×
मङ्गलबार, साउन १२, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन तोलामा ४३ सयले घट्याे
  • २ घण्टा अघि

साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
  • ५ घण्टा अघि

असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
  • ७ घण्टा अघि

नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • ७ घण्टा अघि

आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना
  • ७ घण्टा अघि

चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु
  • ८ घण्टा अघि

मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी
  • ८ घण्टा अघि

धनगढीमा आत्मदाह प्रयास गरेकी युवतीको मृत्यु
  • १ दिन अघि

सुनसरीमा गएराती दुई पक्षबीचको झडप : अनिश्चितकालीन कर्फ्यु
  • १ दिन अघि

श्रमजीवी ऐन कार्यान्वयन पक्ष फितलो

  •  
  • शनिबार, असार ०२, २०७५ मा प्रकाशित
    Advertisement
    • अ
    • अ
    • अ

    मधुसुधन तिमल्सिना

    काभ्रे, असार  २ गते  । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले श्रमजीवी पत्रकार ऐन कार्यान्वयनलाई प्रभावकारी बनाउन सबै पक्षबाट ध्यान दिन आवश्यक रहेको बताउनुभएको छ । श्रमजीवी पत्रकार ऐनको कार्यान्वयन एक पक्षबाट मात्र सम्भव नभएकाले सबै पक्षको सहयोग आवश्यक रहेको उहाँको भनाइ थियो ।
    न्यूनत्म पारिश्रमिक निर्धारण समितिले शुक्रबार धुलिखेलमा गरेको प्रदेशस्तरीय श्रमजीवी पत्रकार ऐन कार्यान्वयनमा समस्या र समाधानका उपायहरू विषयक अन्तरक्रिया कार्यक्रममा मन्त्री बाँस्कोटाले श्रमजीवीको पक्षमा आफू पूर्ण सहमत रहेको बताउनुहुँदै तत्काल आवश्यक ऐन निर्माणमा प्राथमिकता दिन सरोकारवालाहरुको ध्यानकर्षण गराउनुभयो ।
    उहाँले भन्नुभयो “अब भाषण र बोलीमा मात्र कुरा नउठाउनुहोस्, के के कानुन तत्कालका लागि चाहिने हो त्यो त्यो लागू गराऔँ । बहसलाई कानुनतर्फ बदल्ने छलफल गरौँ ।”
    उहाँले श्रमजीवी ऐन कार्यान्वयन पक्ष फितलो भएकाले यसको पुनःसंरचना वा भएकामध्ये कसलाई अधिकार सम्पन्न बनाएर दिन सकिन्छ त्यसतर्फ पनि सोच्नुपर्ने अवस्था रहेको बताउनुभयो ।
    ऐन मात्र बनाएर भएन यसको कार्यान्वयन भए नभएको हेर्ने निकाय अधिकार सम्पन्न नहुँदा समस्या देखिएको छ । मन्त्री बाँस्कोटाले भन्नुभयो, ‘यसका लागि काउन्सिललाई बलियो बनाएर लैजाने वा श्रम अदालत जाने या काउन्सिललाई अर्ध अदालत बनाएर लैजाने । यो विषयमा छिटो गरौँ ढिलो नगरौँ भन्ने हो ।’
    कार्यक्रमा नेपाल पत्रकार महासङ्घका अध्यक्ष गोविन्द्र आचार्यले भन्नुभयो “तीन कारणले समस्या रहेको छ । पहिलो नियुक्ति पत्र नलिइ काम गर्ने पत्रकारका कारण, दोस्रो मिडिया सञ्चालक जति लगानी गरे पनि श्रमजीवीलाई शोषणमा राख्न चाहन्छ र तेस्रो राज्यपक्ष जसले रजिष्टारलाई अधिकार दिएको छ तर समस्याको समाधानका लागि श्रम कार्यालयलाई चिठी लेख्न सक्दैन ।” उहाँले कुनै निश्चित कार्यालयलाई अनुगमन र कारवाहीको अधिकार पूर्ण दिन सके मात्र श्रमजीवी पत्रकार पूर्ण कार्यान्वयन हुने बताउनुभयो ।
    न्युनतम पारिश्रमिक निर्धारण समितिका पूर्वअध्यक्ष डा. सुरेश आचार्यले पत्रकारहरु जति पैसा भए पनि काम गर्न जाने र वर्षाैं वितिसक्दा समेत तलब नलिई काम गर्ने समस्या पुरानो भएकाले पत्रकार र सञ्चार माध्यम दुवैका कारण ऐन कार्यान्वयनमा समस्या भएको बताउनुभयो ।
    न्युनतम पारिश्रमिक निर्धारण समितिका अध्यक्ष गंगाधर पराजुलीले सबै सञ्चारमाध्यमहरुमा श्रमजीवी ऐन कार्यान्वयनका लागि खवरदारी गरेको बताउनुभयो ।

    gorkhapatraonline

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    शनिबार, असार ०२, २०७५ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सुन तोलामा ४३ सयले घट्याे
    साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
    असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन तोलामा ४३ सयले घट्याे

    • २. साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’

    • ३. असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने

    • ४. नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ५. आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना

    • ६. चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु

    • ७. मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी

    धेरै पढिएको
    • १. गोरखाका मीनकुमार गुरुङविरुद्ध मुद्दा दायर

    • २. गाेरखामा गाँजा सहित ३ जना नियन्त्रणमा

    • ३. गोरखामा बेबारिसे महिलाकाे शव फेला

    • ४. ट्याक्टर चलाइरहेका बेला चक्कर लागेर ढलेका गोरखाका एक ट्याक्टर चालकको प्रहरीद्धारा उद्धार

    • ५. जन्मेका हामी नेपाली, भिजेर आफ्नै माटोमा

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.