×
मङ्गलबार, साउन १२, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

कांग्रेसका बरिष्ठ नेता श्रेष्ठको निधन
  • ३ मिनेट अघि

सुन तोलामा ४३ सयले घट्याे
  • ४ घण्टा अघि

साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
  • ८ घण्टा अघि

असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
  • ९ घण्टा अघि

नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • ९ घण्टा अघि

आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना
  • १० घण्टा अघि

चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु
  • १० घण्टा अघि

मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी
  • १० घण्टा अघि

धनगढीमा आत्मदाह प्रयास गरेकी युवतीको मृत्यु
  • १ दिन अघि

नयाँ उपकरण थप्दै क्यान्सर अस्पताल

  •  
  • बुधबार, असार ०६, २०७५ मा प्रकाशित
    Advertisement
    • अ
    • अ
    • अ

     चितवनस्थित बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा नयाँ उपकरण खरीद र जडान प्रक्रिया अगाडि बढाइएको छ ।

    अठार वर्षअघि स्थापना भएको सो अस्पतालमा पुराना उपकरणले काम नगर्दा र नयाँ उपकरण नथपिँदा बिरामी सेवाका लागि अन्य निजी अस्पतालमा जान बाध्य हुँदै आएका छन् ।

    चीन सरकारको सहयोगमा एशियाकै नमूना अस्पतालको रुपमा विकास गर्ने उद्देश्यले स्थापना गरिएको यस अस्पतालका अधिकांश विभागका उपकरण पुराना हुँदै गएका छन् ।

    नेपाल सरकारको सीमित बजेटमा हरेक वर्ष अत्यावश्यक उपकरण थपिँदै गएको भए पनि अपेक्षाकृत ढंगबाट उपकरण थप्न नसक्दा बिरामीले सोचे अनुरुपको सेवा पाउन सकेका छैनन् ।

    अस्पतालका कार्यकारी निर्देशक डा विजयचन्द्र आचार्यका अनुसार रु नौ करोडको लागतमा खरीद गरिएको सिटी सिमुलेटर र रु अठार करोडको लागतमा खरीद गरिएको लिन्याक मेशिन जडानका क्रममा छ । शरीरमा देखिएको क्यान्सर रोकथामका लागि सेकाइ गर्नुअघि कहाँ सेकाइ गर्ने भनेर तयारी गर्ने सिटी सिमुलेटर अस्पताल स्थापनाका बेला जडान गरिएको थियो ।

    आचार्यका अनुसार सन् २००८ मा सम्बन्धित कम्पनीले उपकरण पुरानो भएको भन्दै प्रयोग नगर्न र नयाँ खरीद गर्न सुझाव दिएको थियो ।

    बजेट अभावमा सोही उपकरण प्रयोग हुँदै आएकोमा नयाँ उपकरण आउने भएपछि झण्डै एक महिना अघिबाट पुरानो उपकरण हटाइएको छ ।

    करिब एक सातामा सिमुलेटर सञ्चालनमा आउने उहाँले बताउनुभयो । अत्याधुनिक प्रविधिको फिलिप्स कम्पनीको उपकरण ल्याइएको आचार्यले बताउनुभयो ।

    अस्पतालले रेडियो थेरापि (सेकाइ)का लागि अमेरिकाको म्यारियन कम्पनीको लिन्याक उपकरण झिकाएको हो । अस्पतालमा हाल लिन्याक एउटा र कोभाल्ट एउटा गरी दुईवटा रेडियोथेरापिका उपकरण छन् । जसका कारण बिरामीले तीन महिना कुरेर रेडियोथेरापी गर्न बाध्य भएका छन् ।

    थप लिन्याक उपकरण जडान भएपछि एकदेखि डेढमहिनामा बिरामीको पालो पाउने उहाँले बताउनुभयो । पालो नकुरी रेडियोथेरापी गर्न अरु तीन वटा लिन्याक उपकरण थप्नुपर्ने आचार्यले बताउनुभयो ।

    हाल जडानमा रहेको उपकरण तीन साताभित्रमा सञ्चालनमा आउने उहाँले बताउनुभयो ।

    अस्पतालले एनेस्थेसियाको अत्याधुनिक दुई थान भेन्टिलेटर पनि खरीद गरी सञ्चालनमा ल्याएको छ भने बिरामीलाई रगत दिँदा छुटा्याएर आवश्यक रगत दिनसक्ने प्लेटलेट्स थेरेसीस पनि सञ्चालनमा ल्याएको छ ।

    विसं २०५७ मा स्थापना भएको यस अस्पतालबाट वार्षिक एक लाख ३० हजारले सेवा लिँर्दै आएका छन् । जसमध्ये आठ हजार भन्दा बढी क्यान्सरका विरामी छन् । अस्पतालमा हाल २२५ श्यया सञ्चालनमा छ । नेपालका प्रायः सबै जिल्ला र भारतीय सीमाक्षेत्रबाट पनि उपचारका लागि यहाँ बिरामी आउने गर्छन् ।

    रासस

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    बुधबार, असार ०६, २०७५ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    कांग्रेसका बरिष्ठ नेता श्रेष्ठको निधन
    सुन तोलामा ४३ सयले घट्याे
    साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. कांग्रेसका बरिष्ठ नेता श्रेष्ठको निधन

    • २. सुन तोलामा ४३ सयले घट्याे

    • ३. साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’

    • ४. असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने

    • ५. नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ६. आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना

    • ७. चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु

    धेरै पढिएको
    • १. गोरखाका मीनकुमार गुरुङविरुद्ध मुद्दा दायर

    • २. गाेरखामा गाँजा सहित ३ जना नियन्त्रणमा

    • ३. गोरखामा बेबारिसे महिलाकाे शव फेला

    • ४. ट्याक्टर चलाइरहेका बेला चक्कर लागेर ढलेका गोरखाका एक ट्याक्टर चालकको प्रहरीद्धारा उद्धार

    • ५. जन्मेका हामी नेपाली, भिजेर आफ्नै माटोमा

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.