हरी कार्की लक्की÷चितवन
जेष्ठ २९ गते । नारायणघाटमा नक आउट महिला फुटसल प्रतियोगिता हुने भएको छ । बिशाल इभेन्ट चितवनको आयोजनामा नक आउट महिला फुटसल प्रतियोगितामा १५ टिमले सहभागिता जनाउने आयोजकले जनाएको छ ।
बिशाल इभेन्टका एमडी बिशाल गुरुङका अनुसार यही असार २ गते शनिबारबाट हुने नक आउट महिला फुटसल प्रतियोगितामा काठमाण्डौ ,पोखरा ,चितवन र नवलपरासीका महिला टीमहरुको सहभागि हुने छ ।
प्रतियोगितामा विजेता टिमले प्रथम पुरस्कार नगद २५ हजार सहित मेडल र ट्रफि , द्धित्तिय पुरस्कार नगद १५ हजार सहित मेडल र ट्रफी , उत्कृष्ट खेलाडी नगद १५ सय सहित ट्रफी, उत्कृस्ट गोलकिपर नगद १५ सय सहित ट्रफी साथै सर्वा्धिक गोलकर्ता नगद १५ सय सहित ट्रफी प्राप्त गर्ने छन् ।
प्रतियोगिताको मुख्य प्रायोजनको रुपमा नारायणघाटको एई ग्लोबल एजुकेशन भिषा चितवन रहेको छ ।




















