×
मङ्गलबार, साउन १२, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

कांग्रेसका बरिष्ठ नेता श्रेष्ठको निधन
  • ४९ मिनेट अघि

सुन तोलामा ४३ सयले घट्याे
  • ५ घण्टा अघि

साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
  • ८ घण्टा अघि

असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
  • १० घण्टा अघि

नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १० घण्टा अघि

आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना
  • १० घण्टा अघि

चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु
  • ११ घण्टा अघि

मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी
  • ११ घण्टा अघि

धनगढीमा आत्मदाह प्रयास गरेकी युवतीको मृत्यु
  • १ दिन अघि

ट्रम्प र किमबीच चार बुँदे सम्झौता [पूर्णपाठसहित]

  •  
  • मङ्गलबार, जेठ २९, २०७५ मा प्रकाशित
    Advertisement
    • अ
    • अ
    • अ

    सिंगापुर — अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाका सर्वोच्च नेता किम जोङ उनले चार बुँदे ‘बृहत्’ सम्झौता-पत्रमा हस्ताक्षर गरेका छन् । मंगलबार सिंगापुरमा भएको वार्तापछि कोरियन प्रायद्वीपलाई आणविक हतियार मुक्त क्षेत्र बनाउनुका साथै अमेरिका र कोरियाबीच नयाँ सम्बन्ध स्थापित गर्न दुई नेताले सम्झौता-पत्रमा हस्ताक्षर गरेका हुन् ।


    सीएनएनले उल्लेख गरेको सम्झौता-पत्रको पूर्ण पाठ :

    अमेरिकाका राष्ट्रपति डोनाल्ड जे ट्रम्प र प्रजातान्त्रीक जनवादी गणतन्त्र कोरिया (डीपीआरके)का सर्वोच्च नेता किम जोङ उनबीच २०१८, जुन १२ सिंगापुरमा पहिलो ऐतिहासिक शिखर वार्ता सम्पन्न भयो।

    राष्ट्रपति ट्रम्प र नेता किमबीच अमेरिका र डीपीआरके (उत्तर कोरिया) बीच नयाँ र दिगो सम्बन्धका स्थापित गर्नुका साथै कोरियन प्रायद्वीपमा शान्ति स्थापनाका लागि बृहत् छलफल भयो। राष्ट्रपति ट्रम्पले उत्तर कोरियालाई सुरक्षा प्रादन गर्नका आफू कटिवद्ध भएको बताए भने नेता किमले पनि आणविक नि:शस्त्रीकरणमा आफू पूर्णरुपमा प्रतिबद्ध रहेको बताए।

    अमेरिका र उत्तर कोरियाबीच नयाँ सम्बन्ध विस्तार भएसँगै त्यसले कोरियन प्रायद्वीपमा मात्रै नभई विश्वमा नै शान्ति स्थापनाका हुनेमा दुवै देशका नेता विश्वस्त भएको र त्यसलाई आत्मसात गरेर आपसी विश्वास बढाएमा कोरियन प्रायद्वीपको आणविक नि:शस्त्रीकरण अगाडि बढ्ने भएकाले राष्ट्रपति ट्रम्प र नेता किमबीच उल्लेखित बुँदाहरुमा सहमति भयो :

    १. अमेरिका र उत्तर कोरियाले दुवै देशका जनताहरुको आकांक्षा अनुसार दुई देशको शान्ति तथा समृद्धीका लागि नयाँ आपसी सम्बन्ध विस्तार गर्ने।

    २. अमेरिका र उत्तर कोरियाले कोरियन प्रायद्वीपमा दिगो शान्ति स्थापनाका लागि संयुक्त प्रयास गर्ने।

    ३. २०१८, अप्रिल २७ मा जारी भएको पानमुनजोम घोषणापत्र अनुसार उत्तर कोरिया कोरियन प्रायद्वीपको पूर्ण आणविक नि:शस्त्रीकरणको प्रकृयामा अगाडि बढ्ने।

    ४. अमेरिक र उत्तर कोरियाले युद्धका बेला बनाइएका बन्दीहरुलाई दुवै देशले क्रमश: रिहा गर्ने। पहिचान भइसकेका बन्दीहरुलाई भने तुरुन्तै रिहा गरिने।

    अमेरिका–उत्तर कोरिया वार्ता यस प्रकारको इतिहासकै पहिलो भएको र यसले दशकौंदेखि दुई देशबीच चलिरहेको द्वन्द्व र शत्रुतालाई अन्त्य गर्दै सम्बन्धका नयाँ आयामहरु खोलेका कारण यस दुई पक्षीय सम्झौताका बुँदाहरु पालना गर्न राष्ट्रपति ट्रम्प र नेता किम पूर्ण रुपमा कटिबद्ध रहने छन्।

    यस शिखर वार्ताका सम्झौताहरुलाई अगाडि बढाउनका लागि अमेरिका र उत्तर कोरियाबीच थप वार्ता हुने र अमेरिकाको तर्फबाट सो वार्ताको नेतृत्व विदेशमन्त्री माइक पोम्पेओले गर्न र उत्तर कोरियाका तर्फबाट उपयुक्त उच्च अधिकारीले छिट्टै मिति तय गरेर वार्ता हुने छ।

    अमेरिकी राष्ट्रपति डोनाल्ड जे ट्रम्प र उत्तर कोरियाका सर्वोच्च नेता किम जोङ उन दुवै अमेरिका र उत्तर कोरियाबीचको नयाँ सम्बन्ध विस्तार गर्दै कोरियन प्रायद्वीपमा शान्ति, समृद्धी र सुरक्षित वातावरण स्थापनाका लागि कटिबद्ध रहने समझदारी भयो।

    डोनाल्ड जे ट्रम्प

    अमेरिकी राष्ट्रपति

    किम जोङ उन

    प्रजातान्त्रीक जनवादी गणतन्त्र कोरियाका सर्वोच्च नेता

    जुन १२, २०१८

    सेन्तोसा टापू

    सिंगापुर

    सीएनएन

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    मङ्गलबार, जेठ २९, २०७५ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    कांग्रेसका बरिष्ठ नेता श्रेष्ठको निधन
    सुन तोलामा ४३ सयले घट्याे
    साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. कांग्रेसका बरिष्ठ नेता श्रेष्ठको निधन

    • २. सुन तोलामा ४३ सयले घट्याे

    • ३. साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’

    • ४. असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने

    • ५. नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ६. आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना

    • ७. चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु

    धेरै पढिएको
    • १. गोरखाका मीनकुमार गुरुङविरुद्ध मुद्दा दायर

    • २. गाेरखामा गाँजा सहित ३ जना नियन्त्रणमा

    • ३. गोरखामा बेबारिसे महिलाकाे शव फेला

    • ४. ट्याक्टर चलाइरहेका बेला चक्कर लागेर ढलेका गोरखाका एक ट्याक्टर चालकको प्रहरीद्धारा उद्धार

    • ५. जन्मेका हामी नेपाली, भिजेर आफ्नै माटोमा

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.