×
मङ्गलबार, साउन १२, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन तोलामा ४३ सयले घट्याे
  • २ घण्टा अघि

साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
  • ५ घण्टा अघि

असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
  • ७ घण्टा अघि

नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • ७ घण्टा अघि

आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना
  • ७ घण्टा अघि

चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु
  • ७ घण्टा अघि

मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी
  • ८ घण्टा अघि

धनगढीमा आत्मदाह प्रयास गरेकी युवतीको मृत्यु
  • १ दिन अघि

सुनसरीमा गएराती दुई पक्षबीचको झडप : अनिश्चितकालीन कर्फ्यु
  • १ दिन अघि

म महिला हुँ त के भो: ‘पुरुषसरह बक्सिङ खेल्छु

  •  
  • बुधबार, असार ०६, २०७५ मा प्रकाशित
    Advertisement
    • अ
    • अ
    • अ

    सुदूरपश्चिम बाजुराकी पुनम रावल बक्सिङकी राष्ट्रिय खेलाडी हुन्।

    व्यवहार नरम र स्वभाव लजालु। खेलकुदको यो चुनौतीपूर्ण विधामा भने नितान्त भिन्न रूप।

    सात वर्षदेखि निरन्तर बक्सिङ खेलिराखेकी रावलले आफूलाई राम्रो अन्तर्राष्ट्रिय खेलाडीका रूपमा स्थापित गरेकी छन्।

    अहिले उनी आसन्न एशियाली खेलकुद प्रतियोगितामा सहभागी हुन छानिएकी छन् र त्यसैका लागि तयारी गर्दैछिन्।

    उपहास र सम्मान

    विकट बाजुराकी यी चेलीलाई खेलकुदमा आफ्नो भविष्य बनाउन त्यति सहज थिएन। त्यसमाथि बक्सिङ खेल्न थालेको थाहा पाएर घरगाउँलेले उपहास पनि गरेका थिए।

    उनी भन्छिन्, “पहिला कतिले पागल भन्थे। अहिले गाउँमा मात्र हैन, पूरा देशमै सम्मान पाइएकी छु।”

    पुनम रावलपुनम भन्छिन् पुरुष सहकर्मी र अभिभावकको राम्रो साथ छ।

    सङ्घर्ष

    गाउँमा बक्सिङ प्रशिक्षक योगेन्द्र थापाले उनलाई बक्सिङको आधारभूत प्रशिक्षण दिएका थिए।

    राष्ट्रिय प्रतियोगिताको रूपमा रहेको लुम्बिनी च्याम्पियनशिपमा नेपाली सेनाकी खेलाडीविरुद्ध उत्कृष्ट प्रदर्शन गरेपछि उनलाई सेनामै भर्ना हुने निम्तो आयो।

    त्यो आकर्षक निम्तो थियो। त्यसैले आफ्नो बक्सिङ करिअरलाई नै नयाँ मोड दिएको रावल बताउँछिन्।

    “यसले केही गर्न सक्छे भनेर आँट र हिम्मत सेनाका अभिभावकहरूले सधैँ दिनुहुन्थ्यो। त्यसले मेरो आत्मविश्वास बढाउन महत्वपूर्ण भूमिका खेल्यो,” उनी भन्छिन्।

    पुनम रावलबक्सिङमा महिला खेलाडीहरु कम तर आँटिला छन्

    ‘कम छैनौँ’

    शारीरिक शक्ति अत्यन्त आवश्यक पर्ने अनि कुट्ने र कुटाइ खानुपर्ने बक्सिङ खेलको प्रकृति कतिले महिला सुहाउँदो मान्दैनन्।

    तर रावल त्यो मान्यतासँग विमति राख्छिन्।

    भन्छिन्, ” हामी महिला कुनै कुरामा पुरुष भन्दा कम छैनौँ। उनीहरू जति दौडिन्छन्, हामी पनि त्यति नै हो। प्रशिक्षण बराबरी नै हो। शक्तिमा पनि हामी कम छैनौँ।”

    रावलका अनुसार बक्सिङ खेल्दा पुरुष र महिला खेलाडीबीच प्रशिक्षणका बेला वा अरू व्यवहार र सुविधामा कुनै भेदभाव हुँदैन।

    सबैबाट सहयोग पाएको बताउँछिन्। भन्छिन्, “‍हामीलाई प्रशिक्षणमा सघाएकै छन्। कमजोरीहरू खुट्याइदिन्छन्।”

    लक्ष्य

    कुट्ने र कुटाइ खाने अनुभव बारे उनको भनाइ पनि रोचक छ।

    भन्छिन्, “बक्सिङ खेलाडी भएर पनि अलिअलि कुटाइ सहन सकिएन भने के बक्सिङ खेलाडी? अनि कुट्ने बेला माया गर्न थाल्यो भने कसरी जित्ने?”

    राष्ट्रिय च्याम्पियन रावलसँग केही अन्तर्राष्ट्रिय प्रतियोगिताको अनुभव छ।

    भारतबाट गएको वर्ष उनले कास्य पदक जितेकी थिइन्।

    उनको अबको लक्ष्य – इन्डोनेशियामा हुने एशियाली खेलकुदमा पदक जित्ने।

    भन्छिन्, ” विपक्षीको पनि दुई हात हो र हाम्रो पनि। मेहनत र भाग्यले साथ दिए इन्डोनेशियाबाट पदक लिएर आइन्छ।”

    BBC

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    बुधबार, असार ०६, २०७५ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सुन तोलामा ४३ सयले घट्याे
    साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
    असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन तोलामा ४३ सयले घट्याे

    • २. साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’

    • ३. असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने

    • ४. नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ५. आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना

    • ६. चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु

    • ७. मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी

    धेरै पढिएको
    • १. गोरखाका मीनकुमार गुरुङविरुद्ध मुद्दा दायर

    • २. गाेरखामा गाँजा सहित ३ जना नियन्त्रणमा

    • ३. गोरखामा बेबारिसे महिलाकाे शव फेला

    • ४. ट्याक्टर चलाइरहेका बेला चक्कर लागेर ढलेका गोरखाका एक ट्याक्टर चालकको प्रहरीद्धारा उद्धार

    • ५. जन्मेका हामी नेपाली, भिजेर आफ्नै माटोमा

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.