×
मङ्गलबार, साउन १२, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

कांग्रेसका बरिष्ठ नेता श्रेष्ठको निधन
  • ३ मिनेट अघि

सुन तोलामा ४३ सयले घट्याे
  • ४ घण्टा अघि

साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
  • ८ घण्टा अघि

असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
  • ९ घण्टा अघि

नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • ९ घण्टा अघि

आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना
  • १० घण्टा अघि

चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु
  • १० घण्टा अघि

मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी
  • १० घण्टा अघि

धनगढीमा आत्मदाह प्रयास गरेकी युवतीको मृत्यु
  • १ दिन अघि

कांग्रेस जिल्ला सभापतिलाई ८ केन्द्रीय सदस्यको पत्र

  •  
  • बुधबार, असार ०६, २०७५ मा प्रकाशित
    Advertisement
    • अ
    • अ
    • अ
    • ‘नयाँ संरचना अनुसार तत्काल निर्वाचन थालौँ’

    नगेन्द्र अधिकारी

    असार ६, २०७५ हेटौंडा — कांग्रेसका ८ केन्द्रीय सदस्यले जिल्ला सभापतिहरुलाई पत्र लेखि नयाँ संरचना अनुसार तत्काल अधिवेशन गरी नेतृत्व चयनको विषयमा छलफल गराउन अनुरोध गरेका छन् ।

    स्थानीय, संघीय र प्रादेशकि निर्वाचन हुनु २ वर्ष अगाडि नै पार्टी अधिवेशनहरू सम्पन्न भइसक्ने परिपाटी निरन्तर रहने भन्दै महासमिति मार्फत् अधिवेधनको मिति तोक्न माग गरिएको हो।
    केन्द्रीय सदस्य चन्द्र भण्डारी, धनराज गुरुङ, गगन थापा, जीवन परियार, गुरुराज घिमिरे, प्रदिप पौडेल, रामकृष्ण यादव र किरण यादवले जिल्ला सभापतिहरुलाई पत्र लेख्दै पार्टीलाई तत्काल संघीय संरचनामा लगेर वडा, गाउ/नगरपालिका, प्रदेश र संघ सबै तहमा सबल सरकार वा छायाँ सरकारको भूमिका खेल्न सक्ने नेतृत्व स्थापित गर्नु आवश्यक भएको भन्दै भेलामा विषय उठाउन अनुरोध गरिएको हो।
    ‘पुरानै संरचना अनुसार नियमित समयमै महाधिवेशन गर्ने गरी बस्ने हो भने अहिलेको विधान अनुसार ७ प्रादेशिक समिति बाहेक हामीले केहि पनि बनाउन सक्दैनौँ, महासमिति मार्फत नयाँ संरचनामा गएनौँ भने महाधिवेशन पछि सुरु गर्दा अर्को स्थानीय निर्वाचनसम्म पनि हामीले संघीय संरचना अनुसार गतिविधि गर्न सक्दैनौँ,’ भेलामा प्रस्तुत दस्तावेजमा भनिएको छ, ‘वडा, गाउँपालिका, नगरपालिका, क्षेत्र, प्रदेशको अधिवेशन गर्न झण्डै १ वर्ष लाग्छ, यी तहको अधिवेशनको लागि केन्द्रीय महाधिवेशन नकुरौँ, महासमितिवाट संघीय विधान पारित गरी स्थानीय र प्रादेशिक तहको अधिवेशन प्रकृया अविलम्ब सुरु गरौँ।’
    २०७५ सम्ममा स्थानीय र प्रादेशिक तहको अधिवेशन सम्पन्न गर्न २०७६ मा केन्द्रीय महाधिवेशन गर्न सुझाव दिदै गठनलाई सबै स्थानीय तहमा जीवन्त बनाउने र सशक्त प्रतिपक्षको भुमिका हुने तर्क गरिएको छ।
    प्राविधिक कारणले मात्रै निर्वाचन नहारिएको भन्दै राजनीतिक विचार र सिद्धान्तले विजय प्राप्त गर्दैगर्दा राजनीतिक युद्ध जितेपनि चुनावी लडाईं हारिएको तर्क गरिएको छ।
    निर्वाचन पश्चात बसेको २०७५ बैशाख ११ गतेको केन्द्रीय कार्य समितिको समिक्षा बैठकमा ७ केन्द्रीय सदस्यले निर्वाचनको विस्तृत समीक्षा गर्दै पार्टी पुनर्निर्माणका सन्दर्भमा प्रस्ताव सहितको ५१ पृष्ठ लामो प्रतिवेदन बहसका लागि पेश गरेका थिए।
    दस्तावेजमा निर्वाचन पराजयको कारणको विश्लेषण, कम्युनिष्टको मतदर वृद्धिको कारण, विगतमा हामी कहाा चुक्यौं र पार्टीले अब तात्कालिक र दीर्घकालिन रुपमा लिनुपर्ने बाटोको सन्दर्भमा उल्लेख थियो।

    kantipurdaily

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    बुधबार, असार ०६, २०७५ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    कांग्रेसका बरिष्ठ नेता श्रेष्ठको निधन
    सुन तोलामा ४३ सयले घट्याे
    साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. कांग्रेसका बरिष्ठ नेता श्रेष्ठको निधन

    • २. सुन तोलामा ४३ सयले घट्याे

    • ३. साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’

    • ४. असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने

    • ५. नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ६. आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना

    • ७. चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु

    धेरै पढिएको
    • १. गोरखाका मीनकुमार गुरुङविरुद्ध मुद्दा दायर

    • २. गाेरखामा गाँजा सहित ३ जना नियन्त्रणमा

    • ३. गोरखामा बेबारिसे महिलाकाे शव फेला

    • ४. ट्याक्टर चलाइरहेका बेला चक्कर लागेर ढलेका गोरखाका एक ट्याक्टर चालकको प्रहरीद्धारा उद्धार

    • ५. जन्मेका हामी नेपाली, भिजेर आफ्नै माटोमा

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.