गोरखा समाचारदाता
एसइई मोडल हन्ट २०१८ को उपाधी आँबुखैरेनीकी दिया श्रेष्ठले जितेकी छिन् । डि.एम. ईन्टरटेन्टमेन्टको आयोजना तथा थ्रिडी नेपालको व्यवस्थापनमा गरिएको एसइइ मोडल हन्ट २०१८ को उपाधी आँबुखैरेनी गाउँपालिका–३, शान्ति टोल तनहुँकी १४ वर्षिय श्रेष्ठले एसइइ मोडल हन्टको उपाधी जितेकी हुन् ।
तालिम, ट्यालेन्ट राउण्ड पार गरी ४९ जनालाई पछि पार्दै मस्र्याङ्गदी बाल ज्योती आवासिय माध्यमिक विद्यालय आँबुखैरेनीबाट एसइइ परिक्षा दिएर बसेकी श्रेष्ठले वेस्ट वाल्क अवार्ड र मोस्ट ब्यूटिफुल अवार्डको समेत विजेता बनेकी छिन् ।
फेशन र मोडलिङलाई आफ्नो सोख र करियर बनाउन ईच्छुक र एसइई परिक्षा दिएर बसेका विद्यार्थीहरुलाई लक्षित गरी संचालन गरिएको एसइइ मोडल हन्टको ग्राण्ड फिनालीमा। एसइइ मोडल हन्टका बिजेता श्रेष्ठले कक्षा ११ र कक्षा १२ अध्ययनका लागि पूर्ण छात्रावृत्ति, बिभिन्न गिफ्टहरु र प्रमाणपत्र प्राप्त गरेकी छिन् ।




















