×
मङ्गलबार, साउन १२, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन तोलामा ४३ सयले घट्याे
  • २ घण्टा अघि

साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
  • ५ घण्टा अघि

असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
  • ७ घण्टा अघि

नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • ७ घण्टा अघि

आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना
  • ७ घण्टा अघि

चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु
  • ८ घण्टा अघि

मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी
  • ८ घण्टा अघि

धनगढीमा आत्मदाह प्रयास गरेकी युवतीको मृत्यु
  • १ दिन अघि

सुनसरीमा गएराती दुई पक्षबीचको झडप : अनिश्चितकालीन कर्फ्यु
  • १ दिन अघि

थप हवाई प्रवेश मार्ग: तीन मुख्य फाइदा

  •  
  • शनिबार, असार ०२, २०७५ मा प्रकाशित
    Advertisement
    • अ
    • अ
    • अ

    नेपालले थप हवाई प्रवेश मार्गको अनुमती दिन भारतसमक्ष लामो समयदेखि राख्दै आएको प्रस्तावबारे काठमाण्डूमा बिहीवारदेखि सुरु द्वीपक्षीय छलफल थप लम्बिएको छ।

    भारतले अन्य हवाई प्रवेश मार्ग दिएमा उडान खर्च र समय घट्नुका साथै हवाई ट्राफिक जामको समस्या सहज हुने नेपाली अधिकारीहरु बताउँछन्।

    चीनबाट आउने विमान सगरमाथा आसपास क्षेत्र र भुटानबाट आउने विमानको निम्ति मेचीलाई प्रवेश मार्ग तोकिएको छ।

    तर त्रिभुवन विमानस्थलका अनुसार ९० प्रतिशत अन्तर्राष्ट्रिय उडान सिमरा हुँदै काठमाण्डू भित्रिन्छन्।

    बाध्यता

    भारतले अन्य हवाई प्रवेश मार्ग दिएमा हुने लाभबारे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक राजकुमार क्षेत्री भन्छन्, “पूर्व काँकडभिट्टामाथिबाट तथा विराटनगरबाट छिर्नुपर्ने जहाज सिमराबाट छिर्नुपर्ने हुनाले बढि समय र ईन्धन खपत भयो। हामीले जुन नेपालगंजबाट प्रवेश माग गरेका छौं, त्यसबाट प्रवेश गर्दा धेरै समय र ईन्धन बचत हुन्छ।”

    पूर्व काँकडभिट्टामाथिबाट, विराटनगरबाट छिर्नुपर्ने जहाज सिमराबाट छिर्नुपर्ने हुनाले बढि समय र ईन्धन खपत भयो। हामीले जुन नेपालगंजबाट प्रवेश माग गरेका छौं, त्यसबाट प्रवेश गर्दा धेरै समय र ईन्धन बचत हुन्छ

    राजकुमार क्षेत्री, महाप्रबन्धक, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल

    हवाई ट्राफिक जामका कारण उडान तालिका प्रभावित हुनुका साथै आकाशमै विमान ‘होल्ड’ गर्नु पर्ने बाध्यता छ। थप रुट पाएमा त्यसको व्यवस्थापन समेत सहज हुने महाप्रबन्धक क्षेत्री बताउँछन्।

    उनले भने, “सिमराबाट काठमाण्डू विमानस्थलको दुरी कम छ। कम समयमा लेभल मिलाउनुपर्ने हुन्छ। सबै जहाज नेपाल छिरेपछि हामीले ल्याण्ड गराउनुपर्ने वा होल्ड गराउनुपर्ने बाध्यता छ। तर बिराटनगर रुट, जनकपुर रुट र नेपालगंज रुट पायौं भने त हाम्रो चार तीरबाट जहाज प्रवेश गर्न सक्छ।”

    पाँच वर्षदेखि नेपालले अघि बढाएको प्रस्तावबारे छलफल अघि बढाउन भारतीय प्रधानमन्त्रीको हालैको नेपाल भ्रमणका क्रममा सहमति भएको थियो।

    विमानस्थल

    आशावादी

    त्यसले पनि नेपाली अधिकारीहरु केही आशावादी देखिन्छन्।

    सहमति भएमा कार्यन्वयनमा आउने प्रक्रियाबारे नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक सञ्जिव गौतम भन्छन्, “कुनै नयाँ रुट खुल्यो भने त्यसको सुरक्षाको पूर्व समिक्षा गर्नुपर्छ। त्यसपछि पनि ५६ दिनसम्मको ‘एअर्याक’ प्रणालीमा हाल्नुपर्छ विश्वव्यापी गराउन। अन्तराष्ट्रिय मापदण्ड अनुसार त ५/६ महिनासम्म लाग्नसक्छ।”

    कुनै नयाँ रुट खुल्यो भने त्यसको सुरक्षाको पूर्व समिक्षा गर्नुपर्छ। त्यसपछि पनि ५६ दिनसम्मको ‘एअर्याक’ प्रणालीमा हाल्नुपर्छ विश्वव्यापी गराउन। अन्तराष्ट्रिय मापदण्ड अनुसार त ५/६ महिनासम्म लाग्नसक्छ

    सञ्जिव गौतम, महानिर्देशक, उड्डयन प्राधिकरण

    नेपालले विराटनगर, जनकपुर, भैरहवा र नेपालगञ्जबाट पनि विदेशी विमान नेपाल भित्रिन दिन भारतसँग आग्रह गर्दै आएको छ।

    नेपालले मागेका केही प्रवेश बिन्दू नजिक आफ्नो भूभागमा सुरक्षा फौजका इकाइ रहेको भन्दै भारतले आनाकानी गर्ने गरेको नेपाली अधिकारीहरु अनुभव सुनाउँछन्।

    तर सहसचिवस्तरीय बैठक भए लगत्तै हुने भनिएको दुवै देशका प्राविधिक समितिको बैठक डेढ वर्षपछि जुरेको हो।

    BBC

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    शनिबार, असार ०२, २०७५ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सुन तोलामा ४३ सयले घट्याे
    साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
    असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन तोलामा ४३ सयले घट्याे

    • २. साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’

    • ३. असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने

    • ४. नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ५. आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना

    • ६. चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु

    • ७. मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी

    धेरै पढिएको
    • १. गोरखाका मीनकुमार गुरुङविरुद्ध मुद्दा दायर

    • २. गाेरखामा गाँजा सहित ३ जना नियन्त्रणमा

    • ३. गोरखामा बेबारिसे महिलाकाे शव फेला

    • ४. ट्याक्टर चलाइरहेका बेला चक्कर लागेर ढलेका गोरखाका एक ट्याक्टर चालकको प्रहरीद्धारा उद्धार

    • ५. जन्मेका हामी नेपाली, भिजेर आफ्नै माटोमा

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.