×
मङ्गलबार, साउन १२, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन तोलामा ४३ सयले घट्याे
  • ४ घण्टा अघि

साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
  • ८ घण्टा अघि

असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
  • ९ घण्टा अघि

नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • ९ घण्टा अघि

आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना
  • १० घण्टा अघि

चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु
  • १० घण्टा अघि

मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी
  • १० घण्टा अघि

धनगढीमा आत्मदाह प्रयास गरेकी युवतीको मृत्यु
  • १ दिन अघि

सुनसरीमा गएराती दुई पक्षबीचको झडप : अनिश्चितकालीन कर्फ्यु
  • १ दिन अघि

ठेकेदारमाथि कारबाहीबारे क्षेत्राधिकार विवाद

  •  
  • आइतबार, जेठ २७, २०७५ मा प्रकाशित
    Advertisement
    • अ
    • अ
    • अ

    निर्माण कार्यमा ढिलाइ गरिरहेका ठेकेदारहरूमाथि कारबाही गर्ने विषयमा गृह मन्त्रालय र भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयबीच क्षेत्राधिकारलाई लिएर विवाद देखिएको छ।

    भौतिक पूर्वाधार मन्त्रालयले कारबाहीको जिम्मा आफ्नो मन्त्रालयको क्षेत्राधिकार भएको बताइरहँदा गृह मन्त्रालयका अधिकारीहरूले निर्माण कार्यका कतिपय विषय शान्ति सुरक्षासँग सम्बन्धित हुने तर्क अगाडि सारेका छन्।

    समयमा काम नगर्ने वा काममा अटेर गरिरहेका ठेकेदार कम्पनीहरूविरुद्ध कडा रूपमा प्रस्तुत हुँदै आएको देखिएको गृह मन्त्रालयले जिल्ला प्रशासन कार्यालयमार्फत देशभरिकै त्यस्ता ठेकेदार कम्पनीको सूची सङ्कलन गरिरहेको छ।

    राजधानीसहित देशका कतिपय सडक निर्माणमा संल्गन कतिपय ठेकेदारहरूको पहुँच उच्च राजनीतिक तहमा रहेका विवरण यसअघि बाहिर आएका थिए।

    असन्तुष्टि

    भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले गृहले आफ्नो क्षेत्राधिकार मिचेको भन्दै असन्तुष्टि व्यक्त गरेको छ।

    गृहले आफूहरूसँग आधिकारिक रूपमा कुनै सल्लाह नगरेको भौतिक पूर्वाधारमन्त्री रघुवीर महासेठले बताए।

    उनले भने,”आधिकारिक रूपमा हामीलाई केही थाहा छैन। गृह मन्त्रालयले हामीलाई जानकारी नगराइ काम गरिरहेको छ। यो उहाँहरुको कार्यक्षेत्रभन्दा बाहिरको कुरा हो। म गृहमन्त्रीसमक्ष यो कुरा राख्छु। “

    गृह मन्त्रालयले तोकिएको समयमा काम नगर्ने ठेकेदारहरूलाई पटक पटक चेतावनी समेत दिँदै आएको छ।

    गृह मन्त्रालयले हामीलाई जानकारी नगराइ काम गरिरहेको छ। यो उहाँहरूको कार्यक्षेत्रभन्दा बाहिरको कुरा हो

    रघुवीर महासेठ , भौतिक पूर्वाधारमन्त्री

    आयोजना समयमा सम्पन्न भयो भएन भन्ने अनुगमन तथा तिनिहरूलाई कालोसूचीमा राख्ने वा ठेक्का रद्ध गर्नेसम्मको अधिकार भौतिक मन्त्रालयसँग रहेको बताइन्छ।

    जवाफ

    तर गृह मन्त्रालयका अनुसार सुरक्षासँग जोडिएका संवेदनशील विषयमा गृहले काम गर्नसक्छ।

    मन्त्रालयका सहायक प्रवक्ता एकदेव अधिकारीले भने ,”लामो समयदेखि विकास निर्माण पूर्वाधार निर्माणका कामहरू अलपत्र परिरहेको अवस्थामा त्यसले समग्र सुरक्षा व्यवस्थापनमा र सर्वसाधारण नागरिकको आवतजावत लगायतका विषयमा पनि अवरुद्ध पारेकोले गृह मन्त्रालयल आफैँले पहल गरेको हो। “

    तर उनले गृहले भौतिक मात्र होइन कृषि शिक्षा पुनर्निर्माणका काम लगायत आवश्यक सबै मन्त्रालयका काममा गृहले पहल गर्न सक्ने भन्दै भौतिक पूर्वाधार मन्त्रालय पनि यसमा जानकार भएको बताए।

    सरकारका कतिपय काममा अन्तर मन्त्रालय समन्वय नहुनु नियमित समस्या जस्तै देखिंदै आएको जानकारहरू बताउँछन्।

    त्यसका कारण कतिपय अवस्थामा सरकारी कदम फितलो हुने गरेको आलोचकहरू ठान्छन्।

    BBC

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    आइतबार, जेठ २७, २०७५ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सुन तोलामा ४३ सयले घट्याे
    साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
    असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन तोलामा ४३ सयले घट्याे

    • २. साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’

    • ३. असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने

    • ४. नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ५. आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना

    • ६. चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु

    • ७. मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी

    धेरै पढिएको
    • १. गोरखाका मीनकुमार गुरुङविरुद्ध मुद्दा दायर

    • २. गाेरखामा गाँजा सहित ३ जना नियन्त्रणमा

    • ३. गोरखामा बेबारिसे महिलाकाे शव फेला

    • ४. ट्याक्टर चलाइरहेका बेला चक्कर लागेर ढलेका गोरखाका एक ट्याक्टर चालकको प्रहरीद्धारा उद्धार

    • ५. जन्मेका हामी नेपाली, भिजेर आफ्नै माटोमा

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.