×
मङ्गलबार, साउन १२, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन तोलामा ४३ सयले घट्याे
  • ३३ मिनेट अघि

साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
  • ४ घण्टा अघि

असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
  • ५ घण्टा अघि

नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • ६ घण्टा अघि

आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना
  • ६ घण्टा अघि

चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु
  • ६ घण्टा अघि

मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी
  • ६ घण्टा अघि

धनगढीमा आत्मदाह प्रयास गरेकी युवतीको मृत्यु
  • १ दिन अघि

सुनसरीमा गएराती दुई पक्षबीचको झडप : अनिश्चितकालीन कर्फ्यु
  • १ दिन अघि

‘चीनले धेरै महत्त्व नदिनु नेपालकै कमजोरी’

  •  
  • बिहिबार, असार ०७, २०७५ मा प्रकाशित
    Advertisement
    • अ
    • अ
    • अ

    चिनियाँ चासोलाई भारतलाई जस्तै महत्त्व दिएको कुरामा आश्वस्त पार्न नसक्दा चीनले नेपाललाई अपेक्षित प्राथमिकता नदिएको विज्ञहरूले बताएका छन्।

    चीनसँग कतिपय विषयमा सम्झौता हुन लागिरहेका बेला त्यहाँका राष्ट्रपतिको भ्रमण यहाँ हुन नसकेको पृष्ठभूमिमा विज्ञहरूको यस्तो धारणा आएको हो।

    नेपालको तर्फबाट पटक पटक चीनको उच्चस्तरीय राजनीतिक भ्रमण हुने गरे पनि उताबाट त्यस्तो हुन नसक्नुलाई विज्ञहरू त्यसको कारण ठान्छन्।

    दुई छिमेकी राष्ट्रहरू भारत र चीनसँगको सम्बन्धलाई उतिक्कै प्राथमिकता दिन खोजेको जस्तो देखिएको केपी ओली सरकारले चिनियाँ राष्ट्रपति सी जिनपिङलाई नेपाल भ्रमणमा बोलाउन कसरत गरेको लामो समय भइसकेको छ।

    विश्वसनीयता

    तर भारतीय समकक्षी नरेन्द्र मोदी तीन पटक नेपाल भ्रमणमा आइसक्दा पनि चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमण हुन नसक्नुलाई कतिपयले चीनले नेपाललाई गम्भीर रूपमा नलिएको अर्थ्याएका छन्।

    चीनको राष्ट्रिय आवश्यकतामा नेपाली पक्षले आफ्नो भूमिका स्पष्ट पार्न नसक्नुलाई राजनीतिशास्त्री लोकराज बराल त्यसको कारण मान्छन् ।

    उनी भन्छन्, “यहाँ भाषणबाजी धेरै हुन्छ। घोषणा हुन्छन्, सहमति हुन्छन् तर त्यसको कार्यान्वयन गरेको देखिँदैन। विश्वसनीयताकै समस्या छ।”

    चीन नेपाल

    निकै लामो सम्बन्ध रहेको उत्तरी छिमेकी चीनले पछिल्लो समय उनीहरूको महत्त्वाकांक्षी सडक योजना ‘बेल्ट एण्ड रोड इनिसियटिभ’ मार्फत नेपालसँग सडक सञ्जाल जोड्न चाहेको देखिएको छ।

    जसलाई प्राथमिकताका साथ नेपालले स्वागत गर्न नसकेको गुनासो चिनियाँ पक्षले गर्दै आएको जानकारहरू बताउँछन्।

    महत्त्वपूर्ण

    तर उच्चस्तरीय राजनीतिक भ्रमणका माध्यमबाट नेपाललाई प्राथमिकता नदिएको जस्तो देखिए पनि पछिल्लो समय केही महत्त्वपूर्ण सम्झौतामा हस्ताक्षर गरेपछि चीनको सक्रियता नेपालमा बढ्न थालेको बताउनेहरू पनि छन्।

    परराष्ट्र मन्त्रालयका सूचना अधिकारी रामबाबु ढकाल भन्छन्, “चीनले द्विपक्षीय सम्बन्धलाई बढाउन विभिन्न तहका अधिकारीहरूको नेपाल भ्रमण भइरहेको छ र त्यो बढिरहेको छ।”

    ६ वर्षअघि चीनका तत्कालीन प्रधानमन्त्री वेन जिआबाओ करिब ५ घण्टाका लागि काठमाण्डू आएका थिए।

    अहिले प्रधानमन्त्री ओलीको दोस्रो चीन भ्रमणकै बेला वर्तमान राष्ट्रपति सी जिनपिङले नेपाल आउने निम्तो स्वीकारेमा त्यसले सकारात्मक सन्देश दिने विज्ञहहरूको भनाइ छ।

    BBC

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    बिहिबार, असार ०७, २०७५ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सुन तोलामा ४३ सयले घट्याे
    साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
    असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन तोलामा ४३ सयले घट्याे

    • २. साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’

    • ३. असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने

    • ४. नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ५. आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना

    • ६. चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु

    • ७. मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी

    धेरै पढिएको
    • १. गोरखाका मीनकुमार गुरुङविरुद्ध मुद्दा दायर

    • २. गाेरखामा गाँजा सहित ३ जना नियन्त्रणमा

    • ३. गोरखामा बेबारिसे महिलाकाे शव फेला

    • ४. ट्याक्टर चलाइरहेका बेला चक्कर लागेर ढलेका गोरखाका एक ट्याक्टर चालकको प्रहरीद्धारा उद्धार

    • ५. जन्मेका हामी नेपाली, भिजेर आफ्नै माटोमा

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.