कैलासबावु श्रेष्ठ/गोरखा
जेठ १६ गते । चितवनको भरतपुर महानगरपालिका–४ स्थित शिवघाटमा रहेको रङ कारखानामा आगलागी भएको छ । एभरेष्ट कलर प्रालिमा बुधबार बिहानै देखी आगलागी भएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ ।
बिहान ७ बजेदेखि शुरु भएको आगलागी अहिले सम्म पनि नियन्त्रणमा आउन सकेको छैन । आगो नियन्त्रणका लागि भरतपुर महानगरपालिका, कावासोती नगरपालिका, हेटौँडा नगरपालिकाको दमकल तथा नेपाल प्रहरी, सशस्त्र प्रहरी, जुनियर अधिकृत शिक्षालय र स्थानीयले आगो नियन्त्रणको प्रयास गरिरहेका छन् ।
रङ प्रज्वलनसिन हुने भएका कारण आगो नियन्त्रणमा लिन कठिनाइ भएको हो । प्रहरीको प्ररम्भिक अनुमानमा रङ कारखानामा विद्युत् सर्ट भई आगलागी भएको अनुमान गरिएको छ । आगो नियन्त्रणमा नआउदा सम्म के कति क्षेति भएको हो अनुमान लगाउन गारो भएको छ ।




















