×
मङ्गलबार, साउन १२, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

कांग्रेसका बरिष्ठ नेता श्रेष्ठको निधन
  • २ मिनेट अघि

सुन तोलामा ४३ सयले घट्याे
  • ४ घण्टा अघि

साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
  • ८ घण्टा अघि

असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
  • ९ घण्टा अघि

नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • ९ घण्टा अघि

आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना
  • १० घण्टा अघि

चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु
  • १० घण्टा अघि

मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी
  • १० घण्टा अघि

धनगढीमा आत्मदाह प्रयास गरेकी युवतीको मृत्यु
  • १ दिन अघि

अपहरित विमानको संग्रहालय यात्रा

  •  
  • सोमबार, जेठ २८, २०७५ मा प्रकाशित
    Advertisement
    • अ
    • अ
    • अ

    दिपेश शाही

    आजभन्दा ४५ वर्षअघि आजकै दिन अर्थात् २०३० साल जेठ २८ को करिब ८ बजेर ४० मिनेट गएको थियो । पूर्वी मधेसको विराटनगर, जेठ महिनाको चर्को गर्मी । भारु ३० लाख नगदसहित १४ जना यात्रु बोकेर विराटनगरबाट काठमाडौँका लागि उडेको नेपाल वायुसेवा निगमको ट्विनअटर विमान ‘९ एन एबिबी’ गायब भयो । धावनमार्ग छाडेको ५ मिनेटपछि जहाज ६ हजार फिटको उचाइलाई चुम्दै कोशी ब्यारेजमाथिको आकाशमा पुग्यो । विराटनगरको फ्रिक्वेन्सीलाई टुटाएर विमानलाई काठमाडौँको स्टेसनमा जोड्ने तरखर हुँदै थियो । तर, विमान ‘हाइज्याकर्स’को कब्जामा पुग्यो ।

    काठमाडौँका लागि उडेको विमान करिब आधा घन्टामा सबै यात्रुलाई सकुशल बोकेर पुनः विराटनगर नै आइपुग्यो । नेपाल राष्ट्र बैंकको भारु ३० लाख लैजानुबाहेक अपहरणकारीले कसैलाई केही गरेनन् । विमानलाई तत्कालीन नेपाली कांग्रेसको योजनामा अपहरणकारीले भारतको फारबिसगन्ज अवतरण गराएर पुनः विराटनगर फर्काइदिएका थिए । बिपी कोइरालाको निर्देशनमा अपहरणको योजना गिरिजाप्रसाद कोइरालाले बनाएका थिए भने सुशील कोइराला सहयोगी थिए । नेपाल विद्यार्थी संघका नेताहरू दुर्गा सुवेदी, वसन्त भट्टराई र नगेन्द्र ढुंगेल अपहरणमा प्रत्यक्ष संलग्न थिए । पछि, नगेन्द्र ढुंगेलबाहेक सबै पक्राउ परे ।

    यसरी भयो विमान अपहरण
    विसं २०१७ पुस १ गते ‘कु’ गरेर सत्ता हातमा लिएपछि राजा महेन्द्रले तत्कालीन प्रधानमन्त्री बिपी कोइरालालगायत उनका मन्त्रीलाई सुन्दरीजलको सैनिक ब्यारेकमा बन्दी बनाएर राखे । बिपीलगायत उनको सरकारका चारजना मन्त्री, तीनजना सहायक मन्त्री र सभामुख कृष्णप्रसाद भट्टराईसमेत ९ जनालाई बन्दी बनाएपछि कांग्रेसले उनकै नेतृत्वमा प्रजातन्त्र पुनस्र्थापनाका लागि भन्दै ०१८ सालदेखि सशस्त्र युद्धको घोषणा ग-यो । बन्दी बनाइएका सबै नेता करिब ८ वर्षपछि (०२५ कात्तिक १४ गते बिपी र त्यसको आसपासमा अन्य) नेता जेलमुक्त भए । रिहाइलगत्तै पुनः पक्राउ परिने खबर पाएछि बिपी भारत प्रवासमा गए ।  ‘पञ्चायती शासन व्यवस्था झनै सशक्त बन्दै थियो ।

    ‘प्रजातन्त्र फर्काउने कुनै गुन्जायस थिएन,’ अपहरणमा संलग्नमध्येका एक वसन्त भट्टराई भन्छन्, ‘त्यस्तो थाहा पाएपछि रिहाइ भएलगत्तै बिपी भारत प्रवासमा जानुभएको थियो ।’

    नेपाली कांग्रेस निरन्तर सशस्त्र संघर्षमा थियो । नेता र कार्यकर्तालाई पञ्चायती शासन व्यवस्थाले निकै दुःख दिइरहेको थियो । त्यसैले उनीहरू कोही जेलमा थिए भने कोही भारतमा बसिरहेका थिए । पार्टीसँग सेना पनि थिए, नेताहरूको व्यवस्थापन पनि गर्नुपर्ने थियो । तर, आर्थिक व्यवस्थान गर्न पार्टीले सकिरहेको थिएन । त्यसैको व्यवस्थापनका लागि विमान अपहरणको योजना बनेको बताउँछन्, भट्टराई ।

    ‘हाम्रा धेरै नेता–कार्यकर्ता जेल परेका थिए । हामीसँग पैसाको अभाव थियो,’ भट्टराई सम्झिन्छन्, ‘भएको हतियार भारतको निर्देशनमा पाकिस्तानसँग लड्न बिपीले बंगलादेशलाई दिनुभएको थियो । प्रवासको ठाउँमा हाम्रो जनमुक्ति सेनालाई बस्न खानै अभाव भएपछि पार्टीको निर्देशनमा विमान अपहरण ग-यौँ ।’

    विमान अपहरणका लागि धेरै पहिलेदेखि नै योजना बने पनि कार्यान्वयन गर्न निकै समय लागेको सम्झिन्छन्, भट्टराई । ‘अहिलेजस्तो कहाँ थियो र ? योजना बनेपछि पनि को–को एक्सनमा जाने भन्ने विषयमा नै धेरै छलफल गर्नुपरेको थियो,’ भट्टराई गर्वका साथ सुनाउँछन्, ‘छलफलै गर्न भनेर कहिले विराटनगर, कहिले वनारस, निकै दौडधुप गरियो त्यो वेला ।’

    योजना बनेपछि गिरिजाप्रसादले ‘बैंकको पैसा काठमाडौँ ट्रान्सफर कहिले हुन्छ’ भन्ने जानकारी राख्न नेपाल राष्ट्र बैंकका कर्मचारी मदन अर्याललाई अह्राएका थिए । ‘सुरुमा त मदनले सूचना दिन आनाकानी गरे । पछि यति ठूला नेताले भनेपछि कसरी नाइँ भन्नु भनेर स्विकारेछन्,’ भट्टराईले सुनाए।

    मदनले सूचना दिने भएपछि दुर्गा सुवेदी र वसन्त भट्टराईलाई अपहरणको जिम्मेवारी दिइयो । टिममा एकजना अर्को पनि मान्छे थप्ने भन्ने भएपछि वसन्तले संगठनमा काम गरिरहेका हक्की सहकर्मी नगेन्द्रलाई सिफारिस गरे । ‘उसले राम्रोसँग टिममा सहकार्य गर्न सक्छ भन्ने लागेर मैले नै गिरिजाप्रसादसमक्ष सिफारिस गरेँ, दुर्गा दाइ र मलाई भने पहिले नै गिरिजाप्रसादले नै छनोट गर्नुभएको थियो,’ भट्टराई भन्छन् ।

    अपहरण गर्नुभन्दा तीन दिनअघि नै टिकट लिन खोजे पनि मिलिरहेको थिएन । जिल्लामा विद्यार्थी राजनीति गर्ने चल्तापुर्जा थिए, वसन्त भट्टराई । उनैले सेटिङबाट तीनवटा टिकटको व्यवस्थापन गरे । विराटनगरस्थित जलजला चोकछेउको एउटा पसलबाट त्यो सेटिङ गरेको सम्झिन्छन्, भट्टराई । अपहरणको दिन बिहानसम्म पनि पैसा त्यही दिन पठाइन्छ कि पठाइँदैन भन्ने निश्चित थिएन । सुनिश्चित गर्न नगेन्द्र ढुंगेल विमानस्थल गए ।

    त्यहाँ नेपाल राष्ट्र बैंकको गाडी आए/नआएको सूचना दिने जिम्मेवारी उनको थियो । गाडी छ भन्ने भएपछि दुर्गा सुवेदी र वसन्त भट्टराई पनि विमानस्थल प्रवेश गरे । ‘त्यतिवेला अहिलेको जस्तो सुरक्षा चेकजाँच हुन्थेन,’ भट्टराई सम्झिँदै हाँस्छन्, ‘प्रहरीहरू नै कता हो नेताजी ? भनेर सोध्दै थिए । दुर्गा दाइ बिरामी हुनुभएर हस्पिटल लैजान लागेको भन्दिएँ ।’

    उनीहरू प्रवेश गरेको केही समयमा नै विमानले धर्ती छोड्यो । त्यसको ५ मिनेटपछि पाइलटको कन्चटमा रिभल्भर तेस्र्याएर विमान नियन्त्रण भयो । विमान नियन्त्रणमा लिए पनि दुर्घटना हुने खतरा पनि उत्तिकै थियो । ‘पूर्व लेऊभन्दा चालकहरूले तिब्बतै पु-याउने, पश्चिम लेऊ भन्दा ब्यारेज नै कटाउने । सायद उनीहरू नर्भस थिए क्यारे,’ क्याप्टेनलाई कभरमा लिएका भट्टराई भन्छन्, ‘पछि दुर्गा दाइले कोशी ब्यारेजको बाटो भएर फारबिसगन्ज पुग्ने म्याप दिएपछि उनीहरूले हाम्रो गन्तव्यतिर लिएर गए ।’

    फारबिसगन्जमा पर्खेर बसेका गिरिजाप्रसाद कोइराला, सुशील कोइरालालगायतले हरियो जमिनबाट रातो झण्डा देखाएपछि चालकहरूले त्यहीँ विमान अवतरण गरे । अपहरणकारीहरूले पैसा कब्जामा लिएपछि जानु भनेर सकुशल फर्काइदिए । त्यसपछि विमान विराटनगरबाट उडेको करिब २७ मिनेटमा पुुनः विराटनगर नै आइपुग्यो ।

    अपहरणको नेतृत्व सम्हालेका दुर्गा सुवेदीका अनुसार विमानमा नेपाल राष्ट्र बैंकको विराटनगर शाखाबाट केन्द्रीय कार्यालय काठमाडौँ पठाउन लागिएको ३० लाख भारतीय रुपैयाँ, ४ महिला, ९ पुरुष र १ बच्चा थिए । उक्त विमान अपहरणमा पर्दा आरके मानन्धर त्यसका क्याप्टेन थिए । को–पाइलट श्रीदेव वैद्य र जिबी राई सहयोगी थिए । विमान अपहरणका योजनाकारमध्येका बिपी कोइराला, गिरिजाप्रसाद कोइराला र सुशील कोइरालाको निधन भइसकेको छ ।

    पर्शुराम पोखरेल अध्यक्ष, बिपी संग्रहालय

    दुर्घटनामा पर्‍यो विमान
    क्यानेडेली विमान कम्पनीले विसं ०२८ असार ३ गते नेपाल वायुसेवा निगमलाई उपलब्ध गराएको यो विमान २०७० फागुन ४ गते अर्घाखाँचीको मसिनेलेकमा दुर्घटना भयो । दुर्घटनामा परेर क्याप्टेन शंकर श्रेष्ठ र चालक दलका ३ सदस्यसहित १८ जनाको ज्यान गयो । काठमाडौँंबाट पोखरा हुँदै जुम्ला र त्यसपछि नेपालगन्जसम्म पुग्ने रुटिन बनाएर उडेको विमान दिउँसो १ बजेर १३ मिनेट जाँदा भैरहवा टावरसँग अन्तिम सम्पर्क भएपछि बेपत्ता भएको थियो । त्यसभन्दा पहिले पनि २०४९ असार २१ गते सो विमान जुम्ला विमानस्थलमा सामान्य दुर्घटनामा परे पनि ठूलो क्षति भने भएको थिएन ।

    मौसमको खराबीले विमान जुम्लामा अवतरण गर्न नसक्ने खबर गरेलगत्तै विमान सम्पर्कविहिन भएका थियो । पछि फिस्टेलको हेलिकोप्टरसहित सुरक्षा निकायका तीनवटै अंग परिचालन गरेर खोजी गरिएको थियो । खोजीपश्चात् विमानको ब्ल्याक बक्सलगायत जल्न बाँकी पाटपुर्जा अर्घाखाँचीको जंगलबाट नेपालगन्ज विमानस्थलमा ल्याएर राखिएको थियो ।

    अब संग्रहालयमा
    पर्शुराम पोखरेलले ‘बिपी संग्रहालय’ बनाउन जति धेरै पसिना बगाउनुपर्‍यो त्यति नै कष्ट अपहरित विमानलाई संग्रहालयमा राख्न पनि गर्नुपर्‍यो । उनी किशोर अवस्थामा हुँदा सुन्दरीजलस्थित सैनिक भवनको छेउबाट भएर हिँड्दा मानिसहरू भन्थे, ‘यहाँ बिपी बस्छन् ।’ आखिर को थिए त बिपी ? राम्रोसँग चिन्थेनन्, उनी । अलिकति याद छ, पहिलोपटक उनले बिपीलाई कालो कोट लगाएर गाडीबाट झर्दै गर्दा देखेका थिए । तर, भेट्न भने पाएका थिएनन् । पहिलोपटक देखेको करिब १० वर्षपछि एकपटक भेट्नसम्म पाए । तर, उनलाई बिपी ‘भेट्न होइन, देख्नै पाए पनि अहोभाग्य हुन्छ झैँ’ लाग्थ्यो ।

    त्यति धेरै साक्षात्कर गर्न नपाए पनि बिपीको जीवनसँग उनी निकै प्रभावित भइसकेका थिए । बिपी संग्राहलय निर्माणमा यति धेरै मिहिनेत गर्न उनलाई त्यही प्रभावले उत्प्रेरित गर्‍यो । ‘कृष्णप्रसाद भट्टराई, गिरिजाप्रसाद, सुशील कोइरालालगायत धेरै ठूला नेतासँग हारगुहार नै गर्नुपर्‍यो,’ संग्रहालयका अध्यक्ष रहेका पोखरेल सम्झिन्छन्, ‘मैले मेरो जीवनमा धेरै मिहिनेत गरेर प्राप्त गरेको र प्राप्तिपछि खुसी भएको चिज सायद यही बिपी संग्रहालय होला ।’

    संग्रहालय निमार्णपछि दुर्घटना भइसकेको विमानको बडी संग्रहालयमा राख्न पनि पोखरेलले धेरै कोसिस गरे । उनी हैरान बने । कहिले जहाज बिमा गरिएको कम्पनीलाई तिर्ने पैसा नभएर त कहिले जहाज कम्पनीको अनुमति नपाएर । पार्टीभित्रैका धेरैले असहयोग गरेको सम्झिन्छन्, पोखरेल । ‘नेपाली सेनाले प्रयोग गरेको सुन्दरीजलको जग्गा मिलाउनुप-यो भन्दा किसुनजीले ‘बाँझो जग्गा आर्मीले देख्न हुँदैन’ छाडिदेऊ भनेर फर्काइदिए,’ पोखरेलले भने ।

    पोखरेलको उतिवेला मात्रै होइन, अहिले पनि सरकारी तवरबाट सहयोग नपाएको गुनासो छ । विमानलाई संग्रहालयमा राख्ने विषयमा पनि निकै पापड बेल्नुपरेको सम्झिन्छन्, पोखरेल । ‘कहिले वायुसेवाले नमान्ने, कहिले बिमा कम्पनीले । अरूले १० हजार डलरसम्म तिर्न तयार भएपछि मलाई कसले सुन्थ्यो र ?’ पोखरेल भन्छन्, ‘तर, पछि एक डलर तिरेर ल्याएँ ।’

    भूकम्प गएको वेलामा विश्वभरबाट सहयोग आइरहेको थियो । बिपी संग्रहालयमा पनि क्षति भएको थियो । त्यही वेलामा नेपाल बिमा संस्थानकी रजनी पौडेल र नेपाल वायुसेवा निगमका टीका पंगेनीले सहयोग गरे । क्यानडाको इन्सुरेन्स कम्पनी म्याक्लरेन्सले के सहयोग चाहिन्छ भनेर उनीहरूलाई खबर पठाएको थियो । उनीहरूले पर्शुराम पोखरेललाई यस विषयमा जानकारी गराए । प्रस्ताव तयार पार्न लगाएर मध्यस्थता गरिदिए । सुरुमा १० हजार डलर तिर्न नसकेर थन्किएको जहाजको बडी पछि १ डलरमा बिपी संग्रहालय भित्रियो ।

    enayapatrika

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    सोमबार, जेठ २८, २०७५ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    कांग्रेसका बरिष्ठ नेता श्रेष्ठको निधन
    सुन तोलामा ४३ सयले घट्याे
    साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. कांग्रेसका बरिष्ठ नेता श्रेष्ठको निधन

    • २. सुन तोलामा ४३ सयले घट्याे

    • ३. साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’

    • ४. असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने

    • ५. नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ६. आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना

    • ७. चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु

    धेरै पढिएको
    • १. गोरखाका मीनकुमार गुरुङविरुद्ध मुद्दा दायर

    • २. गाेरखामा गाँजा सहित ३ जना नियन्त्रणमा

    • ३. गोरखामा बेबारिसे महिलाकाे शव फेला

    • ४. ट्याक्टर चलाइरहेका बेला चक्कर लागेर ढलेका गोरखाका एक ट्याक्टर चालकको प्रहरीद्धारा उद्धार

    • ५. जन्मेका हामी नेपाली, भिजेर आफ्नै माटोमा

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.