×
शुक्रबार, भदौ २६, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन ताेलामा ४८ सयले घट्याे
  • १५ घण्टा अघि

आज कुशे औँसी
  • १८ घण्टा अघि

नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १९ घण्टा अघि

चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन
  • १९ घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना
  • १९ घण्टा अघि

किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग
  • २ दिन अघि

सुन र चाँदीकाे भाउ बढ्याे
  • २ दिन अघि

एनएफपिजे नेपालद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ७७ हजार ७७७ रुपैयाँ सहयोग
  • २ दिन अघि

प्रधानमन्त्री दैवी प्रकाेप उद्धार काेषमा गाेरखाकाे बद्री-चित्र मास्के प्रतिष्ठानद्वारा ३ लाख बढी सहयाेग
  • २ दिन अघि

लाटोकोसेरो चोरीको एउटा अनौठो कारण

  •  
  • शनिबार, असार १६, २०७५ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ
    रिचर्ड ग्रे/बीबीसी

    स्कटल्याण्डको लुइस टापुमा त्यो रात आँधी चलिरहेको थियो। स्थानीय डोनल्ड म्याकलिओड सदाझैँ बिहान आफ्नो घरपालुवा चरालाई हेर्न बाहिर निस्के।

    तर त्यो बिहान उनी चराको पिँजडा नजिक पुग्दा त्यसको छाना उखेलिएको थियो।

    डोनल्डले राम्रोसँग नियाल्दा कसैले पिँजडाको छाना उखेले जस्तो देखियो र त्यहाँ स्क्याम्प नामक उनको लाटोकोसेरो थिएन।

    डोनल्डले बाज र अरू पंक्षी पालनबारे प्रशिक्षण लिएका छन्।

    दुःखी

    उनी एउटा रेष्टुराँ चलाउँछन् जहाँ मान्छेहरू खाजा र खाना खानुका साथै आफ्ना बच्चालाई चरा पनि देखाउन सक्छन्।

    आफूले पालेको लाटोकोसेरो चोरिएकोमा डोनल्ड निकै दुःखी छन्। उनी भन्छन्, स्क्याम्प हाम्रो परिवारको सदस्य जस्तै थियो।

    स्क्याम्प चोरीको घटनाले उनको परिवारलाई ठूलै चोट पुगेको छ। डोनल्डका लागि त्यो सामान्य घटना होइन।

    लुइस टापुको तटमा रहेको डोनल्डको रेष्टुराँ आवासीय क्षेत्रभन्दा टाढा छ। त्यहाँ खासै आपराधिक क्रियालकाप हुँदैन।

    लाटोकोसेरो

    कुनै प्रकारको चोरी अझ चराको चोरी हुनु त एकदम असामान्य घटना नै थियो। तर यो अपराध पटक-पटक हुन थालेको छ।

    खासगरी चरा पाल्नेहरूका लागि यो सामान्य जस्तै भइसकेको छ। नगदका लागि चराहरूको चोरी हुन थालेको मान्छेहरूको आशङ्का छ।

    नगद संकट

    विश्वमा नगदरहित कारोबारले बिस्तारै बढावा पाइरहेको छ।

    यो दशकको अन्त्यसम्ममा विश्वमा नगदरहित कारोबार ७२६ अर्ब डलर पुग्ने अपेक्षा गरिएको छ।

    सन् २०१५ यता नगदरहित कारोबारमा १०.९ प्रतिशतले वृद्धि भइरहेको छ।

    ब्रिटेनमा सन् २०१६ को तुलनामा सन् २०१७ मा नगद कारोबारमा १५ प्रतिशतले कमी आइ १३.१ अर्बमा सीमित भयो। कार्डले गरिने भुक्तानीमा वृद्धि भइरहेको छ।

    सन् २०१५ मा जापानमा नगद भुक्तानी ८.९ प्रतिशतले घटेको छ भने चीनमा सन् २०१६ को एउटा त्रैमासिकमा मोबाइलबाट गरिने भुक्तानीमा २० प्रतिशतले वृद्धि भयो।

    कार्ड, मोबाइल र अनलाइन भुक्तानीमा वृद्धि भएसँगै मानिसहरूले नगद राख्ने चलन पनि कम हुँदै गएको छ।

    नगदमा आएको कमी अपराधीहरूका लागि टाउको दुखाइको विषय बनेको छ। चोरहरूलाई नगद चोर्न सजिलो हुने गरेको बताइन्छ।

    उनीहरूलाई नगद चोर्न र खर्च गर्न पनि सजिलो हुने ठानिन्छ।

    विश्वभरि नगद कारोबारमा कमी आउन थालेसँगै अपराधीहरूले नयाँ नयाँ तरिका खोज्न थालेका छन्।

    स्वीडेनमा गत वर्ष कुल लेनदेनको जम्मा २ प्रतिशत मात्रै नगद कारोबार भयो। त्यहाँका २० प्रतिशत जनताले एक पटक पनि नगद झिकेनन्।

    चुनौती

    स्वीडनमा अपराधीहरूलाई चुनौती थपिएको छ।

    सन् १९९० को दशकमा औसत १०० वटा चोरीका घटना हुने गरेकोमा चार वर्षअघि त्यो घटेर ३० मा सीमित भयो।

    सन् २०१७ मा ब्याङ्कमा चोरीका ११ वटा घटना मात्रै भए। कारमा हुने लुटपाटका घटनामा पनि निरन्तर कमी आइरहेको छ।

    तर त्यहाँ संरक्षित प्रजातिका चरा लगायतको चोरी हुने क्रम चाहिँ बढ्दो छ। सन् २०१६ मा त्यस्ता १५६ वटा घटना भएका थिए।

    अधिकारीहरूका अनुसार दुर्लभ प्रजातिको लाटोकेसेरोको अण्डा र अर्किड फूलको चोरीका घटनामा वृद्धि भइरहेको छ। स्वीडनमा ती दुवै संरक्षित प्रजातिभित्र पर्दछन्।

    लाटोकोसेरो

    चोरिएका ती वस्तु तस्करी गरी साउदी अरेबिया, कतार अथवा संयुक्त अरब एमिरेट्स लगायतका देशसम्म पुर्‍याइन्छ।

    ती देशमा दुर्लभ प्रजातिका चरा पाल्नुलाई हैसियतसँग जोडेर हेरिन्छ।

    स्वीडनका एक प्रहरी अधिकारी भन्छन्, खैरो रङ्गको लाटोकोसेरो अवैध बजारमा एक लाख १२ हजार डलरसम्ममा विक्री हुन्छ।

    यो समस्या स्वीडनको मात्रै होइन, कैयौँ देशमा संरक्षित प्रजातिका जीवजन्तुको चोरीशिकारी र तस्करी बढ्दो छ।

    चलन

    ब्रिटेनमा ४० प्रतिशत जति कारोबार नगदमा हुने गर्छ। त्यहाँ पनि संरक्षित चराचुरुङ्गीसँग सम्बन्धित अपराध बढ्दो छ।

    डोनल्डको लाटोकोसेरोलाई सय पाउण्ड मूल्य पाइएको हुनसक्ला। तर अवैध बजारमा फिरन्ते भाले बाजको मूल्य चार हजार पाउण्डसम्म पर्छ।

    साइबेरियामा पाइने बाजको मूल्य अवैध बजारमा ७५ हजार डलरसम्म पर्नसक्छ।

    अरब देशहरूमा चराचुङ्गीको माग बढ्दो छ। सोही कारणले तिनीहरूको मूल्य र त्यससँग सम्बन्धित अपराध पनि बढ्ने क्रममा छ।

    ग्लास ईल भनिने एक प्रकारको दुर्लभ जीवको पनि ठूलो माग छ। एक टनको करिब १० लाख युरोसम्म पर्छ। चीनमा नरम ईललाई सेकुवा जस्तो परिकार बनाएर खाने चलन छ।

    ईल

    यो वर्ष मात्रै युरोपेली देशबाट अनुमानित सय टन ईल तस्करी गरी चीन पुर्‍याइएको तथ्याङ्क छ।

    ब्रिटेनमा वन्यजन्तुसँग सम्बन्धित अपराध नियन्त्रण निकायका एक अधिकारी एलेन रोबर्ट भन्छन्, संगठित अपराधमा संलग्न अपराधीले यस्ता प्रजातिका जीवजन्तुको तस्करी गर्न थालेका छन् जसबाट ठूलो रकम कमाउन सकियोस्।

    इन्टरपोलका लागि काम गरिसकेका स्वीडनका पूर्वप्रहरी अधिकारी बियोर्न एरिक्सन भन्छन्, वन्यजन्तुको बढ्दो तस्करीको प्रत्यक्ष सम्बन्ध नगदको कमीसँग जोडिएको छ।

    “नगदको अभाव भएपछि अपराधीहरू अरू सामान चोर्न थाल्छन्।”

    पंक्षी र माछालाई एक ठाउँबाट अर्को ठाउँमा ओसारपसार गर्न गाह्रो हुन्छ। अतः अपराधीहरू ठूलो किनमेल केन्द्रमा महँगा सामानमा चोर्न चाहन्छन्।

    अमूल्य

    चोरीका त्यस्ता सामानहरू उनीहरू अवैध बजारमा विक्री गर्छन्।

    अपराधीहरू आइफोन एक्स जस्ता महँगा फोनलाई निशाना बनाउन चाहन्छन्। चोरीका आइफोन उनीहरूले अर्को देशमा बेच्न सक्छन्।

    त्यसैगरी महँगा हातेझोला चोरेर अवैध बजारमा विक्री गर्न उनीहरूलाई सजिलो हुन्छ।

    कहिलेकाहीँ त्यस्ता महँगा सामान ठूलो पसलमा लगेर बिल हरायो अथवा त्यसको सट्टा पैसा फिर्ता गरिदिनुस् भनेर चोरहरू पैसा लिन पनि चाहन्छन्।

    लोपोन्मुख वन्यजन्तु

    उपहारमा पाएको भन्दै उनीहरू त्यस्ता सामान दिइ पैसा लिएर पनि जान्छन्।

    चाहे चोरले लाटोकोसेरो चोरून्, माछाको तस्करी गरून् अथवा अरू सामान नै चोरून्, पीडितहरूको पीडा त उस्तै हुन्छ।

    उदाहरणका लागि डोनल्ड म्याकलिओडको स्क्याम्प चोरी हुनु। उनी भन्छन्, “स्क्याम्प हाम्रो लागि अमूल्य थियो।”

    प्रहरीले अहिले पनि उनको चोरी भएको लाटोकोसेरोको खोजी गरिरहेको छ।

    BBC

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    शनिबार, असार १६, २०७५ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सुन ताेलामा ४८ सयले घट्याे
    आज कुशे औँसी
    नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन ताेलामा ४८ सयले घट्याे

    • २. आज कुशे औँसी

    • ३. नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ४. चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन

    • ५. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना

    • ६. किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग

    • ७. सुन र चाँदीकाे भाउ बढ्याे

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. सहसचिव र उपसचिव सहित २३ जनाको सरुवा (सूचीसहित)

    • ४. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.