छ । अहिले प्रहरीले सवारी साधनको सामान्य जाँचबुझ मात्र रहेको छ । पर्यटक प्रहरी भएमा पर्यटकहरुलाई सुविधा तथा जानकारी हुनेछ ।

    onlinekhabar

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    शनिबार, असार २३, २०७५ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सुन ताेलामा ४८ सयले घट्याे
    आज कुशे औँसी
    नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन ताेलामा ४८ सयले घट्याे

    • २. आज कुशे औँसी

    • ३. नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ४. चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन

    • ५. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना

    • ६. किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग

    • ७. सुन र चाँदीकाे भाउ बढ्याे

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. सहसचिव र उपसचिव सहित २३ जनाको सरुवा (सूचीसहित)

    • ४. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.