×
मङ्गलबार, साउन १२, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन तोलामा ४३ सयले घट्याे
  • ३४ मिनेट अघि

साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
  • ४ घण्टा अघि

असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
  • ५ घण्टा अघि

नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • ६ घण्टा अघि

आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना
  • ६ घण्टा अघि

चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु
  • ६ घण्टा अघि

मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी
  • ६ घण्टा अघि

धनगढीमा आत्मदाह प्रयास गरेकी युवतीको मृत्यु
  • १ दिन अघि

सुनसरीमा गएराती दुई पक्षबीचको झडप : अनिश्चितकालीन कर्फ्यु
  • १ दिन अघि

कक्षा ११ र १२ मा याे वर्ष किन लागू हुन सकेन नयाँ पाठ्यक्रम ?

  •  
  • मङ्गलबार, असार ०५, २०७५ मा प्रकाशित
    Advertisement
    • अ
    • अ
    • अ

    सुदीप कैनी

    असार ५, २०७५ काठमाडौँ — कक्षा ११ र १२ का लागि तयार पारिएको राष्ट्रिय पाठ्यक्रम एक वर्ष परीक्षण गरेपछि मात्रै पूर्ण कार्यान्वयनमा ल्याइने भएको छ । नयाँ पाठ्यक्रम २०७६ को शैक्षिक सत्रबाट कार्यान्वयनमा ल्याइने पाठ्यक्रम विकास केन्द्रले जनाएको छ ।

    नयाँ पाठ्यक्रमबारे विवाद बढेपछि राष्ट्रिय पाठ्यक्रम तथा मूल्यांकन परिषद्ले तत्कालका लागि परीक्षणका रूपमा मात्रै कार्यान्वयन गर्ने निर्णय सोमबार गरेको हो। शिक्षाविद्, गणित/विज्ञानका विषयविज्ञ, निजी शैक्षिक संस्था र पुस्तक प्रकाशकहरूले यसै वर्षदेखि नयाँ पाठ्यक्रम लागू गर्ने निर्णयको विरोध गरेका थिए।

    गणित र विज्ञान विषय आवश्यकताअनुसार नसमेटिएको विज्ञहरूको भनाइ थियो भने निजी विद्यालय सञ्चालक र पुस्तक प्रकाशकहरूले तयारीपछि मात्रै कार्यान्वयनमा ल्याउन दबाब दिएका थिए। शिक्षाविद्हरूले समेत हतारमा पाठ्यक्रम कार्यान्वयन गर्न लागिएको भन्दै विरोध जनाएपछि रोकिएको हो।

    ‘केही विद्यालयमा नमुनाका रूपमा नयाँ पाठ्यक्रम लागू गर्छौं,’ परिषदका सदस्यसचिव कृष्णप्रसाद काप्रीले भने, ‘एक वर्षसम्म बहस छलफल गरेर मात्रै अब यो कार्यान्वयनमा आउनेछ।’ यसअघि केन्द्रले कक्षा ११ को पाठ्यक्रम आगामी साउनबाट लागू गर्ने तयारी गरेको थिथो।

    ‘विषयअनुसार पाठ्यक्रमहरू बन्ने क्रममा छन्। एक वर्षसम्म सबै विषयका पाठ्यक्रम, पाठ्यपुस्तक र शैक्षिक सामग्री उत्पादन गरेर आगामी वर्षबाट पूर्ण कार्यान्वयनमा जान्छौं,’ उनले भने।

    परिषदको नयाँ निर्णयअनुसार कक्षा ११ को साउनबाट सुरु हुने शैक्षिक सत्रमा पुरानै पाठ्यक्रमअनुसार पठनपाठन हुने भएको छ। परिषद् बैठकमा शिक्षामन्त्री गिरिराजमणि पोखरेलले विज्ञसँग छलफल गर्न एक वर्षका लागि पाठ्यक्रमलाई परीक्षणका रूपमा लागू गर्न सुझाव दिएका थिए।

    ‘पाठ्यक्रम सबैको साझा विषय हो। बृहत्तर छलफल गरेर मात्रै लागू गरिनुपर्छ,’ उनले भने, ‘असन्तुष्टि पनि समेटेर लैजानुपर्छ।’ पाठ्यक्रमबाट गणित र विज्ञान विषय हटाइएको भनेर भ्रम छरिएको मन्त्रीले दाबी गरे। नयाँ पाठ्यक्रमबारे स्थानीय तहसम्म छलफल चलाएर कार्यान्वयनमा जाँदा उपयुक्त हुने पोखरेलले बताए। केन्द्रका प्रमुख काप्रीले सबै विद्यार्थीले गणित पढ्न पाउने गरी बाटो खुल्ने बताए। कक्षा ११ र १२ मा अहिलेकै पाठ्यक्रममा पनि अनिवार्य विज्ञान र गणित छैन। कतिपय शिक्षक/विद्यार्थीले जागिर जोगाउन गणितको मुद्दा बढी उठाएको नयाँ पाठ्यक्रम निर्माणमा संलग्नहरूको आरोप छ।

    ‘कक्षा ११ मा साढे ३ लाख विद्यार्थी पढ्छन्, तीमध्ये निकै थोरै मात्र विज्ञान पढ्ने विद्यार्थी छन्,’ परिषदका एक सदस्यले भने, ‘सबैलाई गणित र विज्ञानको बोझ बोकाउन हुँदैन।’

    kantipurdaily

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    मङ्गलबार, असार ०५, २०७५ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सुन तोलामा ४३ सयले घट्याे
    साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
    असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन तोलामा ४३ सयले घट्याे

    • २. साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’

    • ३. असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने

    • ४. नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ५. आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना

    • ६. चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु

    • ७. मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी

    धेरै पढिएको
    • १. गोरखाका मीनकुमार गुरुङविरुद्ध मुद्दा दायर

    • २. गाेरखामा गाँजा सहित ३ जना नियन्त्रणमा

    • ३. गोरखामा बेबारिसे महिलाकाे शव फेला

    • ४. ट्याक्टर चलाइरहेका बेला चक्कर लागेर ढलेका गोरखाका एक ट्याक्टर चालकको प्रहरीद्धारा उद्धार

    • ५. जन्मेका हामी नेपाली, भिजेर आफ्नै माटोमा

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.