×
मङ्गलबार, साउन १२, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन तोलामा ४३ सयले घट्याे
  • ३२ मिनेट अघि

साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
  • ४ घण्टा अघि

असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
  • ५ घण्टा अघि

नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • ६ घण्टा अघि

आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना
  • ६ घण्टा अघि

चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु
  • ६ घण्टा अघि

मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी
  • ६ घण्टा अघि

धनगढीमा आत्मदाह प्रयास गरेकी युवतीको मृत्यु
  • १ दिन अघि

सुनसरीमा गएराती दुई पक्षबीचको झडप : अनिश्चितकालीन कर्फ्यु
  • १ दिन अघि

आप्रवासी परिवारलाई सँगै रहन दिन्छौँः ट्रम्प

  •  
  • बिहिबार, असार ०७, २०७५ मा प्रकाशित
    Advertisement
    • अ
    • अ
    • अ

    बालबालिकाहरूलाई अलग गरिदिएकोमा चर्को आक्रोशहरू व्यक्त भएपछि अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले आप्रवासीका परिवारका सदस्यहरूलाई साथसाथै रहन अनुमति दिने आदेशमा हस्ताक्षर गर्ने बताएका छन्।

    दर्ता नगरिएका आप्रवासीका बालबालिकाहरूलाई आमाबुवाबाट छुट्याउने अमेरिकी कदमको अन्तर्राष्ट्रिय रूपमैँ आलोचना भएको थियो।

    बच्चाहरूका तस्बिर हेरर आफू पनि विचलित भएको ट्रम्पले बताएका छन्।

    अब त्यस्तो नीतिलाई उल्ट्याउने आदेशमा बुधवार हस्ताक्षर गरेपछि ट्रम्पले परिवारहरूलाई एकै ठाउँमा राखिने बताए।

    ‘गम्भीर’

    उनको आदेश कहिलेबाट कार्यान्वयन हुने हो त्यो प्रस्ट भइसकेको छैन।

    तर ट्रम्प आप्रवासीहरूको भिड रोक्ने विषयमा आफू गम्भीर भएको बताए।

    हामी परिवारहरूलाई साथै राख्न चाहन्छौँ। तर हामी हाम्रो सीमा पनि बलियो बनाउन चाहन्छौँ। होइन भने अहिलेको जस्तो हजारौँको संख्यामा होइन दशौँ लाखको संख्यामा आप्रवासीहरू अमेरिका आउनेछन् र अमेरिका उनीहरूले भरिनेछ

    डोनल्ड ट्रम्प, अमेरिकी राष्ट्रपति

    कडा नियम नल्याएइमा दशौँ लाख आप्रवासीहरू अमेरिका आउनसक्ने र अमेरिका आप्रवासीले भरिने ट्रम्पले बताए।

    उनले परिवारहरू साथै रहन दिइने तर आफ्नो देशको सीमा पनि बलियो बनाइने बताए।

    सिमाना

    उनले भने, “हामी परिवारहरूलाई साथै राख्न चाहन्छौँ। तर हामी हाम्रो सीमा पनि बलियो बनाउन चाहन्छौँ। होइन भने अहिलेको जस्तो हजारौँको संख्यामा होइन दशौँ लाखको संख्यामा आप्रवासीहरू अमेरिका आउनेछन् र अमेरिका उनीहरूले भरिनेछ। हामी दयालु हुन चाहन्छौँ। तर आफ्नो सिमाना पनि बलियो राख्न चाहन्छौँ।”

    आप्रवासी बालक

    आप्रवासीका बालबालिकालाई आमाबुवाबाट छुट्याइएका तस्बिरहरूलाई लिएर अमेरिकको तीव्र आलोचना भइरहँदा ट्रम्पको पछिल्लो घोषणा आएको हो।

    अमेरिकी संसद्को प्रतिनिधि सभामा बिहीवार आप्रवासी बालबालिकालाई आमाबुवाबाट छुट्याउन नपाइने र आप्रवासीका अन्य मुद्दा समेटिएका दुई विधेयकमा मतदान हुनेछ।

    यसैबीच ६ वटा अमेरिकी वायुसेवाहरूले आफ्ना आमाबुवाबाट अलग गरिएका बालबालिका ओसारपसार गर्न आफ्ना विमानहरूको प्रयोग नगर्न ट्रम्प प्रशासनलाई अनुरोध गरेका छन्।

    एलास्का, अमेरिकन, डेल्टा, फ्रन्टियर, साउथवेस्ट र युनाइनेट एअरलाइन्सले भनेका छन् ट्रम्पको नीति उनीहरूको मूल्य मान्यताभन्दा फरक छ।

    BBC

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    बिहिबार, असार ०७, २०७५ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सुन तोलामा ४३ सयले घट्याे
    साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
    असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन तोलामा ४३ सयले घट्याे

    • २. साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’

    • ३. असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने

    • ४. नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ५. आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना

    • ६. चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु

    • ७. मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी

    धेरै पढिएको
    • १. गोरखाका मीनकुमार गुरुङविरुद्ध मुद्दा दायर

    • २. गाेरखामा गाँजा सहित ३ जना नियन्त्रणमा

    • ३. गोरखामा बेबारिसे महिलाकाे शव फेला

    • ४. ट्याक्टर चलाइरहेका बेला चक्कर लागेर ढलेका गोरखाका एक ट्याक्टर चालकको प्रहरीद्धारा उद्धार

    • ५. जन्मेका हामी नेपाली, भिजेर आफ्नै माटोमा

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.