×
मङ्गलबार, साउन १२, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन तोलामा ४३ सयले घट्याे
  • २ घण्टा अघि

साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
  • ५ घण्टा अघि

असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
  • ७ घण्टा अघि

नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • ७ घण्टा अघि

आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना
  • ७ घण्टा अघि

चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु
  • ८ घण्टा अघि

मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी
  • ८ घण्टा अघि

धनगढीमा आत्मदाह प्रयास गरेकी युवतीको मृत्यु
  • १ दिन अघि

सुनसरीमा गएराती दुई पक्षबीचको झडप : अनिश्चितकालीन कर्फ्यु
  • १ दिन अघि

अमेरिकाः नेपालीसहित अवैध आप्रवासी पक्राउ

  •  
  • बुधबार, असार ०६, २०७५ मा प्रकाशित
    Advertisement
    • अ
    • अ
    • अ

    ट्रम्प प्रशासनले आप्रवासनसम्बन्धी नीतिमा कडाइ गरेपछि कम्तीमा १८ नेपालीसहित करिब ८० जना दक्षिण एसियालीहरूलाई पक्राउ गरिएको ओरेगनको एउटा कारागारमा राखिएको अधिकारवादी संघसंस्थाले जनाएका छन्।

    मध्यमस्तरको सेरिडन संघीय जेलमा राखिएका आप्रवासीमध्ये पूर्वी भारतका ५२ जना र नेपालका १८ जना रहेको बताइएको छ।

    त्यसबाहेक पाँचजना चिनियाँ र ३० जना मध्य-अमेरिकी देशहरूका आप्रवासी रहेको एसियन प्यासिफिक नेटवर्क अफ ओरेगन नामक संस्थाले स्थानीय सञ्चारमाध्यमलाई उद्धृत गर्दै जानकारी दिएको छ।

    सो संस्थाले इनोभेसन ल ल्याब नामक अर्को संस्थासँग मिलेर थुनामा राखिएका आप्रवासीहरूलाई सहायता गर्ने प्रयास गरिरहेको बताएको छ।

    एक्लाएक्लै

    एउटा प्रेस विज्ञप्तिमा एसियन प्यासिफिक नेटवर्क अफ ओरेगनले भनेको छ, पक्राउ गरिएकाहरूलाई एक्लाएक्लै राखिएको छ र कानूनी अधिकारबाट उनीहरूलाई वञ्चित गरिएको छ।

    उसका अनुसार उनीहरूलाई अनुवादकसँग सीमित पहुँच दिइएको छ र अहिलेको व्यवस्था अनुसार उनीहरूमाथि दुर्व्यवहार हुन सक्ने अवस्था छ।

    चार दिनअघि अमेरिकी सांसदहरूको एउटा प्रतिनिधिमण्डलले उक्त कारागारको भ्रमण गरेको थियो।

    त्यसमा रहेकी सांसद सुजन बोनामिचीले तारवारले घेरिएको उक्त जेलमा कडा सुरक्षा रहेको र त्यहाँस्थित आप्रवासीहरूसँग आफूले कुराकानी गरेको बताएकी छन्।

    उनका अनुसार पक्राउ गरिएकाहरूले आफ्ना देशमा हिंसा वा गलत रूपमा कारबाही खेप्ने जोखिम रहेकाले शरण लिन अमेरिका प्रवेश गरेको बताएका थिए।

    पीडादायी

    पक्राउ गरिएकाहरूलाई उनीहरूका भाषाका आधारमा समूह बनाएर राखिएको र उनीहरूमध्ये धेरैले वकिलसँग आफूलाई कुराकानी गर्न नदिएको बताएको बोनामिचीले जनाएकी छन्।

    सेरिडानमा बन्दी बनाइएका शिख समुदायका मानिसहरूले सांसदहरूलाई भारतमा आफूहरूलाई धार्मिक पृष्ठभूमिका कारण अप्ठेरो रहेको उल्लेख गर्दै शरण खोज्न आएको बताएका थिए।

    बोनामिचीको वेबसाइटमा राखिएको विज्ञप्तिमा भनिएको छ, “हामीले सुनेका कथाहरू मन छुने र पीडादायी थिए। शरण खोज्ने अधिकार भए पनि उनीहरूलाई अपराधीसरह व्यवहार गरिएको छ जुन गलत हो।”

    उनले त्यहाँ रहेका नेपाली बन्दीहरूसँग पनि आफूहरूले कुराकानी गरेको उल्लेख गरेकी छन्।

    ट्विटर

    वाशिङटन डिसीस्थित नेपाली राजदूत अर्जुनकुमार कार्कीले पक्राउ परेको भनिएका नेपालीबारे दूतावाससँग कुनै पनि जानकारी नभएको बीबीसीलाई बताए।

    जोखिम

    एउटा स्थानीय अनलाइन ओरेगन लाइभ डट कमका अनुसार ती आप्रवासीहरूलाई भेट्ने प्रयास गरेका वकिलहरूलाई संघीय अधिकारीहरूले सोमवार तेस्रो पटक पनि भेटघाट गर्न दिएनन्।

    आप्रवासीहरूको अधिकारको पक्षमा ओरेगनमा कार्यरत एउटा संस्था काउसकी कार्यकारी निर्देशक एन्ड्रिया विलियम्सले पक्राउ परेका आप्रवासीहरू जोखिममा रहेको बीबीसीलाई बताइन्।

    “उनीहरूलाई धार्मिक समुदायका नेता, वकिल वा अधिकारकर्मी कसैसँग भेटघाट गर्न दिइएको छैन। कतिपयलाई चोटपटक लागेको वा उनीहरू बिरामी भएका विवरण पनि आएका छन्। तर उनीहरूले औषधोपचार पनि नपाएको अवस्था रहेको हामीले थाहा पाएका छौँ।”

    ट्रम्पले गैरकानूनी रूपमा अमेरिका प्रवेश गर्न खोज्ने शरणार्थीविरुद्ध शून्य सहनशीलताको नीति लिएको घोषणा गरेपछि हालैका दिनमा सीमामा कडाइ गरिएको छ।

    हालैका हप्ताहरूमा मेक्सिकोको सीमा क्षेत्र हुँदै अमेरिका प्रवेश गर्न खोज्ने अभिभावक र उनीहरूका बच्चालाई अलग गरी कारबाही अघि बढाइएको भन्दै राष्ट्रसंघसहितका निकायले उनको आलोचना गरिरहेका छन्।

    प्रयास

    हालैका वर्षहरूमा मेक्सिकोको बाटो हुँदै अवैध रुपमा अमेरिका प्रवेश गर्न खोज्ने दक्षिण एसियालीहरूको संख्या बढ्दै गएको बताइन्छ।

    द लस एन्जलस टाइम्सका अनुसार सन् २०१६ को अगस्टअघिको ११ महिनामा मात्रै ४ हजार भन्दा बढी बांग्लादेशी, भारतीय, नेपाली र पाकिस्तानीहरूले उक्त बाटो हुँदै अमेरिका प्रवेश गर्ने प्रयास गरेका थिए।

    त्यसको सात वर्षअघि उक्त संख्या २२५ मात्रै रहेको उक्त अखबारले जनाएको छ।

    अमेरिकी सीमा अधिकारीहरूलाई उद्धृत गर्दै उक्त अखबारले त्यसबेला अवैध रुपमा प्रवेश गर्न खोज्ने ३६ सयभन्दा बढी आप्रवासीलाई पक्राउ गरिएको उल्लेख गरेको छ।

    BBC

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    बुधबार, असार ०६, २०७५ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सुन तोलामा ४३ सयले घट्याे
    साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
    असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन तोलामा ४३ सयले घट्याे

    • २. साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’

    • ३. असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने

    • ४. नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ५. आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना

    • ६. चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु

    • ७. मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी

    धेरै पढिएको
    • १. गोरखाका मीनकुमार गुरुङविरुद्ध मुद्दा दायर

    • २. गाेरखामा गाँजा सहित ३ जना नियन्त्रणमा

    • ३. गोरखामा बेबारिसे महिलाकाे शव फेला

    • ४. ट्याक्टर चलाइरहेका बेला चक्कर लागेर ढलेका गोरखाका एक ट्याक्टर चालकको प्रहरीद्धारा उद्धार

    • ५. जन्मेका हामी नेपाली, भिजेर आफ्नै माटोमा

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.