गोरखा समाचारदाता
तनहुँको आँबुखैरेनी गाँउपालिका वडा नम्बर १ को बरादीमा तिन सवारी साधन एक आपसमा ठोकिदा ४ जनाको ज्यान गएको छ भने ३ जना गंभिर घाईते भएका छन । उनीहरु सबैको उपचारको क्रममा मृत्यु भएको प्रहरी नायब उपरिक्षक सुनिल मल्लले जानकारी दिए ।
मल्लका अनुसार आँबुखैरेनीबाट डुम्रे तर्फ जादै गरेको ग १ ख ३०७३ नम्बरको बस, विपरित दिशाबाट आइरहेको बा १७ च १८१४ नम्बरको भ्यान र ग ५ प १९४४ नम्बरको मोटर साईकल मंगलबार दिउँसो २ः३० बजे एक आपसमा ठक्कर खादा मोटर साइकल चालक आँबुखैरेनी गाउँपालिका ४ बस्ने २६ बर्षिय दिलबहादुर थापा मगर र ३५ बर्षिय नुनबहादुर खवास, पर्वत जिल्ला घर भै कुश्मा बस्ने ३ बर्षिया ममता लामिछाने र २५ बर्षिया कमल लामिछानेको मृत्यु भएको हो । प्रहरीले दिएको जानकारी अनुसार मृत्तक थापाको दमौलीमा अन्यको पोखरामा उपचारको क्रममा मृत्यु भएको हो ।
पर्वतकी ३० बर्षिय पार्वती लामिछने, २४ बर्षका गुरुदत्त तिवारी र चितवनकी २० बर्षिया सरु पाठक दुर्घटनामा परि घाइते भएको प्रहरी जानकारी दिएको छ ।




















